१८ जेष्ठ २०८१ शुक्रबार
image/svg+xml

६ दिनपछि खुल्यो बेनी–जोमसोम सडक

मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी–जोमसोम सडक अन्तर्गत म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ दानाको गुईठेभीरमा अवरुद्ध भएको सडक ६ दिनपछि सञ्चालनमा आएको छ।

बाढीले जोमसोम–कोरला सडक अवरुद्ध

खहरे खोला उर्लिएर आएपछि जोमसोम–कोरला सडक अवरुद्ध भएको छ। राष्ट्रिय गौरवको आयोजना कालिगण्डकी करिडोरअन्तर्गत पर्ने सो सडक आइतबार रातिदेखि अवरुद्ध भएको हो।

बेनी–जोमसोम सडकको म्याग्दी खण्ड राति बन्द

मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी–जोमसोम सडकको म्याग्दी खण्डमा रातको समयमा यातायातका साधन सञ्चालन गर्न बन्द गरिएको छ।कालीगण्डकी करिडोर (बेनी–जोमसोम–कोरला)अन्तर्गत म्याग्दीको रघुगङ्गा गाउँपालिका–३ गलेश्वरदेखि अन्नपूर्ण गाउँपालिका–३ काभ्रेमा पहिरोको जोखिम भएकाले रातिको समयमा यातायात सञ्चालन गर्न बन्द गरिएको हो।

मुस्ताङको यातायात सम्पर्कविच्छेद

मुस्ताङको आन्तरिक र छिमेकी जिल्लाहरुसँग यातायात सम्पर्कविच्छेद भएको छ।बाढीले सडक र झोलुङ्गे पुल बगाएपछि मुस्ताङको एउटा पालिकादेखि अर्को पालिका तथा छिमेकी जिल्ला म्याग्दी हुँदै प्रदेश राजधानी पोखरा र सङ्घीय राजधानी काठमाडौँ जोड्ने सडक सम्बन्ध टुटेको हो।

पाँच दिनका लागि बेनी-जोमसोम-कोरला सडकखण्ड पूर्णरुपमा बन्द

म्याग्दीको रघुगङ्गा गाउँपालिका-२ बैसरीमा पहिरो रोकथाम गर्न कालीगण्डकी कोरिडोर (बेनी-जोमसोम -कोरला) सडकखण्ड पाँच दिनका लागि पूर्णरुपमा बन्द गरिने भएको छ।

बेनी–जोमसोम र बेनी–दरवाङ सडकमा पहिरोको जोखिम

राष्ट्रिय गौरवको आयोजना मानिएको कालीगण्डकी करिडोरको बेनी–जोमसोम र म्याग्दीको ‘लाइफ लाइन’ भनिएको बेनी–दरवाङ सडकमा बर्खा लाग्नेबित्तिकै यात्रु र सवारीसाधनलाई सधैँ सास्ती हुने गरेको छ।

बेनी–जोमसोम सडकको रुप्सेमा बेलिब्रिज, भाेलीदेखि पूर्णरुपमा सञ्चालन हुने

कालीगण्डकी कोरिडोरको बेनी–जोमसोम–कोरला सडकखण्ड अन्तर्गत म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ स्थित रुप्से खोलामा बेलिब्रिज (पुल) निर्माण सम्पन्न भएको छ।

अवरुद्ध बेनी–जोमसोम सडक १६ घण्टापछि सञ्चालनमा

बेनी–जोमसोम सडकमा १६ घण्टापछि सवारी सञ्चालन भएको छ। सडकखण्ड अन्तर्गत म्याग्दीको अन्नपूर्ण गाउँपालिका–२ भुरुङ्गतातोपानीमा रहेको कल्भर्ट पुल मङ्गलबार रातिको बाढीले बगाएको हो।

बाढीले कल्भर्ट बगाएपछि बेनी–जोमसोम सडक अवरुद्ध

बाढीले कल्भर्ट बगाएपछि म्याग्दीको उत्तरी क्षेत्र हुँदै मुस्ताङ जिल्लालाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी–जोमसोम सडक अवरुद्ध भएको छ।

बेनी–जोमसोम सडकखण्ड दैनिक छ घन्टा बन्द

म्याग्दीको उत्तरी क्षेत्र हुँदै मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी–जोमसोम सडक सोमबारदेखि दैनिक छ घन्टा यातायात सेवा बन्द हुन थालेको छ।

बेनी–जोमसोम र पृथ्वी राजमार्ग बन्द

कालिगण्डकी करिडोर (बेनी–जोमसोम–कोरला) सडक शुक्रबारदेखि दिनमा पाँचघण्टा बन्द हुने भएको छ। सडक आयोजनाको रुप्से खण्डमा बेलिब्रिज सहित पहिरो रोकथाम गर्नका लागि बेनी–जोमसोम सडक बन्द गर्न लागिएको हो।

शुक्रबारदेखि बेनी-जोमसोम सडक दैनिक छ घण्टा बन्द

मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी–जोमसोम सडक शुक्रबारदेखि दैनिक घण्टा बन्द हुने भएको छ।

गैंडाकोट-रामपुर-पिपलडाँडा सडक खण्ड: विवादका कारण अझै बनेन

पाल्पाको रामपुर नगरपालिकास्थित मटेरी-ठूलो टार क्षेत्रमा सडक मापदण्ड विवादको कारणले एक किलोमिटर सडक विस्तार हुन सकेको छैन।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्