एनसेलविरुद्धको मुद्दामा सुनुवाइ सुरु
एनसेलविरुद्ध परेको रिट निवेदनमाथि उच्च अदालत पाटनमा आज सुनुवाइ सुरु भएको छ। न्यायाधीश पुरुषोत्तमप्रसाद ढकालको एकल इजलासमा पेशी चढेको मुद्दामा सुनुवाइ थालिएको हो।
एनसेलविरुद्ध परेको रिट निवेदनमाथि उच्च अदालत पाटनमा आज सुनुवाइ सुरु भएको छ। न्यायाधीश पुरुषोत्तमप्रसाद ढकालको एकल इजलासमा पेशी चढेको मुद्दामा सुनुवाइ थालिएको हो।
एनसेल प्रकरण छानबिन गर्न सरकारले पूर्व महालेखापरीक्षक टंकमणि शर्माको संयोजकत्वमा उच्चस्तरीय अध्ययन तथा छानबिन समिति गठन गरेको छ।
प्रधानमन्त्री पुष्पकमल दाहालले अहिले ९ बजे मन्त्रिपरिषद्को बैठक बोलाएका छन्।
एनसेलको ८० प्रतिशत सेयरको इटरप्राइज भ्यालु करिब ४० करोड अमेरिकी डलर अर्थात ५३ अर्ब २० करोड रुपैयाँ रहेको एनसेलले दाबी गरेको छ।
एनसेनको अहिलेको लगानीकर्ता आजियटा र स्थानीय साझेदार मानिएको सुनिभेरा क्यापिटल भेन्चरका सञ्चालक तथा व्यवस्थापक विरुद्ध बुधवार उच्च अदालत पाटनमा मुद्दा दर्ता गरिएको हो।
एनसेल आजिएटाले सेयरधनी रेनोल्ड होल्डिङ लिमिटेडको शतप्रतिशत सेयर खरिदबिक्री गर्ने सम्बन्धमा आजिएटा युके र स्पेक्ट्रलाइट युके लिमिटेडबीच खरिदबिक्री सम्झौता सम्पन्न भएको स्वीकार गरेको छ।
नागरिकस्तरदेखि संसदीय समितिसम्ममा यो विषयले प्रवेश पाएको छ । यो कारोबारको वास्तविकता खोजेर जानकारी गराउन सरकार र मातहतका निकायमाथि चर्को दबाब छ।
नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले एनसेलको शेयर खरिद मूल्य शङ्कास्पद रहेकाले यसमा छानबिन हुने स्पष्ट पारेका छन्।
एनसेलको सेयर बिक्री गर्दा आजियाटाले नेपालको कानुन उलङ्घन गरेको हुने आशङ्का गरिरहको अवस्थामा एनसेल आजियाटाले नेपालको कानुन पालना गर्ने प्रतिबद्धता जनाएको छ।
एनसेल किनबेचको विवाद चर्कँदै जाँदा रास्वपाका नेता रवि लामिछानेले सुरुवाती दिन देखिनै कुन कुन नेताले कति कति रकम खाए ? भन्दै छानबिनको लागि तयार हुन चुनौती दिएका छन्।
बैठकमा प्रतिपक्ष दलहरूले एनसेलको शेयर खरिद–बिक्रीबारे तयारीका साथ सरकारसँग जवाफ माग्ने बताएका छन्।
सर्वोच्च अदालतमा विचाराधीन एनसेलको कर विवादसम्बन्धी मुद्दाको पेसी मंगलबार स्थगितमा पर्यो। तीन वर्षअघि अन्तरिम आदेश भएको एनसेलको कर विवाद मुद्दा पेसीमा चढ्नै कठिन छ, पेसी चढे पनि सुनुवाइ हुन सकेको छैन।
प्रतिनिधि सभाको सार्वजनिक लेखा समिति र अर्थ समितिले बुधबार यसबारे छलफल गर्न बैठक डाकेका छन्।
आजियाटाले नेपालको नियामक निकायलाई जानकारी नदिईकन स्पेक्ट्रलाइट युके लिमिटेडलाई न्यून मूल्यमा सेयर बिक्री गरेपछि कारोबार शंकास्पद देखिएको छ।