३ आश्विन २०८१ बिहीबार
image/svg+xml

भारतमा नेपाली किशोरी हत्या प्रकरणः उच्चस्तरीय जाँच सुरु, थाना प्रमुख निलम्बित

नेपालसँग जोडिएको सीमावर्ती भारतीय जिल्ला पूर्वी चम्पारणको कुण्डवा चैनपुर बजारमा एक १३ वर्षीया नेपाली चेलीको सामूहिक बलात्कारपछि हत्या गरिएको घटनामा उच्चस्तरीय जाँच सुरु भएको छ । गत माघ ८ भएको सो घटनामा पूर्वी चम्पारण जिल्लाको पुलिस कार्यालयद्वारा शिकरहना क्षेत्रका ‘डेपुटी सुपरिटेन्डेन्ट अफ पुलिस’ शिवेन्द्रकुमार अनुभवीको नेतृत्वमा गठित विशेष अनुसन्धान टोलीले बिहीबार घट्नास्थलको विशेष जाँचबुझ गरेको छ ।

‘गृहमन्त्री ज्यू! भागरथीको बलात्कारपछि हत्यामा संलग्न दोषीलाई कडा कार्बाही होस्’

खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेलस्थित पञ्च माविमा अध्ययनरत कानून संकायका विद्यार्थी समूहले बैतडीकी १७ वर्षीया किशोरी भागरथी भट्टको बलात्कारपछि हत्यामा संलग्न दोषीमाथि कडा कार्बाहीको माग गरेका छन्।

पत्रकार डेकेन्द्र हत्या प्रकरणः ३ जना हत्या आरोपित पक्रन उदासिनता

स्वर्गीय पत्रकार डेकेन्द्रराज थापाको हत्या प्रकरणमा जिल्ला अदालत दैलेखबाट मुलुकी ऐन अ.ब. १९० नम्वर बमोजिम मुल्तबीमा राखिएका तीन जना हत्या मुख्य आरोपितहरु पक्रन दैलेख प्रहरीले उदासिनता देखाएको छ। अदातलले ती आरोपितहरु पक्राउ परेपछि मुद्दा प्रकृया अघि बढ्ने गरि मुल्तबीमा राखीएको हो।

भागरथी हत्याको सातौं दिनः दोषी पहिचान नहुँदा दबाबमा प्रहरी

बैतडी दोगडाकेदार गाउँपालिका–७, चडेपानीकी १७ वर्षीया भागरथी भट्टको हत्यारा ७ दिनसम्म पत्ता लाग्न सकेको छैन । कञ्चनपुरकी बालिका निर्मला पन्तको हत्या घटनामा लापरबाही गर्दा व्यापक आलोचना खेपेको प्रहरीले भागरथीको हत्यामा सुरुदेखि गम्भीर अनुसन्धान थाले पनि सात दिनसम्म हत्यारा पहिचान गर्न सकेको छैन ।

भागरथी हत्या प्रकरणः अपराधी उम्कन सक्ने भन्दै स्थानीय चिन्तित

दोगडाकेदार गाउँपालिका–७ चडेपानीकी १७ वर्षीया भागरथी भट्टको माघ २१ गते विद्यालयबाट घर फर्कंदै गर्दा भएको बलात्कारपछिको हत्यामा संलग्नको अझै पहिचान हुन सकेको छैन। प्रहरीले सबै संयन्त्र प्रयोग गरिरहे पनि हत्यारासम्म पुग्ने भरपर्दो सुराक नभेट्दा अनुसन्धान जारी छ। प्रहरी अनुसन्धान लम्बिँदै जाँदा स्थानीय भने अपराधी उम्कन सक्ने भन्दै चिन्तित बनेका छन्।

अनुसन्धानकर्मी प्रहरीमाथि अन्याय, नेतृत्वले माफी माग्नुपर्ने

अनुसन्धान गर्दा प्रहरीबाट गल्ती, कमजोरी नदेखिएको, अनुसन्धानमा खटिएका प्रहरीको विगत पनि खराब नदेखिएको तथा सशंकित व्यक्तिलाई अनुसन्धानका लागि पक्राउ गरी हिरासतमा राख्न अनुसन्धान अधिकृतहरू स्वतन्त्र रहेको अवस्थामा राज्यले नै उनीहरूमाथि मुद्दा चलाउनु उपयुक्त ठहरिएन। यसबाट ती प्रहरीको वृत्ति विकास र मानप्रतिष्ठामा गम्भीर असर परेकाले नेतृत्वले माफी माग्नुपर्ने फैसलामा उल्लेख छ।

निर्मला हत्या प्रकरण : एसपी बिष्टलगायत ८ प्रहरीलाई सफाइ

कंचनपुर भिमदत्तपन्त नगरपालिका २ उल्टाखामकी १३ वर्षीया निर्मलालाई बलत्कारपछि हत्या गरेको प्रकरणमा यातनाविरुद्धको कसुर र प्रमाण नष्ट गरेको भन्दै सार्वजनिक न्यायविरुद्धको कसुरको मुद्दामा तत्कालिन प्रहरी उपरीक्षक डिल्ली बिष्ट लगायतका ८ जना प्रहरीलाई कंचपुर जिल्ला अदालतले सफाइ दिएको छ ।

सुस्मिता हत्या प्रकरण : अभियुक्तलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश

जिल्ला अदालत मकवानपुरले हेटौँडा उपमहानगरपालिका–४ कर्रा बस्ने सुस्मिता केसी थापाको हत्या अभियोगमा पक्राउ परेका एकै परिवारका चार जनालाई पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको छ ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्