१३ आश्विन २०८१ आइतबार
image/svg+xml

तीजको मुखैमा सुस्ताउँदो बजार

केही दिनपछिको तीजलाई लक्षित गर्दै बजार खुलाए पनि शनिबार बुद्ध विशाल बजारभित्रका करिब आधामात्र पसल खुलेका थिए । त्यसबाहेक ग्राहक पनि न्यून मात्रामा बजार पुग्दा चहलपहल देखिँदैनथ्यो ।

तीज र महोर्रममा कडाई गर्दे बर्दिया प्रशासन

हिन्दु महिला धर्मावलम्बीको तीज र मुस्लिमको महान चाड महोर्रममा स्थानीय प्रशासनले जमघट हुन नदिन कडाई गर्ने भएको छ।

तीजको मुखैमा सुस्ताउँदो बजार

सामान्य अवस्थामा सातामा ६ दिन (शनिबार बाहेक) मात्र खुल्ने चिप्लेढुंगास्थित बुद्ध बिशाल बजार नजिकिएको तीजसँगै शनिबार पनि खुल्ला थियो। केहीदिनपछिको तीजलाई लक्षित गर्दै बजार खुलाएपनि शनिबार बुद्ध बिशाल बजारभित्रका करिब आधामात्र पसल खुलेका थिए। त्यसबाहेक ग्राहक पनि न्यून मात्रामा बजार पुग्दा उत्तिसारो चहलपहल देखिदैनथ्यो।

सोफियाले गाइन ‘अबको तीज नो ब्रत प्लिज’

महिलालाई तीजमा व्रत नबस्न आब्हान गरेर गायिका थापाले विद्रोहको स्वर घन्काएकी छिन्। दिनदिनै तीज भड्किलो पर्व बन्दै गइरहेको अबस्थामा उनले यसलाई भद्र, सभ्य र मर्यादित भएर मनाउनु पर्ने सन्देश दिएकी छिन्।

नियम विपरीत विद्यालय क्षेत्रमा मदिराजन्य पदार्थको बिक्री

बाँकेका प्रायः सबै विद्यालय क्षेत्र नजिक आसपासका पसलले मदिरा तथा सुर्तीजन्य पदार्थ निर्वाध बिक्री वितरण गर्ने गरेको पाइएको छ।

सुर्तीजन्य पदार्थ बिक्री गरे कारवाही हुने

जिल्लाका विद्यालयवरपर सुर्तीजन्य र मादक पदार्थ बिक्री वितरण गर्न नपाइने भएको छ। जिल्लाको दिपायल–सिलगढी नगरपालिकाले यहाँका विद्यालय क्षेत्र वरपर सुर्तीजन्य र मादक पदार्थ बिक्री वितरण गर्नेलाई कारवाही गर्ने भएको छ।

‘बर्मा’मा मनाइयो तीज

म्यान्मामा रहेका नेपालीभाषी महिलाले नाचगान र मन्दिरमा पूजा गरी तीज पर्व मनाएका छन्। यान्गुनस्थित नेपाली दूतावासले तीजका अवसरमा नेपालीभाषी महिलालाई दूतावासमा निम्त्याएर दर खाने कार्यक्रम पनि राखेको थियो।

सबै समुदायको ‘साझा पर्व’ बन्दै तीज

पहाडी समुदायका हिन्दू महिलाले मनाउने हरितालिका तीज पर्व पछिल्लो समय सबै समुदायका महिलाको ‘साझा पर्व’ बन्दै गएको छ। हिन्दू धर्म मान्ने मधेसी समुदाय मात्र होइन, जनजाति समुदायका महिलाले समेत तीज उल्लासका साथ मनाउन थालेका छन्।

प्रविधिले भित्र्याएका तीजका विकृति

‘हरे कृष्ण हरे कृष्ण’ गीत गाएर महिलाहरूको एउटा समूह रमाइलो गरिरहेको छ। कसैको हातमा धिमेबाजा छ। समूह समूहमा महिलाहरू ताली बजाउँदै नाचिरहेका छन्। कोही ‘हामी पनि नाच्नुपर्छ बीचबीचमा, चिटिक्कै भाछु रे’जस्ता गीत बजाएर नाचिरहेका छन्। महिलाहरूको महान पर्व तीजका अवसरमा सोमबार पशुपति क्षेत्रमा देखिएको दृश्य हो यो।

नृत्य प्रतियोगितामा नागार्जुन प्रथम

हरितालिका तीजको अवसरमा आयोजना गरिएको दोस्रो उपत्यकाव्यापी ‘गोल्डेन पिक अन्तर विद्यालय तीज नृत्य प्रतियोगिता’मा नागार्जुन एकेडेमी रानीवन प्रथम भएको छ। नागार्जुनले ३० हजार पुरस्करासहित उपाधि हात पारेको हो।

सप्तऋषिको पूजा गरी मनाइँदै

भाद्र शुक्ल पञ्चमीका दिन मनाइने ऋषि पञ्चमी आज नेपाली नारीहरुले अरुन्धतीसहित सप्त ऋषिको पूजा आराधना गरी मनाउँदैछन्।

तीजकै दिन खुर्पा प्रहार गरी श्रीमतीको हत्या

अत्यधिक मदिरा सेवन गरी सोमबार तीजका दिन बेलुकी ८ः०० बजेको समयमा नवीनले श्रीमती कमलाको हत्या गरेको प्रहरी नायब उपरीक्षक सुमित खड्काले जानकारी दिए।

तीजमा भएन चहलपहलः व्यवसायी निराश, इतिहासमै कम व्यापार

हिन्दु महिलाहरुको महान पर्व तीज सकिए पनि होटल व्यवसायीहरु निराश बनेका छन्। लाखौं लगानी गरेर केही कमाउने भन्ने उद्देश्यले खोलिएका ती होटल तथा पार्टी प्यालेसले सबै भन्दा बढि आशा तीज पर्वमा कमाउने रहे पनि यस वर्ष रुपन्देहीलगायत देश भरका कयौं होटल व्यवसायीहरुमा मन्दी छाएको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्