२० असार २०८१ बिहीबार
image/svg+xml
समाज

एनसेलविरुद्धको मुद्दामा सुनुवाइ सुरु

एनसेलविरुद्ध परेको रिट निवेदनमाथि उच्च अदालत पाटनमा आज सुनुवाइ सुरु भएको छ। न्यायाधीश पुरुषोत्तमप्रसाद ढकालको एकल इजलासमा पेशी चढेको मुद्दामा सुनुवाइ थालिएको हो।

एनसेलको यसअघिको स्विडिश लगानीकर्ता टेलिया सोनेराले नेपालबाट बाहिरिने बेलामा सरकारलाई तिर्न छुट्टाएको पुँजीगत लाभकर ५३ अर्ब २० करोड रुपैयाँ बाँडेर लिएको भन्दै आजियटा र स्थानीय सञ्चालक तथा व्यवस्थापकहरूविरुद्ध उच्च अदालत पाटनमा बुधवार रिट निवेदन दर्ता भएको थियो।

एनसेलको अहिलेको लगानीकर्ता आजियटा र स्थानीय साझेदार मानिएको सुनिभेरा क्यापिटल भेन्चरका सञ्चालक तथा व्यवस्थापक विरुद्ध मुद्दा दर्ता भएको हो। विदेशी मुद्राको अपचलन र सम्पत्ति शुद्धिकरणविरुद्धको काम गरेको रिट निवेदकको दाबी छ।

अन्तर्राष्ट्रिय कानुनलाई चुनौती दिँदै कर तिर्ने प्रयोजनका लागि टेलियाको खातामा जम्मा गरिएको रकम नेपालमै नल्याई एक आपसमा मिलेर सिंगापुरमै बाँडफाँट गरिएको भन्दै गोकुलबहादुर रोकायाले उच्च अदालत पाटनमा रिट दर्ता गरेका हुन्।

रिट निवेदनमा आजियटा र सतिशलाल आचार्यले गरेको काम नेपालको इतिहासमा अहिलेसम्मकै ठुलो आपराधिक भएको र यसबाट राष्ट्रिय सम्पत्ति हिनामिना भएको उल्लेख गरिएको छ।

प्रकाशित: २१ मंसिर २०८० ०६:५५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App