१३ आश्विन २०८१ आइतबार
image/svg+xml
समाज

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको उद्घाटनसत्र (फोटो फिचर)

विमानस्थ उद्घाटन गनै आएका प्रधानमन्त्री पुष्पकमल दाहाल जहाजबाट ओर्लेर कार्यक्रममा जाँदै । तस्बिरः उमेश पुन÷नागरिक

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको उद्घाटन भएको छ। प्रधानमन्त्री पुष्पकमल दाहालले विमानस्थल उद्घाटन गरेका हुन्। प्रधानमन्त्रीसँगै अन्य राजनीतिक दलका शीर्ष नेता पनि पोखरा आएका छन्।  

अन्तर्राष्ट्रिय विमानस्थलमा विहानैदेखि नियमित उडान गर्ने र ११ बजेपछि उद्घाटन कार्यक्रम सुरु हुने भनिए पनि मौसम खराबीले विमानस्थल नखुल्दा प्रधानमन्त्री आउन ढिलाई भएको थियो। मौसमका कारण विमानस्थल करिब १२ बजेतिर मात्र खुलेको थियो। बुद्ध एयरको जहाजमा प्रधानमन्त्री दाहाल पोखरा ओर्लेका थिए।  

आइतबारदेखि संचालनमा आएको विमानस्थलमा सौर्य, बुद्ध, यती र गुण एयरलाइन्सको जहाज अवतरण गरेका छन्। अन्तर्राष्ट्रिय विमानस्थल बनेको खुसीयालीमा अहिले हजारौं पोखरेली विमानस्थलको बाहिर भेला भएका छन् । विभिन्न समुहले झाँकी प्रदर्शन गरेका छन्। व्यवसायिक समुहको पनि उत्तिकै सहभागिता रहेको छ। विमानस्थलमा मानवसागर उर्लेको छ।  

प्रकाशित: १७ पुस २०७९ ०८:५६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App