३ आश्विन २०८१ बिहीबार
image/svg+xml

संविधानको सफल कार्यान्वयन गर्न सरकार प्रयत्नशील छः प्रधानमन्त्री देउवा

प्रधानमन्त्री शेरबहादुर देउवाले सरकार संविधानको भावनालाई जनताको जीवनमा महसुस हुने गरी कार्यान्वयन गर्न प्रयत्नशील रहेको बताएका छन्।

सरकारका ६० दिन : मन्त्रिमण्डल विस्तारमा ढिलाइ, हाम्राभन्दा राम्रालाई नियुक्ति

नयाँ सरकारसँग आम नागरिकको बढी नै आकाङ्क्षा थियो तर सबै जनचाहना पूरा गरिहाल्ने बेला भने भएको छैन। यस अवधिमा देउवा सरकारले केही आशा जगाउने खालका कदमको भने सुरुआत गरेको देखिएको छ।

भारतीय प्रधानमन्त्रीकाे जन्मदिनमा देउवाद्वारा शुभकामना

प्रधानमन्त्री शेरबहादुर देउवाले भारतीय समकक्षी नरेन्द्र मोदीको ७१औँ जन्मोत्सवका अवसरमा सुस्वाथ्य र सफलताको शुभकामना दिएका छन्।

अत्याधुनिक भवन बने अब गुणस्तरीय शिक्षाको अपेक्षा

जापान सरकारले भूकम्पबाट क्षति भएकामध्ये २ सय ७४ वटा विद्यालय भवन निर्माणको सम्झौता गरेको थियो। हालसम्म २ सय १९ वटाको निर्माण सम्पन्न भइसकेको छ। तिनैमध्येको एक हो नमुना मछिन्द्र मावि।

साझा उम्मेदवार छान्न पौडेल पक्षलाई सकस

पौडेल पक्षबाट सभापतिका आकांक्षी चार नेता आफ्नो अडानबाट पछि हटेका छैनन्। उनीहरूले आआफ्नै पक्षमा भित्रभित्रै तयारी गरिरहेका छन्। उनीहरू अहिले वडा तहबाटै आफू निकट प्रतिनिधिहरू बढीभन्दा बढी ल्याउने र बलियो भएको सन्देश दिने रणनीतिमा छन्।

पहुँचयोग्य गुणस्तरीय शिक्षा अभियानमा सबैको ध्यान केन्द्रित हुनुपर्छ: देउवा

प्रधानमन्त्री शेरबहादुर देउवाले सबैका लागि सहज पहुँच र गुणस्तरीय शिक्षा अभियानमा सरोकारवाला सबैलाई ध्यान केन्द्रित गर्न आग्रह गरेका छन्।

आशा देखाउनेहरूका नाममा

लोकतन्त्र आएपछि जनताले सुख पाउँछन् भनियो। लोकतन्त्र आयो तर जनताका लागि आएन। शायद अरूकै लागि आयो लोकतन्त्र। त्यसैले लोकतन्त्रबाट अरू नै लाभान्वित भए, जनताचाहिँ हुन सकेनन्।

बालबालिकाको शिक्षा, स्वास्थ्य र संरक्षणयमा थप प्रयास आवश्यक: प्रधानमन्त्री

प्रधानमन्त्री शेरबहादुर देउवाले कोभिड¬–१९ को नकारात्मक प्रभावबाट जोगाउन बालबालिकाको शिक्षा, स्वास्थ्य तथा संरक्षणका विषयमा थप प्रयास गर्न आवश्यक रहेको बताएका छन्।

देउवाप्रति आक्रामक बन्दै पौडेल पक्ष

डडेलधुरा, सुनसरीलगायत अन्य कतिपय ठाउँमा गरिएको वडा अधिवेशनमा शक्ति र सत्ताको चरम दुरूपयोग भएको भन्दै पौडेल पक्षले १४औं महाधिवेशन निष्पक्ष हुनेमा गम्भीर आशंका पैदा भएको जनाएको छ ।

सभामुखले बोलाए सर्वदलीय बैठक

संसदको गतिरोध अन्त्य गर्नका लागि सभामुख अग्निप्रसाद सापकोटाले संसदमा प्रतिनिधित्व गर्ने दलहरुको बैठक बोलाएका छन्।

सकारात्मक निर्णय हुनेमा सुमार आशावादी

एमसिसी उपाध्यक्ष फतिमा सुमारसँगको भेटमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले सहमतिमै अघि बढ्दा नेपाल र अमेरिका दुवैलाई फाइदा हुने बताएको जानकारी उनका प्रेस संयोजक विष्णु सापकोटाले दिए।

१६ खर्ब ३२ अर्बको प्रतिस्थापन बजेट: राजनीतिक दलबीच ढुकुटी बाँड्ने होडबाजी

देउवा सरकारका अर्थमन्त्री जनार्दन शर्माले शुक्रबार संसद्मा पेस गरेको बजेट अध्यादेशलाई प्रतिस्थापन गर्ने विधेयकबाट विभिन्न नाममा आम सर्वसाधारण र नेताकार्यकर्तालाई रकम बाँड्ने गरी कार्यक्रम ल्याइएको छ। देशको ढुकुटीको दुरावस्थालाई बेवास्ता गरी राजनीतिक दलहरूबीच मतदाता रिझाएर निर्वाचन परिणाम आफ्नो पोल्टामा पार्न होडबाजी चलेको देखिएको छ।

प्रधानमन्त्रीले मागे सत्ता गठबन्धनका नेताहरुसँग मन्त्रीहरुको नामावली

शुक्रबार बिहान सत्ता गठबन्धनका शीर्ष नेताहरुसँगको बैठकमा प्रधानमन्त्री देउवाले मन्त्रीहरुको नाम छिटो दिन अनुरोध गरेको स्रोतको भनाइ छ।

मन्त्रिपरिषद् पूर्णता र एमसिसीका विषयमा छलफल गर्न सत्ता गठबन्धनको बैठक बस्दै

मन्त्रिपरिषदलाई पूर्णता दिन तथा अमेरिकी सरकारको मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) मा केन्द्रित छलफल गर्न सत्ता गठबन्धनको बैठक आज शुक्रबार बस्दैछ।

गठबन्धनका गथासा

अहिले आएर फेरि देउवालाई एमसिसी पारित गर्ने विषयमा गठबन्धनको दह्रिलो साथ आवश्यक छ। नेपालले पनि यतिबेला गठबन्धन बलियो बनाउन र सरकारलाई अक्षम सावित हुनबाट जोगाउन भूमिका खेल्नुपर्ने बेला आएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्