९ मंसिर २०८१ आइतबार
image/svg+xml

'विप्लवलाई चिढ्याउनु असुरक्षा सिर्जना'

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले विप्लव समूहलाई चिढ्याएर सरकारले मुलुकमा असुरक्षाको वातावरण सिर्जना गर्न थालेको बताएका छन्। उक्त समूहसँग वार्ता र संवादको माध्यमबाट निकास खोज्नुको साटो झनै चिढ्याएर मुलुकलाई अशान्तिको बाटोमा धकेल्ने प्रयास सरकारले गरेको उनको भनाइ छ। कांग्रेसले विप्लव समूहलाई संरक्षण गरेको भन्ने प्रधानमन्त्रीको भनाइतर्फ इंगित गर्दै देउवाले भने, ‘हामीहरूले त वार्ताका माध्यमबाट समाधान खोजौं मात्रै भनेका हौं।’

फोरम र नयाँशक्तिबीच भित्रभित्रै एकताको गृहकार्य

संघीय समाजवादी फोरम नेपाल र राष्ट्रिय जनता पार्टी नेपालबीच पार्टी एकताका लागि चिठीमार्फत सम्वाद आदानप्रदान भइरहेको छ, तर फोरमको पहिलो ध्यान भने राजपाभन्दा बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति पार्टीतिर गएको छ।

नेपाल ट्रस्ट अदालत जाँदै

गैरकानुनी रुपमा व्यक्तिका नाममा लालपुर्जा बनाई बाँडिएको एक सय ७३ रोपनी पाँच पैसा जग्गा फिर्ता ल्याउन नेपाल ट्रस्ट सक्रिय भएको छ। ट्रस्टले आफू जग्गाधनी रहेको जग्गा मोहीका नाममा गराउन भएका गैरकानुनी कामको प्रमाण संकलन गरिरहेको छ। तथ्य संकलन भएपछि प्रमाणका साथ अदालतमा मुद्दा दायर गर्ने ट्रस्टले जनाएको छ।

नरम देखियो देउवाविरोधी समूह

सभापति शेरबहादुर देउवालाई दबाब दिन भेला भएका नेपाली कांग्रेसका जिल्ला सभापतिहरू केही नरम देखिएका छन्।

बारामा सेनाद्वारा दुई सय ७० वटा टेन्ट निर्माण

आइतबार साँझ आएको अनौठो विनासकारी हावाहुरीबाट बेघर भएकाहरुलाई नेपाली सेनको टोलीले २ सय ७० वटा टेन्ट निर्माण गरिदिएको छ।

जिल्ला सभापतिहरूकाे गाेप्य भेला, कडा अनुशासन

नेपाली कांग्रेसका जिल्ला सभापतिहरुको गोप्य भेला बुधबार काठमाडौंको ठमलेस्थित एक होटलमा बसेको छ।

नेपालले आज म्यानमारसँग प्रतिस्पर्धा गर्दै

ओलम्पिक छनोटको दोस्रो चरणको खेलमा नेपालले आज म्यानमारसँग प्रतिस्पर्धा गर्दैछ। म्यानमारको घरेलु मैदानमा हुने खेल नेपाली समयानुसार साँझ ५ बजे शुरु हुनेछ।

कारबाहीमा परेको व्यक्तिलाई जिम्मेवारी

राष्ट्रिय ध्वजबाहक नेपाल वायुसेवा निगम (नेवानि) को कारबाहीमा परेका आरके शेरचनलाई महत्वपूर्ण मानिने जहाज सञ्चालन (अपरेसन) विभाग प्रमुखको जिम्मेवारी दिइएको छ ।

संस्थापन समूह भन्छ–अवैधानिक भेला किन गर्ने?

