२० आश्विन २०८१ आइतबार
image/svg+xml

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा भन्सार कार्यालय स्थापना गर्ने सरकारको निर्णय

बिहीबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको मन्त्रिपरिषद् बैठकले विमानस्थलको भरपुर प्रयोगका लागि आवश्यक जनशक्ति व्यवस्थापन गर्न सङ्गठन तथा व्यवस्थापन सर्वेक्षण (ओएण्डएम) गर्न पूर्वस्वीकृति दिने निर्णय गरेको उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णु पौडेलले जानकारी दिए।

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल: सहज छैन खर्च धान्न

पोखरामा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएपछि पुरानाबाहेक नयाँ केही एयरलाइन्सले पनि उडान सुरु गरेका छन्। रात्रिकालीन उडान पनि भर्न सकिने भएकाले अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने हवाई उडान संख्या केही थपिन सक्छ। त्यसले विमानस्थलको आम्दानी पक्कै बढ्नेछ।

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने पहिलो एयरक्राफ्ट हिमालय एअरलाइन्स्

एयरलाइन्सले बिहान १३ः११ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल (टीआईए) काठमाडौंबाट उडान भरेर १३ः४४ मा पोखरा अन्तर्राष्ट्रिय विमानस्थल (पीआईए) मा अवतरण गरेको थियो।

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलले आर्थिक समृद्धीको ढोका खोल्योः उपमहासचिव गुरुङ

आईतबार पोखरा अन्तर्राष्ट्रिय विमानस्थल उद्घाटन पश्चात उनले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा विदेशी पर्यटक ल्याउनको लागि अन्य पर्यटन पूर्वाधारहरु निर्माण गरी पर्यटकको माध्यमबाट आर्थिक समृद्धि हासिल गरी गरिबी निवारण गर्ने ढोका खुलेको बताएका हुन्।

हिमालय एअरलाइन्सको एअरबस पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएसँगै हिमालयन एअरलाइन्सको एअरबसले प्रदर्शनी उडान गरेको हो।

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलले समग्र आर्थिक विकासमा योगदान दिन्छः प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)ले पोखरामा बनेको अन्तर्राष्ट्रिय विमानस्थलले समग्र आर्थिक रुपको विकास गर्ने बताएका छन्। विमानस्थलले सिंगै राष्ट्रको विकासमा योगदान दिने उनले बताए।

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको उद्घाटनसत्र (फोटो फिचर)

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको उद्घाटन भएको छ। प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)ले विमानस्थल उद्घाटन गरेका छन्। प्रधानमन्त्रीसँगै अन्य राजनीतिक दलका शीर्ष नेता पनि पोखरा आएका छन्।

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा मानवसागर, उद्घाटन गर्न प्रधानमन्त्री दाहाल पोखरामा

प्रधानमन्त्री पुष्पकमल दाहालले विमानस्थल उद्घाटन गर्दैछन्। प्रधानमन्त्रीसँगै अन्य राजनीतिक दलका शीर्ष नेता पनि पोखरा आएका छन्।

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलः भोलि भव्य शुभारम्भ गरिँदै

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल प्रधानमन्त्री पुष्पकमल दाहालले उद्घाटन गर्दैछन्। पोखरा महानगरपालिकाले पोखरेलीको विमानस्थल सपना पुरा भएको भन्दै विमानस्थल उद्घाटनका दिन आइतबार पोखरामा सार्वजनिक बिदा पनि दिएको छ।

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलः पर्यटनको लगानीमा बढाएको हौसला

पोखराका धेरै पर्यटन व्यवसायीले अहिले पर्यटन क्षेत्रमा लगानी गरिरहेका छन। ती सबै व्यवसायी पोखरा अन्तर्राष्ट्रिय यो विमानस्थलप्रति निकै नै आशावादी छन। व्यवसायीले लगानी बढाउन चाँसो दिनुमा यहाँको अन्तर्राष्ट्रिय विमानस्थल मुख्य कारण बताउँदै आएका छन्। व्यवसायीले अहिलेभन्दा बढी संख्यामा पर्यटक भित्र्याउन विमानस्थलले सघाउने बताएका छन्। कतिपय व्यवसायीले पूर्णरुपमा नयाँ संरचना बनाईरहेका छन् भने केहीले भने लगानीको आकार बढाइरहेका छन्।

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आउने भएसँगै नेपाली वायुसेवा कम्पनीहरु उत्साहित

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आउने भएसँगै नेपाली वायुसेवा कम्पनीहरु उत्साहित भएका छन्।

विस्थापित नहुने तर सराङकोटमा उड्न नपाउने

प्याराग्लाइडिङ उडानको सुरुवात नै झण्डै अढाइदशक अघि सराङकोटबाट भएको हो। त्यसपछि नजिकैको तोरीपानी र मान्द्रेढुंगा क्षेत्रको आकाश पनि प्याराग्लाइडिङका लागि खुला भएका थिए तर अब सराङकोट र तोरीपानीबाट भने उडान गर्न नमिल्ने प्राधिकरणले बताएको छ।

सराङकोटबाट हट्ने नै भयो प्याराग्लाइडिङ, दिनमा चारघण्टा मात्र उड्न पाउने

आगामि जनवरी १ देखि पोखरा अन्तर्राष्ट्रिय विमानस्थल संचालनमा आउने भएपछि यहाँस्थित सराङकोटको आकाशमा उडान भईरहेको प्याराग्लाइडिङ सधैंका लागि बिस्थापित हुने भएको छ। सराङकोटबाट बिस्थापित भएको प्याराग्लाइडिङ त्यहाँबाट झन्डै ५ किलोमिटर पश्चिमको मान्द्रेढुंगाबाट मात्र उड्न पाउने भएको छ।

आधादर्जन अन्तर्राष्ट्रिय हवाई कम्पनिको पोखरामा चाँसो

अंग्रेजी नयाँवर्षको पहिलो दिन २०२३ जनवरी १ देखि पोखरा अन्तर्राष्ट्रिय विमानस्थल संचालनमा आउँदैछ। विमानस्थल संचालनमा आएसँगै आन्तरिक उडान अन्तर्राष्ट्रिय विमानस्थलबाटै सुरु गर्ने तयारी नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले गरिरहेको छ। आन्तरिक बाहेक अन्तर्राष्ट्रिय उडानको तयारीमा पनि आन्तरिक वायुसेवा कम्पनि जुटिसकेको छन। आन्तरिक वायुसेवा कम्पनिको तयारी बाहेक अन्तर्राष्ट्रिय वायुसेवा कम्पनिले पनि पोखराको यो विमानस्थलसम्म सिधा उडानका भर्नका लागि चाँसो दिएका छन्।

आधादर्जन अन्तर्राष्ट्रिय हवाई कम्पनिको पोखरामा चाँसो

अंग्रेजी नयाँवर्षको पहिलो दिन २०२३ जनवरी १ देखि पोखरा अन्तर्राष्ट्रिय विमानस्थल संचालनमा आउँदैछ। विमानस्थल संचालनमा आएसँगै आन्तरिक उडान अन्तर्राष्ट्रिय विमानस्थलबाटै सुरु गर्ने तयारी नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले गरिरहेको छ। आन्तरिक बाहेक अन्तर्राष्ट्रिय उडानको तयारीमा पनि आन्तरिक वायुसेवा कम्पनि जुटिसकेको छन। आन्तरिक वायुसेवा कम्पनिको तयारी बाहेक अन्तर्राष्ट्रिय वायुसेवा कम्पनिले पनि पोखराको यो विमानस्थलसम्म सिधा उडानका भर्नका लागि चाँसो दिएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्