coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

अध्यक्ष दाहाल ‘अपमानित’

नेकपा र चिनियाँ कम्युनिष्ट पार्टीबीच भएको भिडियो मिटिङ। तस्बिरः प्रचण्डको सचिवालय

चिनियाँ कम्युनिस्ट पार्टीले विदेशी मुलुकका सरकारी वा गैरसरकारी निकायसँग गर्ने प्रत्येक कार्यक्रममा विदेश विभागको समन्वय हुने भए पनि नेकपाले आफ्नो पार्टीभित्र त्यस्तो अभ्यास नगर्दा वा बिर्संदा कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल अपमानित हुनुपरेको छ।  

सत्तारुढ नेकपाले चिनियाँ कम्युनिस्ट पार्टी (सिपिसी) सँग शुक्रबार गरेको भर्चुअल अन्तक्र्रियामा पार्टीभित्र समन्वय अभाव देखियो। भर्चुअल अन्तक्र्रियाको समन्वय नेकपा विदेश विभागले गर्नुपथ्र्यो। तर विदेश विभागलाई पन्छाएर स्कुल विभागले अन्तक्र्रिया ग¥यो।  सिसिपी विदेश विभाग प्रमुखले नेतृत्व गरेको सो कार्यक्रममा नेपालबाट दाहालले नेतृत्व गर्दा मर्यादाक्रम नमिलेपछि अपमानित हुनुपरेको हो।  

पार्टी विधान उल्लंघन गर्दै स्कुल विभागले अन्तक्र्रिया आयोजना गर्नु र त्यसमा अध्यक्ष दाहाल नै सहभागी भएपछि मर्यादाक्रमसमेत नमिलेको भन्दै आलोचना सुरु भएको छ। सिसिपीतर्फबाट विदेश विभाग प्रमुख साङ पाओले नेतृत्व गरेको भर्चुअल अन्तक्र्रियामा नेकपाबाट अध्यक्ष दाहाल सहभागी भएका थिए। साङ विदेश विभाग प्रमुख मात्रै भएको तर दाहाल भने पूर्व प्रधानमन्त्री तथा नेकपाको कार्यकारी अध्यक्षसमेत भएका कारण स्कुल विभागले मर्यादाक्रम नमिलाएको विषयमा  नेकपाकै नेताहरु असन्तुष्ट छन्। ‘नेकपाका तर्फबाट अध्यक्ष दाहाललाई अतिथि भनेर सहभागी गराइएको तर सिसिपी विदेश विभागले समकक्षताको मात्रै मान्यता राखेपछि त्यसलाई स्कुल विभाग कुन रुपमा लिएको छ ?  कार्यकारी अध्यक्षलाई कस्तो र कुन तहको कार्यक्रममा सहभागी गराउने भनेर स्कुल विभागले पहिले नै सोच्नुपथ्र्यो’, नेकपा स्थायी कमिटीका एक सदस्यले भने। उनका अनुसार यो विषय १० गते बस्ने स्थायी कमिटी बैठकमा पनि उठ्नेछ।    

पार्टीको अन्तर्राष्ट्रिय समन्वय विदेश विभागले गर्नुपर्ने संस्थागत विधि र प्रक्रिया मिचेर स्कुल विभागले ग¥यो। त्यसमा पनि स्कुल विभागले समन्वय नगर्दा नेकपाबाट दाहालले सिसिपी विदेश विभाग प्रमुखसँग बस्नुप¥यो। अहिले नेकपा विदेश विभाग प्रमुख पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल भए पनि उनलाई कार्यक्रम समन्वय गर्न दिइएन। यसअघि नेकपा विदेश विभागको समन्वयमा आयोजित कोरोना संकटसम्बन्धी  भर्चुअल अन्तक्र्रियामा माधव नेपालसँग सिसिपीको तेस्रो मर्यादाक्रममा रहेका प्राध्यापक चोङनाङ साङले कुराकानी गरेका  थिए।  

चिनियाँ कम्युनिस्ट पार्टी स्थापनाको ९९औं वर्ष पूरा भएको अवसरमा शुक्रबार दिउँसो नेकपा र सिसिपीबीच भर्चुअल शुभकामना आदान–प्रदान र अन्तक्र्रिया गरिएको थियो।  

नेकपा विदेश विभाग उपप्रमुख राम कार्कीले पार्टीमा विधि र प्रक्रिया पन्छाउन नमिल्ने भन्दै शुक्रबारको घटनाले पार्टीमा समन्वय अभाव देखिएको बताए। विभागका अर्का उपप्रमुख विष्णु रिजालले पार्टी विधानअनुसार अन्तर्राष्ट्रिय जगतसँग समन्वय र अन्तक्र्रिया गर्ने जिम्मेवारी विदेश विभागको भएको तर स्कुल विभागले सिसिपीको अन्तर्राष्ट्रिय विभागसँग गरेको भर्चुअल अन्तक्र्रियाबारे आफू रहेको विभागलाई जानकारी नभएको बताए।  

अन्तक्र्रियामा सिसिपीको अन्तर्राष्ट्रिय विभाग प्रमुख साङ, तिब्बत स्वशासित क्षेत्र कम्युनिस्ट पार्टी सचिव, नेकपा स्कुल विभाग प्रमुख ईश्वर पोखरेलसहितले धारणा राखेका थिए।

भारतले नेपाल सरकार चीनबाट प्रेरित भएको आरोप लगाइरहेका बेला सत्तारुढ नेकपा र सिसिपीबीचको भर्चुअल अन्तक्र्रियालाई कतिपयले समय सान्दर्भिक नभएको बताएका छन्। सत्तारुढ दलका मन्त्रीकै आयोजनामा यस्तो कार्यक्रम हुनुले अन्तर्राष्ट्रिय समुदायमा मुलुकको छवि धमिलिन सक्ने आशंका गरिएको छ। नेकपाभित्र अमेरिकी सहयोग परियोजना मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) संसद्बाट अनुमोदन गर्ने÷नगर्ने विषयमा विवाद छ।

 यस्तो अवस्थामा नेकपा र सिसिपीबीच  अन्तक्र्रिया हुनु, त्यसमा पनि पार्टी अध्यक्ष दाहालले नै सहभागी भएर एमसिसीलाई लक्षित सैन्य रणनीतिअन्तर्गतका कुनै पनि विदेशी परियोजना स्वीकार्य नहुने भन्नुलाई अर्थपूर्ण मानिएको छ। त्यस्तै नेपालले भारतले हडपेको लिम्पियाधुरा, लिपुलेक, कालापानीसमेत समेटेर नयाँ नक्सा जारी गरेपछि दुई देशबीचको सम्बन्धमा खटपट आएको छ। केही भारतीय बुद्धिजीवीले चीनको प्रभावमा नेपालल यस्तो काम गरेको आरोप लगाएका छन्। यस्तो अवस्थामा नेकपा र सिसिपीबीच अन्तक्र्रिया हुनु र  सरकारका मन्त्री र सत्तारुढ पार्टीकै अध्यक्ष सहभागी हुनुलाई पनि राजनीतिक रुपमा अर्थपूर्ण मानिएको केही बुद्धिजीवीको भनाइ छ।

प्रकाशित: ७ असार २०७७ ०१:३२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App