१३ आश्विन २०८१ आइतबार
image/svg+xml
कला

सोफियाले गाइन ‘अबको तीज नो ब्रत प्लिज’

सोफिया थापाले तीजलाई लक्षित प्रगतिशील तीज गीत सार्वजनिक गरेकी छिन्। उनले ‘अबको तीज नो ब्रत प्लिज’ बोलको गीत सार्वजनिक गरेकी हुन्।  

महिलालाई तीजमा व्रत नबस्न आब्हान गरेर गायिका थापाले विद्रोहको स्वर घन्काएकी छिन्। दिनदिनै तीज भड्किलो पर्व बन्दै गइरहेको अबस्थामा उनले यसलाई भद्र, सभ्य र मर्यादित भएर मनाउनु पर्ने सन्देश दिएकी छिन्। उनले महिला र पुरुष समान भएको भाव गीतमा व्यक्त गरेकी छिन्। 

‘हाम्रो परम्परागत सोच , संस्कारलाई समय अनुकुल रुपान्तरण गर्दै लैजान सक्नु पर्छ। अहिले पनि महिलाहरुले श्रीमानको दिर्घायु लागि पानी पनि नखाई ब्रत बस्ने चलन छ। स्वास्थ्य तथा समानता दुबैका हिसाबले पनि गलत छ। यहि  संस्कारलाई मैले ‘अब को तीज नो ब्रत प्लिज’ भनेकी हुँ’, उनले भनिन्।  

गीतमा शब्द , संगीत र स्वर सोफिया थापाकै छ। यसमा मनिष पन्थ को निर्देशन, छ्यांकन र लोकेन्द्र शाहको कोरियोग्राफी रहेको छ। 

प्रकाशित: ४ श्रावण २०७७ १२:०२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App