संसद् अवरूद्ध गर्ने संस्कार
२०४७ सालपश्चातको लोकतन्त्रको नेपाली अभ्यासमा केही खतरनाक राजनीतिक संस्कार भित्रिएका र संस्थागत बनेका छन्। यस्ता सबै संस्कारको सूची निकै लामो हुन सक्छ। केही प्रतिनिधिमुलक राजनीतिक संस्कारको मात्रै चर्चा गर्दा पनि झण्डै एक दर्जन लामो सूची बन्न पुग्छ।