१३ चैत्र २०८२ शुक्रबार
image/svg+xml
समाज

भिरबाट लडेर वडा सदस्यको मृत्यु

चुरे गाउँपालिका-५ भासु गाउँमा भिरबाट लडेर वडा सदस्यको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक योगेन्द्र तिमिल्सिनाका अनुसार चुरे गाउँपालिका–५ का वडा सदस्य ४७ वर्षीय दुर्गा अर्खालीको मृत्यु भएको हो। उनी घर नजिकैको जङ्गलमा बाख्रा चराउन गएका थिए तर साँझसम्म पनि घर नफर्किएपछि खोजतलास गर्दा निजको शव फेला परेको थियो। यो घटना गए रातिको हो।

प्रकाशित: १३ चैत्र २०८२ ०९:२४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App