७ जेष्ठ २०८१ सोमबार
image/svg+xml

बाल सुधार गृहमा सुरक्षा चुनौती

जिल्लामा सञ्चालित बाल सुधार गृहको व्यवस्थापनमा चुनौती देखिएको छ। १८ वर्षभन्दा माथिका बालबिज्याइँकर्ता (बालबन्दी) हरूलाई कारागार चलान नगरि बालसुधार गृहमै राख्दा व्यवस्थापनमा चुनौती देखिएको हो।

बाल सुधार गृहको व्यवस्थापनमा चुनौती

बाँके जिल्लामा सञ्चालित बाल सुधार गृहको व्यवस्थापनमा चुनौती देखिएको छ। १८ वर्षभन्दा माथिका बालबिज्याईंकर्ता (बालबन्दी) हरुलाई कारागार चलान नगरी बाल सुधार गृहमै राख्दा यहाँको व्यवस्थापनमा चुनौती देखिएको हो।

नौवस्तामा सञ्चालनमा आयो बाल सुधार गृह

१८ वर्ष नाघेका युवायुवतीलाई लक्षित गरेर बाँकेको बैजनाथ गाउँपालिकास्थित नौवस्तामा ‘बाल सुधार गृह’ सञ्चालनमा ल्याइएको छ।

वयस्कलाई सधैँ आममाफी ! बाल सुधारका बालबालिकालाई किन दिइँदैन छुट ?

तर बाल बिज्याइ गरेका बालबालिकाको हकमा सुधार हेरेर सुधार गृह बस्ने व्यवस्था कम गर्ने कानुनी व्यवस्था भने कार्यान्वयनमा आउन सकेको छैन।

१८ वर्ष माथिकालाई बालबालिकासँगै राख्न नमिल्ने व्यवस्था भएन कार्यान्वयन

बाल अधिकारकर्मी गौरी प्रधान १८ वर्ष पुगीसकेको किशोर किशोरीहरुलाई राख्न छुटै सुधार गृह बनाउनुपर्ने बताउँछन्। प्रधान संस्थागत सुधार गृह भन्दा पनि सामुदायिक सुधारका कार्यक्रमहरु गर्न सुझाव दिन्छन्।

बाल सुधारगृहमा दोहोरिँदै झडपका घटना

हालै देशका विभिन्न जिल्लाका बालसुधार गृहमा रहेका बालकहरूबीच झडप भएका घटना सार्वजनिक भएका छन्। बाल सुधार गृहमा राखिएका बालकबीच झडप मात्र नभई दुई जनाको मृत्युसमेत भइसकेको छ।

जयेन्दु बाल सुधार गृह घटना :सुधार गृहमै लागु औषध कारोबार

बाँकेको डुडुवा गाउँपालिकामा रहेको जयेन्दु बाल सुधार गृहमा दुई समूहबिच झडप हुँदा एक जनाको मृत्यु भयो भने ११ जना घाइते भए।झडप हुनुको प्रमुख कारण, गाँजा र लागुऔषध थियो।

सुधार गृहका ९ जना बाल कैदी बन्दी अझै फरार

बाँकेको डुडुवा गाउँपालिका वडा नम्बर ६ असमानपुरस्थित ‘जयेन्दु बाल सुधार गृह’ बाट फरार भएका मध्ये ९ जना बाल कैदी बन्दी अझै सम्पर्कमा आएका छैनन्।

जयेन्दु बाल सुधार गृहको तनाव साम्य, प्रजिअसहितको टोली घटनास्थलमा

बाल सुधार गृहभित्र दुई पक्षबीच बिहीवार राति झडप हुँदा कपिलवस्तुका १८ वर्षीय सुलभ केसीको मृत्यु भएको थियो भने अन्य १० जना घाइते भएका थिए।

महिला मन्त्रालयमा बजेट पर्याप्त छैनः मन्त्री आचार्य

महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री सुरेन्द्रराज आचार्यले बजेटको अभावका कारण आफ्नो मन्त्रालयले तय गरिएका योजना तथा कार्यक्रमहरु पनि सम्पन्न गर्नसक्ने अवस्था नरहेको बताएका छन्।

बाल सुधार गृहबाट २२१ फरार, १९४ पक्राउ (अपडेट)

भक्तपुरको मध्यपुर थिमि नगरपालिका २ सानोठिमीस्थित बालसुधार गृहबाट सोमबार दुई सय २१ जना फरार भएका छन्। तीमध्ये एक सय ९४ जना पक्राउ परेका छन्। हाल २७ जना फरार अवस्थामा छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्