४ आश्विन २०८१ शुक्रबार
image/svg+xml
राजनीति

प्रधानमन्त्रीले मागे सत्ता गठबन्धनका नेताहरुसँग मन्त्रीहरुको नामावली

प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषदलाई पूर्णता दिन ढिलाइ भइसकेको भन्दै सत्ता गठबन्धनका नेताहरुसँग मन्त्रीहरुको नामावली मागेका छन्। शुक्रबार बिहान सत्ता गठबन्धनका शीर्ष नेताहरुसँगको बैठकमा प्रधानमन्त्री देउवाले मन्त्रीहरुको नाम छिटो दिन अनुरोध गरेको स्रोतको भनाइ छ।  

बैठकमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड), नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल, जनता समानवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव र राष्ट्रिय जनमोर्चाकी दुर्गा पौडेलको उपस्थिति थियो।

प्रकाशित: २५ भाद्र २०७८ ०६:१२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App