महासमिति बैठकमा दुई मुद्दामा एकजुट देखिएका नेपाली कांग्रेसका जिल्ला सभापति पछिल्लो समय पार्टी नेताकै गुटमा विभाजित भएका छन्। संस्थापन समूह र संस्थापनइतर समूह पछिल्लो समय वाक युद्धमा उत्रिएका हुन्।

वायुसेवालाई विकल्प

नेपाल वायुसेवा निगम सुरु हुँदा अहिलेका केही चर्चित अन्तर्राष्ट्रिय कम्पनीको कुनै हैसियत बनिसकेको थिएन। अहिले ती वायुसेवा कम्पनीसँग हामीले आफूलाई तुलना गर्न नसक्ने अवस्था आइसकेको छ। कतिपय मुलुकमा हाम्रा विमान पुग्दा उनीहरूले अनौठो मानेर हेर्न आएको अनुभव वरिष्ठ पाइलटहरूको छ। व्यावसायिक तत्परता नहुँदा र यसको व्यवस्थापन राजनीतिक प्रभावमा पर्दा निगमको प्रगति अपेक्षित रूपमा हुन सकेको छैन।

प्रधानमन्त्रीले खोज्नुभएको कांग्रेस

प्रकृतिमाथि कसैले पनि र कुनै पनि आविष्कारले विजय पाउन सक्दैन भन्ने तथ्य पुष्टि गरिरहनु पर्दैन। बारा र पर्सामा आएको हुरी र बतासले अनेकौँ मानिसको ज्यान लियो र करोडौँको श्रीसम्पत्ति विनाश भयो।

सरकारले प्रेसमाथि अंकुश लगाउन खोज्योे : देउवा

नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले वर्तमान सरकाले प्रेसमाथि अंकुश लगाउन खोजको आरोप लगाएका छन्। विभिन्न नाममा अहिलको सरकारले प्रेसमाथि हस्तक्षेप गरिरहेको भन्दै उनले स्वतन्त्र प्रेसमाथि हुने जुनसुकै हस्तक्षेपबिरुद्ध सिंगो पार्टीले सञ्चार जगतलाइ पूर्ण साथ र सहयोग गर्ने बताए।

प्रहरीमा लगानी बढाउन गृहमन्त्री थापाको प्रस्ताव

गृहमन्त्री रामबहादुर थापाले अनुगमन र मुल्यांकन प्रणालीको विकास गर्न गृह मन्त्रालय अन्तर्गतका निकायहरुलाई निर्देशन दिएका छन्। मंगलवार गृह मन्त्रालयमा २०७५/७६ को दोस्रो चौमासिक सम्मको कार्यप्रगति समीक्षा तथा मन्त्रालयस्तरीय विकास समस्या समाधान समितिको बैठकमा गृहमन्त्री थापाले कामहरुको नियमित रुपमा अनुगमन गरी काम नगर्नेहरुलाई कारवाही गर्न निर्देशन दिए।

‘जेनेटिक मेमोरी’ले नेपालीहरु परापूर्वकालदेखि नै अनुसन्धानमा पोख्तः प्रम ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालीहरु परापूर्वकालदेखि नै अनुसन्धानमा पोख्त भएको बताएका छन्। नेपाल विज्ञान तथा प्रविधि प्रतिष्ठानको ४२ औं प्राज्ञ सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले विद्वान पूर्खाका सन्तान भएकोले जेनेटिक मेमोरिले नेपालीलाई अध्ययन अनुसन्धानमा पोख्त बनाएको जिकिर गरे।

धर्म स्वतन्त्र हुनुपर्छ : कोइराला

नेपाली कांग्रेसका महामन्त्री सशांक कोइरालाले कांग्रेसले कहिले पनि हिन्दु राष्ट्र हुनुपर्छ नभनेको बताएका छन्। उनले धर्म स्वतन्त्र हुनुपर्छ भन्दै कांग्रेसको चाहाना धार्मिक स्वतन्त्रता नै प्रमुख रहेको बताएको छ। कांग्रेसको झन्डाको चार तारामा एक तारा धर्म स्वतन्त्रताको प्रतिक हो।’

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्