२४ वैशाख २०८१ सोमबार
image/svg+xml
राजनीति

एनसेल प्रकरणबारे आज सार्वजनिक लेखा समितिमा छलफल

एनसेल प्रकरणबारे आज सार्वजनिक लेखा समितिका छलफल हुने भएको छ। यसका लागि समिति सिंहदरबारस्थित कार्यकक्षमा दिउँसो २ बजेका लागि बोलाइएको छ। बैठकमा प्रतिपक्ष दलहरूले एनसेलको शेयर खरिद–बिक्रीबारे तयारीका साथ सरकारसँग जवाफ माग्ने बताएका छन्।  

मलेसियन कम्पनी आजियाटाले शुक्रवार एनसेलमा रहेको आफ्नो ८० प्रतिशत सेयर बेलायतको स्पेक्ट्रलाइट युके लिमिटेडलाई पाँच करोड अमेरिकी डलर अर्थात् ६ अर्ब ६६ करोड रुपैयाँमा बिक्री गरेपछि यो मुद्दामा विभिन्न कोणहरूबाट प्रश्नहरू उठेका छन्।  

यसमा सरकारका कमी कमजोरीहरू विभिन्न उजागर गरिएका छन्। र, सरकार नेतृत्वलाई विभिन्न किसिमका आरोप पनि लगाइएको छ ।  

एनसेलको शेयर खरिद–बिक्रीबारे चौतफी प्रश्नहरू उठ्न थालेपछि लेखा समितिले यही विषयमा छलफल गर्न बैठक डाकेको हो।

प्रकाशित: २० मंसिर २०८० ०३:३९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App