१५ वैशाख २०८१ शनिबार
image/svg+xml
राजनीति

आईटी क्षेत्रमा उल्लेख्य सुधार नगरी देशको विकास सम्भव छैनः मन्त्री बस्नेत

स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले आईटी क्षेत्रमा उल्लेख्य सुधार नगरीकन देशको विकास निर्माण र उन्नति हुन नसक्ने बताएका छन्। 

आईतवार वित्तीय साक्षरता टिभी कार्यक्रमको उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले सारभर आईटी क्षेत्रमा विकास गरेका देशहरु धेरै अघि बढीरहेको उल्लेख गरे।

उनले एउटा सामान्य भन्दा सामान्य सूचनादेखि लिएर महत्वपूर्ण सूचनाहरु एकै पटक सबैतर छर्नुपर्ने प्रविधिको विकास हुन जरुरी रहेको बताए। उनले दुर्गममा रहेका स्वास्थ्यकर्मीहरुले पनि आईटीको माध्यमबाट धेरै कुरा सिक्न र सल्लाह लिन सक्ने उल्लेख गरे । मन्त्री बस्नेतले आधारभुत स्वास्थ्य, निःशुल्क उपचार र दुर्गम बस्तीमा स्वास्थ्यको पहुँच पु¥याउने कुरालाई सरकारले विशेष प्राथमिकतामा राखेर अघि बढीरहेको उल्लेख गर्नुभयो । उहाँले आफू मन्त्री बनेको तीन महिनामा स्वास्थ्य क्षेत्रमा उल्लेख्य प्रगति हासिल गरेको दाबी गरे।

उनले भने, ‘हामीले आईटीको क्षेत्रमा सुधार नगरीकन हाम्रो विकास, निर्माण, उन्नति प्रगति सम्भव छैन । संसारभर ज—जसले यो क्षेत्रमा विकास गरेका छन्, ती देशहरु अघि बढेका छन् । हामीले पनि एउटा सामान्य भन्दा सामान्य सूचनादेखि लिएर महत्वपूर्ण सूचनाहरु एकै पटक सबैतर छर्नुपर्यो भने यो सिस्टम काम लाग्दैन।’

मन्त्री बस्नेतले सबै मिलेर स्वास्थ्य क्षेत्रमा काम गर्ने हो भने ५ वर्ष भित्रमा देशमा स्वास्थ्य क्षेत्रमा कायापलट गर्न सकिने दाबी गर्नुभयो ।

प्रकाशित: १० भाद्र २०८० ०५:१७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App