७ आश्विन २०८१ सोमबार
image/svg+xml

कागबेनी बस्ती पुनर्निर्माण सरकारको प्राथमिकतामा: गृहमन्त्री श्रेष्ठ

उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले बाढीका कारण क्षति पुगेको मुस्ताङको कागबेनी बस्ती पुनर्निर्माणको कामलाई सरकारले प्राथमिकता दिने बताएका छन्।

ओरेन्टल सहकारीपीडितले पाएनन् न्याय: १७ अर्बमा ३ करोड मात्र भुक्तानीको तयारी

सुधीर बस्नेत सञ्चालक रहेको ओरेन्टल कोअपरेटिभबाट पीडित भएकाहरूले एक दशक बित्दा पनि न्याय पाएका छैनन्।

विद्युत विधेयक छिट्टै संसदमा पेश हुन्छ: ऊर्जा मन्त्री बस्नेत

ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री शक्तिबहादुर बस्नेतले विद्युत विधेयक छिट्टै संसदमा पेश गर्ने बताएका छन्।

पैसा नभएकै कारण कोही गरिब र विपन्न मर्नु पर्दैन: स्वास्थ्यमन्त्री

स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतले स्वास्थ्य र शिक्षा जनताको मौलिक हकसँग जोडिएकाले पैसा नभएकै कारण गरिब र विपन्न व्यक्ति उपचार गर्न नपाएर मर्नु नपर्ने बताएका छन्।

अतिरिक्त सचिव डा.मिश्रा स्वास्थ्य सेवा विभागको महानिर्देशक नियुक्त

स्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेतले मन्त्रीस्तरीय निर्णय गर्दै स्वास्थ्य सेवा विभागको महानिर्देशकमा डा. सङगीता मिश्रालाई नियुक्त गरेका छन्।

बाघ बचाउँदै निकुञ्ज, बस्तीवासी त्रसित

कोइलाभार विन्दवासिनी साझेदारी वनसँग जोडिएको सिधपुर, सखुवनिया, सियरही लगायतका गाउँका स्थानीय त्रासमा छन्। बाघले गत सातामात्र टाँगिया बस्तीको एकै घरका दशवटा बाख्रा मारेको थियो।

महानगरलाई निजी विद्यालयको जवाफः नियम नमान्ने बरु बसाइँ सर्ने

काठमाडौं महानगरपालिकाले शिक्षा क्षेत्रलाई व्यवस्थित बनाउन लिएको कसिलो नीतिका कारण निजी विद्यालय बसाइँ सर्न थालेका छन्।

आईटी क्षेत्रमा उल्लेख्य सुधार नगरी देशको विकास सम्भव छैनः मन्त्री बस्नेत

स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले आईटी क्षेत्रमा उल्लेख्य सुधार नगरीकन देशको विकास निर्माण र उन्नति हुन नसक्ने बताएका छन्।

नेइमारले भारतीय क्लबसँग पनि खेल्ने

अल हिलालले नेइमारको साथमा भारतको मुम्बई एफसी, इरानको नासाजी मजानदारन एफसी र उज्बेकिस्तानको नाभबहोरविरुद्ध समूहचरणमा खेल्ने भएको छ।

‘तीन महिनाभित्र स्वास्थ्य क्षेत्र र मेडिकल शिक्षामा परिवर्तन हुन्छ’

स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले तीन महिनाभित्र स्वास्थ्य क्षेत्र र मेडिकल शिक्षामा नसोचेको परिवर्तन गर्ने बताएका छन्।

अनलाइनमार्फत ‘बस टिकट’

आन्तरिक तथा बाह्य पर्यटकले अनलाइनमार्फत बस टिकट खरिद गर्न पाउने भएका छन्। टुरिस्ट बस एशोसियशन अफ नेपाल (टिवान)ले आफ्नै मोबाइल एप्स निर्माण गरी आन्तरिक तथा बाह्य पर्यटकलाई अनलाइनमार्फत टिकट खरिद गर्ने व्यवस्था मिलाएको हो।

‘छाप्राकको राते पहराले निदाउन दिंदैन’

दलित समुदायको बाक्लो बस्ती भएको गाउँ हो ‘छाप्राक’। गाउँमाथि राते पहरो छ। यही पहराका कारण छाप्राक जोखिममा छ। गाउँलेको एउटै पिरलो छ, कतिबेला के पो हुन्छ? पानी पर्दा होस् या पानी बिसाएपछिको चर्को घाम लाग्दा होस्। उनीहरूलाई उही राते पहराले निदाउन दिंदैन।

मौसम र बाढीपहिरोको सूचना प्रवाहलाई थप भरपर्दो बनाउँछौं: मन्त्री बस्नेत

सरकारले जल तथा मौसम विज्ञन विभागलाई थप साधनस्रोत सम्पन्न बनाई मौसम र बाढी पहिरोको सूचना प्रवाहलाई भरपर्दो र विश्वसनीय बनाउने भएको छ।

‘कहिले खुल्छ टिप्ताला नाका?’

ताप्लेजुङको ओलाङ्चुगोलामा अवस्थित टिप्ता नाका चार वर्षदेखि बन्द भएको छ। चीनबाट कोरोना भाइरस सङ्क्रमण विभिन्न राष्ट्रमा बढ्दै गएपछि बन्द भएको टिप्ताला नाका अहिलेसम्म खुल्न नसक्दा सीमावर्ती क्षेत्रमा समुदायहरूले सास्ती खेप्नुपरेको छ।

प्रतिनिधि सभाको बैठक बस्दै, यस्ता छन् कार्यसूची

संघीय संसदअन्तर्गत आज प्रतिनिधि सभाको बैठक बस्दैछ। बैठक आज दिउँसो १ बजेबाट शुरु हुनेछ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्