२५ पुस २०८१ बिहीबार
image/svg+xml

लक्ष्यभन्दा कम राजश्व संकलन

नेपालगञ्जस्थित आन्तरिक राजश्व कार्यालयले ५ महिनामा लक्ष्यभन्दा कम राजश्व संकलन गरेको छ। कार्यालयले चालू आर्थिक वर्ष २०७५–०७६ को पाँच महिनाको अवधिमा १ अर्ब ३४ करोड १ लाख ५५ हजार संकलन गर्ने लक्ष्य लिएकोमा १ अर्ब २१ करोड ६७ लाख ५७ हजार संकलन गरेको कार्यालय प्रमुख प्रकाश पौडेलले जानकारी दिए।

विराटनगर भन्सारमा लक्ष्यभन्दा बढी राजश्व संकलन

विराटनगर भन्सार कार्यालयले चालु आर्थिक वर्षको पाँच महिनाको अवधिमा १६ अर्ब ४० करोड ५२ लाख १८ हजार राजश्व संकलन गरेको छ।

वीरगन्ज भन्सारबाट ६६ अर्ब राजश्व

वीरगन्जबाट चालु आर्थिक बर्ष २०७५/०७६ को साउनदेखि मंसिरसम्मको ५ महिनामा ६६ अर्बभन्दा बढी राजश्व संकलन भएको छ। ढुवानीमा भार सीमाको समस्या, खराब तथा अपर्याप्त सडकले ढुवानीमा कठिनाई, सीमा पारीको भारतीय नाकामा नेपाली आयातकर्ता र मालवाहक गाडीसंग अनावश्यक आर्थिक दोहन र भन्सार मुल्यांकनमा बेलाबेलामा देखिने आयातकर्ताको असन्तोष लगायतका समस्याका बावजुद वीरगन्ज भन्सारले लक्ष्यभन्दा बढी राजश्व संकलन गर्न सफल भएको छ।

लक्ष्यभन्दा बढी राजश्व संकलन

तनहुँको शुक्लागण्डकी नगरपालिकाले चालू आर्थिक वर्ष ०७५–७६ को ४ महिनामै वार्षिक लक्ष्यभन्दा बढी राजश्व संकलन गरेको छ।

विराटनगर भन्सारद्वारा लक्ष्यभन्दा बढि राजश्व संकलन

विराटनगर भन्सार कार्यालयले आर्थिक वर्ष २०७५÷७६ को पहिलो तीन महिनामा लक्ष्य भन्दा बढि राजश्व संकलन गरेको छ।

लक्ष्यको २७ दशमलव ५७ प्रतिशत राजश्व सङ्कलन

सरकारले कूल लक्ष्यको २७ दशमलव ५७ प्रतिशत राजश्व सङ्कलन गरेको छ। चालू आर्थिक वर्ष २०७५/७६ को हालसम्म रु दुई खर्ब ६० अर्ब ६८ करोड २६ लाख बराबरको राजश्व सङ्कलन गरिएको छ।

पूँजीगत खर्च सात प्रतिशतमात्रै

सरकारले समयमै चालू आर्थिक वर्षको बजेट सार्वजनिक गरे पनि पूँजीगत खर्चमा उत्साहजनक वृद्धि हुन नसकेको पाइएको छ।

एक महिनामा एकै वडाबाट २० लाख राजश्व संकलन

जुम्ला तातोपानी गाउँपालिकाको ४ नम्बर वडाले एक महिनामा २० लाख रुपैयाँ राजश्व संकलन गरेको छ।

रसुवागढी भन्सारमा सोमबारदेखि राजश्व संकलन सुरु हुने

रसुवागढी भन्सार कार्यालयमा सोमबारदेखि राजश्व सङ्कलन हुने भएको छ। बाढीपहिरोको कारण एक महिना ठप्प भएको नाकामा सवारी सञ्चालन सुरु भएको भएपनि व्यापारी आउने क्रम भर्खरै सुरु भएकाले राजश्व उठाउने कार्य ढिला भएको हो।

अर्थमन्त्रीले भने– ‘कर तिरेर सभ्य नागरिक बन्नुस्’

संघीय सरकारका अर्थमन्त्री युवराज खतिवडाले राज्यले तोकेअनुसार कर तिरेर सभ्य नागरिक बन्न आग्रह गरेका छन्। आइतबार सदरमुकाम मलंगवास्थित आन्तरिक राजश्व कार्यालय जनकपुर अन्तर्गतको करदाता सेवा केन्द्रको उद्घाटन गर्दै मन्त्री खतिवडाले राज्यले तोके अनुसार कर तिरेर सभ्य नागरिक बन्न आग्रह गरेका हुन्।

रसुवागढी नाका ठप्प हुँदा राजश्व सङ्कलन भएन, सडक खुल्न १५ दिन लाग्ने

रसुवागढी भन्सार कार्यालयमा राजश्व सङ्कलन विगत २१ दिनदेखि रोकिएको छ। बाढीपहिरोले क्षति पुगेको सडक मर्मत हुन नसक्दा राजश्व सङ्कलन ठप्प भएको हो।

उपत्यकामा सवारी आयात बढ्दो, सडक घट्दो !

काठमाडौं उपत्यकामा एकै वर्षमा एक लाख २९ हजार सवारीसाधन थपिएका छन्। यातायात व्यवस्था विभागका अनुसार आर्थिक वर्ष २०७४/७५ मा बागमती अञ्चलमा एक लाख २९ हजार ५ सय ५७ साना–ठूला सवारीसाधन आयात गरेर भित्र्याइएका हुन्।

कर्मचारीबाटै ६८ लाख राजश्व अपचलन

विगत १० वर्षदेखि तत्कालिन जिल्ला विकास समिति मार्फत लाग्ने जिल्ला निकासी र तारघाट राजश्व जम्मा हुन सकेको छैन्। जिल्ला निकासी र तारघाट बापतको ८२ लाख २१ हजार राजश्व ठेकेदार र कर्मचारीकै मिलेमतो अपचलन भएको खुलेको छ।

रसुवागढी भन्सारको काम प्रभावित, लक्ष्य ५० करोड, संकलन २६ करोड

चीनसँगको अन्तर्राष्ट्रिय व्यापारिक नाका रसुवागढीमा १९ दिनदेखि सवारी सञ्चालन हुन सकेको छैन्।  जिल्लाको गोसाइँकुण्ड गाउँपालिका–२ घट्टेखोलामा बाढीले क्षति पुर्याएको पुल मर्मत हुन नसक्दा सवारी साधन सञ्चालन नभएको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्