२१ आश्विन २०८१ सोमबार
image/svg+xml

कञ्चनपुरमा फेरि किशोरीमाथि बलात्कार, अभियुक्त फरार, अनुसन्धान जारी

कञ्चनपुरको भीमदत्त नगरपालिका– २ महुलिया, उल्टाखामकी बालिका निर्मला पन्तको बलात्कार र हत्या घटनाका अपराधि खुल्न नपाउँदै बिहीबार राती जिल्लाको एक मात्र गाउँपालिका बेल्डाँडीमा एक किशोरीको मध्यरातमा सामुहिक बलात्कार भएको छ।

निर्मला हत्या प्रकरणः छानबिन टोली स्थलगत अनुगमनमा

कञ्चनपुरको भीमदत्तनगरपालिका–२ खोल्टीका १३ वर्षीया बालिका निर्मला पन्तको हत्याबारे छानबिन गर्न गठित उच्चस्तरीय छानबिन समितिले आइतबार बालिकाको शव भेटिएको उखुबारीको अनुगमन गरेको छ।

देउवाले भेटे कञ्चनपुर घटनाका घाइते

नेपाली कांग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले कञ्चनपुर घटनाका घाइतेलाई भेटेका छन्। त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्ज पुगेर देउवाले प्रहरीको गोली लागेर गम्भीर घाईते भएका अर्जुन भण्डारा र उमेश देउवा भेटेका हुन्।

संसदमा देउवाको प्रश्न : राज्य नै दोषी बचाउन लागेपछि हामी कहाँ पुग्छौं ?

नेपाली कांग्रेसका सभापति तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले राजनीतिक आग्रह भन्दा माथी उठेर छोरी चेलीको सम्मान र सुरक्षाको विषयमा सचेत हुन जरुरी भएको बताएका छन्।

महेन्द्रनगरमा लगाइएको कर्फ्यू पाँच घण्टाका लागि हटाइयो

कञ्चनपुर सदरमुकाम महेन्द्रनगरमा लगाइएको कर्फ्यू पाँच घण्टाका लागि हटाइएको छ। आज बिहान ५ बजेदेखि १० बजेसम्मका लागि कर्फ्यू हटाइएको स्थानीय प्रशासनले जनाएको छ।

निर्मला पन्त हत्याकाण्डको अध्ययनका लागि कांग्रेसले टोली पठाउने

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले १३ वर्षीय निर्मला पन्तको हत्या काण्डबारे स्थलगत अध्ययनका लागि एक टोली कञ्चनपुर पठाउने निर्णय गरेको छ।

एक महिनापछि निर्मला गृहकार्य गर्न गएकै घरबाट अनुसन्धान सुरु

निर्मला पन्त हराएपछि उनकी आमा दुर्गा देवी थापा लगायतका गाउँलेले साउन १० गते साँझ नै निर्मला बेपत्ता भएको रोशनी बमको घरमा खोजी दिन प्रहरीलाई पटक पटक आग्रह गरे। प्रहरी चौकीदेखि जिल्ला प्रहरी कार्यालयसम्म फोनबाट खबर गर्दा पनि प्रहरी खोजीमा नआएपछि आमा दुर्गादेवी ६ जना छिमेकी सहित नजिकैको प्रहरी चौकीमा गईन।

निर्मला हत्याकाण्ड : एसपी विष्ट निलम्बित, डिएसपी र इन्सपेक्टर मुख्यालय तानिए

कञ्चनपुरका तत्कालिन प्रहरी प्रमुख एसपी डिल्लीराज विष्टलाई गृहमन्त्रालयले निलम्बन गरेको छ। डिएसपी ज्ञानबहादुर सेटी र मुद्दा शाखाका इन्सपेक्टर एकेन्द्र खड्कालाई छानविनको लागि प्रहरी प्रधान कार्यालय तानिएको छ।

कञ्चनपुरमा सर्वपक्षीय बैठक, अान्दाेलन राेक्ने निर्णय

कञ्चनपुरका १३ वर्षीया बालिका निर्मला पन्त हत्याकाण्डको विषयलाई लिएर जारी विरोध/आन्दोलन आजदेखि बन्द गर्न सबैमा अपिल गरिएको छ। जिल्ला प्रशासन कार्यालय कञ्चनपुरमा शनिबार बसेको सर्वदलीय र सर्वपक्षीय छुट्टाछुट्टै बैठकले सो अपिल गरिएको हो।

माइतीघरको आवाज : चुप लागेर बस्दैनौ, न्याय मर्न दिँदैनौ (फोटो फिचर)

कञ्चनपुरमा बलात्कार पछि हत्या गरिएकी निर्मला पन्तका दोषीलाई कारबाहीको माग गर्दै राजधानीमा प्रदर्शन भएको छ। माइतीघर मण्डलाबाट सुरु भएको मौन प्रदर्शन बानेश्वर पुगेको थियो। उनीहरुले सरकारले देखायो लाचारी त्यसैले हाम्रो खबरदारी, चुप लागेर बस्दैनौ, न्याय मर्न दिँदैनौ जस्ता प्ले कार्ड प्रदर्शन गरे।

निर्मला हत्याको छानविन गर्न उच्चस्तरीय न्यायिक छानबीन समिति चाहिन्छः भट्ट

कञ्चनपुरका सांसद लेखराज भट्टले कञ्चनपुर घटनाको छानविन गर्न उच्चस्तरीय न्यायिक छानविन समिति बनाउन माग गरेका छन्।

बलात्कारका अपराधीलाई कडा कारबाही होस: नेकपा

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीले कञ्चनपुर घटनाका अपराधीलाई कडा कारबाही दायरामा ल्याउन सरकारको ध्यानाकर्षण गराएको छ।

निर्मला हत्या प्रकरण : कञ्चनपुरमा फेरि गोली चल्यो, एककाे मृत्यु

बलात्कारपछि हत्या गरिएकी १३ वर्षीया बालिका निर्मला पन्तका दोषीलाई कारवाहीको माग गर्दै कन्चनपुरमा जारी स्थानीयको प्रदर्शनमा प्रहरीले गाेली चलाउँदा एक युवककाे मृत्यु भएकाे छ भने १० जना घाइते भएका छन्।

निर्मला हत्या प्रकरण, प्रहरीको ध्यान घटना मोड्नमै केन्द्रित

साउन १० गते बिहान साथी रोशनी बमको घरमा गएकी छोरी निर्मला पन्त साँझसम्म घर नफर्केपछि आमा दुर्गादेवी आत्तिइन्। उनले प्रहरीलाई गुहारिन्। गाउँलेले पनि प्रहरीलाई खोजी गरिदिन आग्रह गरे। दुर्गादेवीले प्रहरी चौकीमा राति दुई बजेसम्म बसेर छोरी खोजी दिन अनुनय विनय गरिन्, तर प्रहरीले आनाकानी गरेर उनको अनुरोध मानेन।

कञ्चनपुर घटना छानविन गर्न समिति गठन

सरकारले कञ्चनपुर घटनाको विषयमा छानविन गर्न कारागार व्यवस्थापन विभागका महानिर्देशक हरिप्रसाद मैनालीकोे अध्यक्षतामा छानविन समिति गठन गरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्