२० आश्विन २०८१ आइतबार
image/svg+xml
राजनीति

महेन्द्रनगरमा लगाइएको कर्फ्यू पाँच घण्टाका लागि हटाइयो

महेन्द्रनगर – कञ्चनपुर सदरमुकाम महेन्द्रनगरमा लगाइएको कर्फ्यू पाँच घण्टाका लागि हटाइएको छ। आज बिहान ५ बजेदेखि १० बजेसम्मका लागि कर्फ्यू हटाइएको स्थानीय प्रशासनले जनाएको छ।

कर्फ्यू हटेसँग आज जनैपूर्णिमा एवम् रक्षा बन्धन रहेकाले बजारमा चहलपहल पनि देखिएको छ। एक सातादेखिको आन्दोलन र कर्फ्यूले सास्ति खेप्दै आएका स्थानीयले राहत महशुस गरेका छन्।

जिल्ला  प्रशासन कार्यालय कञ्चनपुरले गरेको निर्णय अनुसार दश बजेदेखि पुनः कर्फ्यू यथावत रहने छ। स्थितिलाई मध्यनगर गर्दै आज पनि सर्वदलिय बैठक गरी अवस्थालाई सहज पारिदै लैजाने बताइएको छ।

निर्मला पन्तको बास्तविक हत्यारा पत्ता लगाउन माग गर्दै स्थानीयले गरेको प्रदर्शनले उग्र रुप लिएपछि गत शुक्रबार साँझ ८ बजेदेखि महेन्द्रनगर बजार र आसपासका क्षेत्रमा अनिश्चितकालीन कर्फ्यू आदेश जारी गरिएको थियो।

प्रकाशित: १० भाद्र २०७५ ०२:५६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App