८ वैशाख २०८१ शनिबार
अन्य

सुर्तीजन्य पदार्थ र फोक्सो स्वास्थ्य

गल्दछ आत्मा भिज्दछ नयन सुर्तीको जालले
अर्बुद जस्ता रोगमा फसाई डाक्दछ कालले
खल्तीमा चुरोट, हातमा खैनी, मुखमा हुक्का छ
सल्किँदै जान्छ रहर हाम्रो जीवन सुक्खा छ।

लक्ष्मीमा प्रसाद ती महाकवि स्वर्गलाई सुहाए
धूमपान बढ्यो आत्माले छोड्यो सारालाई रुवाए
ज्याक्सन र मार्ली संसारको बागमा ढपक्कै फुलेथे
सुरम्य साहस धुवाँ भै उड्यो कुलतमै झुलेथे।

दूधे ती मुखमा चुरोट देख्दा यो मन चर्कन्छ
एकछिनको मोज बेहोसीपन काल भै फर्कन्छ
भविष्य बोक्ने कलिला मुना कुलतमा फस्दछन्
प्रभातको भानु सन्ध्याले छेकी रोएरै बस्दछन्।

कोइलाको कालो हट्दैन आफैं न जान्छ धोएर
चाहन्न कोही बिताउन जीवन सधैं नै रोएर
सर्पलाई जिस्काई दुलामा हात विष आफैं माग्दै छौं
ऋषिका वाणी अमृत रूप छोडेर भाग्दै छौं।

श्रमको सुख अँगाल तिमी सुगन्ध समेट
मृत्युको घना दलदललाई छेकी सभ्यता लपेट
त्यो दिव्य मिठो आभास सधैं जुनेली रातमा
बिन्ती छ साथी नमोल सुर्ती मनका पातमा।

नमान डर ईश्वर छन् भर कुलत छाडिदेऊ
सम्हाल मन फोक्सो नै गाल्ने त्यो विष फालिदेऊ
कलिला हात कलिलो मुटु भविष्य साँच्नु छ
सिर्जनशील भई देशमा लागि दीर्घायु बाँच्नु छ।
–दीक्षा रायमाझी
कक्षाः ८,
विजेश्वरी ज्ञान मन्दिर सैनिक महाविद्यालय, स्वयम्भू,काठमाडौं।

प्रकाशित: १० फाल्गुन २०७६ ०४:४७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App