१३ मंसिर २०८१ बिहीबार
image/svg+xml
राजनीति

कांग्रेसद्वारा दोस्रो पटक संसद अबरुद्ध

काठमाडौं– प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले दोस्रो पटकपनि संसद अबरोध गरेपछि प्रधानमन्त्री केपी ओलीले व्यवस्थापिका संसदलाई संवोधन गर्न पाएनन्। कांग्रेसले भूकम्प पीडितलाई आवास निर्माणका लागि एकमुष्ट दुई लाख दिनुपर्ने माग गर्दै निरन्तर व्यवस्थापिका संसद अवरोध गर्दै आएको छ।

आइतबार पहिलो बैठक सुरु हुनासाथ सभामुखसँग समय लिएर कांग्रेस सांसद अर्जुननरसिंह केसीले आफूहरुको माग पूरा नभएसम्म संसद चल्न नसक्ने बताएपछि प्रधानमन्त्रीले गर्ने भनिएको संवोधन हुन पाएको थिएन। आइतबार नै दोस्रो पटक बसेको संसद बैठकसमेत प्रतिपक्षले अवरोध गरेपछि प्रधानमन्त्रीले गर्ने भनिएको सम्वोधन हुन नसको हो।

दोस्रो पटक सुरु भएको बैठकमा कांग्रेस सांसद आनन्दप्रसाद ढुंगानाले भूकम्प पीडितलाई आवास निर्माणका लागि एकमुष्ट दुई लाख दिने सरकारी प्रतिबद्धता नआएसम्म संसदको काम कारवाही अगाडि बढ्न नसक्ने जनाएका थिए।
कांग्रेसले भूकम्प पीडितलाई आवास निर्माणका लागि तत्काल दुई लाख रुपैयाँ उपलब्ध गराउनुपर्ने, वार्षिक दुई प्रतिशत व्याजदरमा १५ लाख र २५ लाख सहुलियत पूर्ण ऋण उपलब्ध गराउन सरकारसँग माग गरेको छ। कांग्रेसले आफ्नो नेतृत्वको सरकारले निर्णय गरेका दुवै निर्णयलाई वर्तमान सरकारले तत्काल दिनुपर्ने माग गर्दै आएको छ।

 

प्रकाशित: १२ असार २०७३ ०८:०९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App