१२ असार २०८१ बुधबार
image/svg+xml
समाज

बाघ बचाउँदै निकुञ्ज, बस्तीवासी त्रसित

पर्सा राष्ट्रिय निकुञ्ज आधाभार बाराले पाँच महिनायता खोरमा राखेर एउटा पाटे बाघको उपचार गर्दै आएको छ। निकुञ्जनजिकका बस्तीमा प्रवेश गरी स्थानीयको खोरभित्र पसेर बाख्रा मार्ने क्रममा घाइते बनेको बाघको उपचार गरिएको हो।

पर्सा राष्ट्रिय निकुञ्ज आधाभार बाराका प्रवक्ता तथा सहायक संरक्षक अधिकृत सूर्य खड्काले गत चैतमा पर्साको सुवर्णपुर गाउँपालिका निर्मल बस्तीमा स्थानीयले पालेका बाख्रालाई खोरमै पसेर मार्ने क्रममा बाघ घाइते भएको र त्यसको उपचार खोरमै राखेर गरिएको बताए।

निर्मल बस्तीका जोगमेल लामाको खोरमा बाघ पसेर बाख्रा मारिरहेको थाहा पाएर स्थानीयले त्यसलाई घेरा हाली बाख्रा बचाउन खोज्दा बाघको मुखको माथिल्लो भागमा लागेको चोटले घाउ हुन पुगेको प्रवक्ता खडकाले बताए।

चोट लागेर अचेत बनेको बाघलाई निकुञ्जमा ल्याएर उपचार गर्दा निको हुँदै गएको र पूर्ण निको भएपछि पहिलाकै स्थानमा छाड्ने योजना रहेको उनले बताए। सुरुमा घाउ भएको स्थानमा औषधी लगाएर उपचार गरिए पनि अहिले खाने मासुमा औषधी मिसाएर दिने गरिएको खड्काले बताए।

पर्सा राष्ट्रिय निकुञ्ज आधाभार बाराले पाँच महिनायता खोरमा राखेर एउटा पाटे बाघको उपचार गर्दै आएको छ। निकुञ्जनजिकका बस्तीमा प्रवेश गरी स्थानीयको खोरभित्र पसेर बाख्रा मार्ने क्रममा घाइते बनेको बाघको उपचार गरिएको हो।

निर्माण बस्तीका जोगमेल लामाका पाँचवटा बाख्रा, दुईवटा पाडा, कान्छीमाया तामाङका पाँचवटा बाख्रा गरी १२ वटा पशु चौपायालाई बाघले मारेको खड्काले बताए। अहिलेसम्म मानिस नमारेकाले यसलाई पुनः निकुञ्जभित्र छाडिने उनले बताए। पर्सा राष्ट्रिय निकुञ्जसँग जोडिएको सखुवाप्रसौनी गाउँपालिका ५ को उत्तरी भेगमा बाघ आतंक छ।

कोइलाभार विन्दवासिनी साझेदारी वनसँग जोडिएको सिधपुर, सखुवनिया, सियरहीलगायतका गाउँका गाउँले बाघले त्रासमा छन्। बाराको टाँगिया बस्तीमा बसोवास गर्दै आएका धनबहादुर थिङको गत साता बाघले एकैपटक १० वटा बाख्रा मारेको थियो। बाख्रापालन गरेर जीविकोपार्जन गर्दै आएका थिङ र उनकी पत्नी जोगमाया ठुलो संख्यामा रहेका खसी तथा बाख्रा बाघले मारेपछि समस्यामा परेका छन्।

उनीहरूले पाल्दै आएको बाख्राको बथानलाई बाघले घरनजिकैको जंगलमा आक्रमण गरेको थियो। सधैंजसो जंगलमा चराएर ल्याउने क्रममा घरदेखि पाँच सय मिटर टाढाको जंगलमा बाघले बाख्रा मारेको थिङले बताए। उनका अनुसार बाघले बाख्रा मारेका कारण एक लाख ५० हजारभन्दा बढी मूल्य बराबरको क्षति भएको छ।

कोइलाभार विन्दवासिनी साझेदारी वनसँग जोडिएको सिधपुर, सखुवनिया, सियरहीलगायतका गाउँका गाउँले बाघले त्रासमा छन्।

टाँगिया बस्तीकै सुनमाया लामाको पनि केही दिनअघि खोरमै पसेर बाघले दुईवटा वटा बाख्रा मारेको थियो। ‘एक दिन ११ बजे खोरमै आएर बाख्रा मारेर गयो, त्यसको भोलिपल्ट राति ९ बजेतिर घरछेउमै आएको थियो, हामी सुतेका थिएनौं। टर्च बालेर हेर्दा घरछेउमै बाघ देखेपछि हल्लाखल्ला गरेर भगायौैं’, लामाले भनिन्।

अहिले गाउँमा बाघको धेरै त्रास रहेको उनले बताइन्। ‘कतिबेला बाख्रा तान्छ कि मान्छे भन्ने थाहा हुँदैन’, उनी भन्छिन्। लामाको जस्तै टाँगिया बस्तीका बासिन्दा बाघको त्रासमा छन्। पर्सा राष्ट्रिय निकुञ्जसँग जोडिएको राष्ट्रिय वनको चारकोसे झाडीको बीचमा रहेको टाँगिया बस्तीमा दिनहुँ बाघको त्रास भएको स्थानीय रमेश सापकोटाले बताए।

पर्सा राष्ट्रिय निकुञ्जभित्र ४१ वटा पाटे बाघ रहेको सन् २०२२ मा गरिएको तथ्यांकले देखाएको प्रवक्ता खड्काले बताए। सन् १०१७ मा गरिएको बाघ गणनाको पर्सा निकुञ्जभित्र १७ वटा पाटे बाघ रहेको थियो।

एउटा बाघका लागि ५० वर्ग किलोमिटर वन क्षेत्र आवश्यक पर्ने र आहारका लागि अन्य जीवजन्तु हुनुपर्ने खड्काले बताए। कहिलेकाहीं बाघले निकुञ्जभित्र आहार नपाएको अवस्थामा निकुञ्जवरिपरिका बस्तीमा आहार खोज्न निस्कने गरेको उनले बताए।

प्रकाशित: १३ भाद्र २०८० ०२:५० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App