१२ मंसिर २०८१ बुधबार
image/svg+xml

राष्ट्रपति पौडेलबाट बकर इदकाे शुभकामना

राष्ट्रपति रामचन्द्र पौडेलले सामाजिक संस्कृति, परम्परा, रीतिरिवाज, जातजाति र वेशभूषाको विविधता रहेको हाम्रो मुलुकमा इद–उल–अज्हा (बकर इद) पर्वले धार्मिक सहिष्णुता, सामाजिक सद्भावको वातावरणलाई अझ मजबुत बनाउन सहयोग पुग्ने विश्वास लिएका छन्।

‘विविधताभित्रको एकता नै हाम्रो राष्ट्रिय पहिचान हो’- प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहालले विविधताभित्रको एकता नै हाम्रो राष्ट्रिय पहिचान र गौरव भएको बताएका हुन्।

आज हरिशयनी एकादशी पर्वः तुलसीको बिरुवा सारिँदै

प्रत्येक वर्ष आषाढ शुक्ल एकादशीका दिन घर घरमा तुलसीको बिरुवा सारी चार महिनासम्म गरिने विशेष पूजा आराधना आजदेखि सुरु हुँदैछ।

पोखरा महानगरको बजेट ७ अर्ब १५ करोड १५ लाख

पोखरा महानगरपालिकाले आर्थिक वर्ष २०८०/८१ को लागि ७ अर्ब १५ करोड १५ लाख १७ हजार रुपैयाँको बजेट सार्वजनिक गरेको छ।

महभिरमा ढुंगा खस्दा मध्यपहाडी राजमार्ग अवरुद्ध

पर्वतको मोदी गाउँपालिका-६ स्थित महभिरमा सडक माथिबाट ढुंगा खस्दा मध्यपहाडी राजमार्गको पोखरा-पर्वत खण्ड अवरुद्ध भएको छ।

पानीको मुहान र स्रोत सफा गरी मनाइयो सिथि नखः पर्व (फाेटाेफिचर)

जेष्ठ शुक्ल पक्ष षष्ठी अर्थात् कुमार षष्ठीका दिन मनाउने यस पर्वलाई नेवार समुदायले वर्षा अघिको अन्तिम चाडको रुपमा समेत मनाउँछन।

मनास्लु र अन्नपूर्णलाई जोडेर नयाँ पदमार्ग निर्माण गरिने

गोरखाको उत्तरी क्षेत्र मनास्लु र अन्नपूर्ण क्षेत्रलाई जोडेर नयाँ पदमार्ग निर्माण गरिने भएको छ।

पाकिस्तानी आरोही सगरमाथाको चुचुरोमा

थप दुई आरोही सगरमाथाको चुचुरोमा पुगेका छन्। आज बिहान ८ः०२ बजे नेपाली र पाकिस्तानी आरोही सगरमाथाको चुचुरोमा पुगेका हुन्।

आराधना गरी मनाइयो बुद्ध जयन्ती

शान्तिका अग्रदूत भगवान् गौतम बुद्धको २५६७औँ जन्म जयन्ती घर, गुम्बा, चैत्य, विहारमा श्रद्धा भक्तिपूर्वक पूजा आराधना, प्रवचन एवम् शान्ति सन्देश फैल्याउने योगदानको स्मरण गरी मनाइएको छ।

उभौली मनाउँदै कोशी नामाङ्कन विरोध (फोटोफिचर)

उँभौलीको अवसरमा आज काठमाडौंमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदै छ। तर उँभौलीसंगै कोशी प्रदेश नामाङ्कन विरोध पनि गरिएको छ।

आज उँभौली पर्व मनाइँदै, सार्वजानिक बिदा

प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमाका दिन किराँत राई समुदायले मनाउने उँभौली पर्व आज देशभर भूमेस्थानमा पूजा आराधना गरी मनाइँदै छ।

उभौली पर्वले नेपालीबीचको एकतालाई थप बलियो बनाउने विश्वास लिएको छुः राष्ट्रपति पौडेल

राष्ट्रपति रामचन्द्र पौडेलले उभौली पर्वले देशको सांस्कृतिक विविधतालाई कायम राख्दै नेपाली नेपालीबीचको एकतालाई थप बलियो बनाउने विश्वास व्यक्त गरेका छन्।

आज अक्षय तृतीया पर्व मनाइँदै

आज अक्षय तृतीया पर्व मनाइँदैछ।जौ र चनाको सातु एवं चिसो पानीको सर्वत खाएर देशभर आज अक्षय तृतीया पर्व मनाइँदैछ। हरेक वर्ष वैशाख शुक्ल तृतीयाका दिन यो पर्व मनाइन्छ।

मुस्लिमको मन जित्न इदगाहमा जनप्रतिनिधि

अहिले कुनै पनि निर्वाचन छैन। तर कपिलवस्तुको तौलिहवाको बसपार्कछेउ रहेको इदगाहमा इदको अवसरमा शनिबार शुभकामना दिन जनप्रतिनिधि र दलका नेताहरू पुगेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्