१२ आश्विन २०८१ शनिबार
image/svg+xml

नेपाल भौगोलिक तथा सांस्कृतिक विविधताले भरिपूर्ण: प्रचण्ड

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विविध भाषा, धर्म, कला, साहित्य, परम्परा, चालचलन, मान्यता, चाड पर्व वा संस्कारको अस्तित्व, मान्यता एवम् सम्मानको अवस्था नै सांस्कृतिक विविधता भएको बताएका छन्। मुस्लिम समुदायको पर्व बकर इदका अवसरमा आज एक शुभकामना सन्देश दिदै उनले नेपाल भौगोलिक तथा सांस्कृतिक विविधताले भरिएको देश भएको र नेपालको संविधानले नै बहुसांस्कृतिक विशेषतायुक्त राष्ट्र रहेको उल्लेख गरेका छन्।

अध्यक्ष दाहालको ‘गणतन्त्रको पहिलो दशक’ सार्वजनिक

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले संविधानसभा र व्यवस्थापिका संसद्मा व्यक्त गरेका विचारहरुको सँगालो ‘गणतन्त्रको पहिलो दशक’ पुस्तक सार्वजनिक भएको छ । प्रज्ञा स्मृति प्रतिष्ठानले विसं २०६५ देखि २०७५ सम्म संविधानसभा र व्यवस्थापिका –संसद्मा पूर्वप्रधानमन्त्री दाहालले सम्बोधन गरेका कुरालाई विभिन्न ४२ शीर्षकमा पुस्तकमा समेटेको छ ।

दाहाललाई जबज अमान्य

सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्र महाधिवेशनको चर्चा चलेसँगै कार्यकारी अध्यक्ष पुष्पकमल दाहालले जनताको बहुदलीय जनवाद (जबज) मान्य नहुने संकेत गरेका छन्। आन्तरिक विवाद उत्कर्षमा पुगेपछि नेताहरूबीच सहमति खोज्ने क्रममा साउन ३ गते बसेको पार्टी सचिवालय बैठकमा अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले मंसिरमा अर्ली महाधिवेशन गर्ने र नेतृत्व टुंगो लगाउने प्रस्ताव गरेसँगै जबजको बहस सुरु भएको छ।

‘एकतालाई जोगाउन सतर्कतापूर्वक संघर्ष गरिरहेको छु’

नेकपा अध्यक्ष पुष्पकमल दाहालले पार्टी एकतालाई जोगाउन आफूले संघर्ष गरिरहेको बताएका छन् । अध्यक्ष दाहालले शनिबार भरतपुर महानगरपालिका र माडी नगरपालिकाभित्र बाढी प्रभावित विभिन्न ठाउँको अवलोकनपछि माडीमा यस्तो बताएका हुन् । ‘एकतालाई जोगाउन सतर्कतापूर्वक संघर्ष गरिरहेको छु’ नेकपा अध्यक्ष दाहालले भने,‘ पार्टी नफुटोस् भन्नेमा हामी सचेत छौं ।’

नदी कटान रोक्न आवश्यक काम भइरहेको छ : अध्यक्ष दाहाल

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नारायणी नदीको कटान रोक्नका लागि आवश्यक काम भइरहेकाले डर मान्नुपर्ने अवस्था नरहेको बताएका छन्।

पूर्वप्रधानमन्त्री दाहालबाट बाढी प्रभावित क्षेत्रको अवलोकन

पूर्वप्रधानमन्त्री एवम् नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का कार्यकारी अध्यक्ष पुष्पकमल दाहालले शनिबार चितवनमा नारायणी र अन्य नदीको कटान अवलोकनपछि आवश्यक तटबन्ध निर्माणका लागि निर्देशन दिएका छन् ।

दाहालका घरबेटीलाई दुई अर्बको मल किन्ने ठेक्का

समयमा खरिद नगरेर किसानले मल प्राप्त गर्न नसकिरहेको अवस्थामा राजनीतिक पहुँचवाला अधिकारीले ठेक्का पाएपछि बजारमा थप अभाव हुन सक्ने भन्दै किसान चिन्तित भएका छन्।

ओली अडान यथावत्, दाहाल प्रतिरक्षामा

ओलीलाई तत्कालै प्रधानमन्त्री पदबाट फिर्ता बोलाउने र अध्यक्षबाट राजीनामा दिन लगाउने दुवै निर्णय पार्टीका लागि प्रत्युत्पादक हुने ठान्दै दाहाल सहमति खोज्ने प्रयासमा लागेका छन्।

नेकपा विवाद: बल ओलीको ‘कोर्ट’मा

पार्टी एकता सग्लो रहने कि नरहने भन्ने विषय अबको दिनमा ओलीले अपनाउने रणनीतिमा भर पर्ने निष्कर्ष खुमलटार भेलाले निकालेको छ।

अध्यक्ष दाहाल ‘अपमानित’

चिनियाँ कम्युनिस्ट पार्टीले विदेशी मुलुकका सरकारी वा गैरसरकारी निकायसँग गर्ने प्रत्येक कार्यक्रममा विदेश विभागको समन्वय हुने भए पनि नेकपाले आफ्नो पार्टीभित्र त्यस्तो अभ्यास नगर्दा वा बिर्संदा कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल अपमानित हुनुपरेको छ।

भेनेजुयलामाथि अमेरिकी हस्तक्षेपको नेकपाद्वारा भर्त्सना

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले भेनेजुयलामा भएको पछिल्लो राजनीतिक घटनाक्रममा अमेरिकाले गरेको हस्तक्षेपको विरोध गरेको छ।

नारायणकाजी जी पार्टीको जिम्मेवारीमा फर्किनुहुन्छ : दाहाल

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहालले पार्टीभित्र कुनै असन्तुष्टि नरहेको जिकिर गरेका छन्।  बाराको सिमरा विमानस्थलमा पत्रकारहरुसँग बोल्दै दाहालले पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठ केही दिनभित्रै पूर्ववतः जिम्मेवारीमा फर्किने दाबी गरे।

न्यायालयको नेतृत्व खाली हुँदैन, छिट्टै नयाँ नाम सिफारिस हुन्छ : अध्यक्ष दाहाल

नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहालले न्यायालयको नेतृत्व खाली नहुने बताउँदै छिट्टै नयाँ प्रधानन्यायाधीशकाे नाम सिफारिस हुने बताएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्