१३ मंसिर २०८१ बिहीबार
image/svg+xml

कतारमा तीन सय नेपालीलाई खाद्यान्न

कतारमा कोरोना भाइरस (कोभिड–१९)को चपेटामा परेका परेका करिब तीन सय नेपालीलाई खाद्यान्न प्रदान गरिएको छ। कोरोना भाइरसको संक्रमणले आक्रान्त बनाएपछि कतारमा अस्थायी ‘लकडाउन’ लागू हुँदा समस्यामा परेका नेपालीलाई गैर–आवासिय नेपाली संघ राष्ट्रिय समन्वय परिषद कतारको पहलमा चामल, आँटा, तेल लगायतका खाद्य सामग्री प्रदान गरिएको हो।

मन्त्री आङबोद्वारा खाद्यान्न सहयोग

१ नम्बर प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री इन्द्रबहादुर आङ्बोले जिल्लाका ३ सय  १० परिवारलाई खाद्यान्न सहयोग गरेका छन्। ‘लक डाउन’समयमा आर्थिक रुपमाविपन्न परिवारलाई खाद्यान्न सहयोग गरेको जानकारी दिइएको छ।उनी पाँचथरको निर्वाचन क्षेत्र ख वाट प्रदेशसभाका सांसद हुन।

विपन्न परिवारलाई उपमेयरको खाद्यान्न

खोटाङको हलेसी तुवाचुङ नगरपालिकाकी उपमेयर बिमला राईले ‘लकडाउन’को मारमा परेका विपन्न परिवारलाई खाद्यान्न सहयोग गरेकी छन्। दैनिक ज्यालादारीका काम गरेर जीवन निर्वाह गरिरहेका हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थान माल्खुका २५ परिवारलाई उपमेयर राईले बुधबार व्यक्तीगत खर्चमा खाद्यान्न प्रदान गरेकी हुन्।

घरघरमै खाद्यान्न पुर्‍याउन सुलभ घुम्ती पसल सेवा सुचारु

लकडाउनमा अवधिमा घरभित्र रहेका नागरिकहरुलाई घरघरमै खाद्यान्न पुर्‍याउन सुलभ घुम्ती पसल सुचारु भएको छ।

विपन्न श्रमिकलाई खाद्यान्न जुटाइँदै

दैनिक ज्याला–मजदुरी गरेर पेट पाल्ने श्रमिकलाई लामो समयको लकडाउनले खाद्यान्न अभाव हुने सम्भावना भएपछि जिल्लाबासी उनीहरूलाई खाद्यान्न जुटाउन थालेका छन्। स्थानीय तह र दाताले निजी क्षेत्रबाट चामल संकलन गरी श्रमिकलाई प्रदान गर्न थालेका हुन्।

‘लकडाउन’मा काम गर्न नपाएका मजदुरलाई खाद्यान्न

खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले दैनिक ज्यालादारी मजदुरलाई खाद्यान्न सहयोग गरेको छ। कोरोना भाइरस (कोभिड–१९)को संक्रमण फैलिन नदिनका लागि लागू गरिएको ‘लकडडाउन’का कारण ज्यालादारी काम गर्न नपाउँदा समस्यामा परेका १७ कामदारलाई नगरपालिकाले खाद्यान्न प्रदान गरेको हो।

वडाध्यक्षद्वारा खाद्यान्न सहयोग

कोभिड–१९ लाई दृष्टिगत गरी सरकारले गरेको लकडाउनले गर्दा खाद्यान्नको अभाव व्यहोर्नु परेको दाङको नाका क्षेत्रका जनतालाई खाद्यान्न सहयोग गरिइएको छ।

खोटाङ मझुवागढी नगरपालिकामा मजदुरलाई खाद्यन्न वितरण

खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले ‘लकडाउन’का कारण काम गर्न नपाउँदा बिहान बेलुकी छाक टार्न समस्या भएका कामदारलाई खाद्यान्न सहयोग गरेको छ।  कोरोना भाइरस (कोभिड–१९) को संक्रमण फैलिन नदिनका लागि सरकारले गरेको ‘लकडाउन’का कारण दैनिक ज्याला मजदुरीको काम गर्न नपाउँदा बिहान–बेलुकीको छाक टार्नै नसक्ने अवस्थामा पुगेका मजदुरलाई नगरपालिकाले खाद्यान्न सहायोग गरेको हो।

दैनिक उपभोग्य सामान किन्न यस्तो लक्ष्मण रेखा (फोटो फिचर)

स्थानीय प्रशासनले लकडाउन गरेको तेस्रो दिन रौतहट सदरमुकाम गौरमा सोसल डिस्टेंसिंग (सुरक्षा घेरा) कायम गर्दै सदरमुकाम गौरमा तरकारी बजार, खाद्यान्न पसल सुचारु गरेको छ।

खाद्यान्न व्यवस्थापन

कोरोेना भाइरस (कोभिड—१९) का कारण अहिले विश्व दुुई किसिमबाट आतंकित छ । पहिलो, यसको संक्रमणबाट कसरी जोगिने भन्ने । दोस्रो, लकडाउनमा कसरी खाद्यान्न जोहो गर्ने भन्ने । स्पेन, इटलीजस्ता कतिपय मुलुकले अति आवश्यकीय सामान लिन बजारमा सर्वसाधारणलाई सजिलै जान दिएका छैनन् । अमेरिकालगायत विकसित मुुलुकका ठूल्ठूला डिपार्टमेन्टल स्टोरहरूमा सामान लिन उपभोक्ताबीच झगडा नै भएका घटना सार्वजनिक भएका छन् ।

अत्यावश्यक सेवामा पनि बाधा

स्युचाटार बस्दै आएका धनगढीका धनबहादुर शाह मंगलबार विहान किराना पसलको खोजीमा भौतारिँदै थिए । सोमबार मात्र लामो समयपछि फर्किएका उनी खाद्यान्न पसल बन्द नहुने खबर पाएर ढुक्क थिए । तर बजारमा कुनै पसल पनि खुलेको भेटेनन् । उनले भने, ‘कलंकीसम्मका साना–ठूला पसल चहारेँ कतै खुलेको भेटेन ।’ आफ्नो पसलबाहिर बसेको भेटिएका केही व्यापारीले प्रहरीले बन्द गराउँदै हिँडेको बताए । प्रहरीले भने आफूहरुले बन्दको लागि जबरजस्ती नगरेको तर सुरक्षामा ध्यानाकर्षण मात्र गराएको बताउँछन् ।

अभाव हल्लाले चामल बिक्री दोब्बर

गएको एक हप्तामा बजारमा फैलिएको खाद्यान्न अभाव हल्लाले उपत्यकामा खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको बिक्री दोब्बर बढेको छ।

जलवायु परिवर्तनले खाद्यान्न उत्पादनमा ह्रास

कर्णालीमा जलवायु परिवर्तनको असरले खाद्यन्न उत्पादनमा ह्रास आएको पाइएको छ। जलवायु परिवर्तनले कुनै वर्ष अत्यधिक बर्षा हुने र कुनै वर्ष सुख्खा खडेरी पर्नाले उत्पादनमा घटबड आउने गरेको हो।

जापानमा फोहोर खाद्यान्नबाट बिजुली

जापानमा परित्याग गरिएको खानालाई रिसाइकल गरी विद्युत उत्पादन गर्ने नयाँ प्रविधि प्रयोगमा ल्याइएको छ। जेएफई इन्जिनियरिङ कर्पोरेसनले नयाँ प्रविधिको अनुसन्धान र निर्माणका लागि हालै ‘जे बायो फुड रिसाइकल’ कम्पनी खडा गरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्