२० आश्विन २०८१ आइतबार
image/svg+xml

मुगुका किसानलाई स्याउ टिप्न चटारो

स्याउ खरिद गर्न स्थानीय व्यापारी बगैँचामै आएका छन्। व्यापारी आएका कारण पनि किसानले काचै स्याउ बेच्न हतार गरिरहेको देखिन्छ। 'पछि व्यापारी भेटिन्न की भन्ने समस्या छ', भामले भने। व्यापारीले बगैँचाबाटै प्रतिकिलो रु ३० मा स्याउ किन्ने गरेका छन्। उत्पादन धेरै भएको स्याउ बजारीकरणको समस्याले कुुहिने डरले हतार हतारमा बिक्रि गर्न लागेको उनले बताए।

खत्याडमा पुस्तक बिना पढाइ

‘७५ प्रतिशत पाठ्यपुस्तक पुगेपनि २५ प्रतिशत पुग्न बाँकी छ।’ इकाई प्रमुख खत्रीले भने, भौगोलिक विकटता त्यसमा पनि पुस्तक ढिलाइ आउँदा समस्या भयो। ऐच्छिक विषयका पुस्तकहरु धेरै पालिकामा पुग्न सकेका छैनन्।’

चिकित्सकविहीन मुगुमा प्रतिष्ठानले पठायो विशेषज्ञ

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाले एक वर्षदेखि चिकित्सकविहीन मुगुमा विशेषज्ञ डाक्टर पठाएको छ।

मुगुको रारा क्षेत्रमा पुग्यो बिजुली

नेपाल विद्युत् प्राधिकरणले कर्णाली प्रदेशको मुगुस्थित रारा ताल क्षेत्रमा विद्युत् आपूर्ति सुरु गरेको छ। यो समुन्द्र सतहदेखि २९९० मिटर उचाइमा अवस्थित छ।

हुम्लासहित कर्णालीका जिल्लामा हवाई उडान ठप्प

हुम्लासहित कर्णाली प्रदेशका उच्च हिमाली जिल्लामा केही दिनयता हवाई उडान हुन सकिरहेको छैन्।

मुगु बस दुर्घटनाः मृतकका परिवारलाई एक लाख दिइने

कर्णाली प्रदेश विपद् व्यवस्थापन परिषद्ले असोज २६ गते मुुगुमा भएको बस दुर्घटनामा परी मृत्यु भएका व्यक्तिका परिवारलाई रु एक लाख राहत उपलब्ध गराउने निर्णय गरेको छ।

१० दिनमा २१ दुर्घटना ३७ जनाको मृत्यु, ६४ घाइते

कर्णाली प्रदेशमा घटस्थापना (असोज २१) देखि ३१ गतेसम्म २१ वटा सवारी दुर्घटना भएका छन्। ती दुर्घटनामा परी ३७ जनाले ज्यान गुमाए भने ६४ जना घाइते भए।

मुगुमा बस दुर्घटना: २१ को मृत्यु, १६ जना घाइते

अहिले घाइतेहरुको उद्धार कार्य जारी छ। उद्धारका लागि सुर्खेतबाट हेलिकप्टर परिचालन गरिएको छ।

नागरिककर्मी मल्लको निधन

दुई वर्षदेखि मधुमेह र बाथरोगले थलिएका नागरिक दैनिकका मुगु संवाददाता सुमन मल्लको ४१ वर्षको उमेरमा बुधबार राति मृत्यु भएको छ।

मुगुमा जिप दुर्घटनाः एकको मृत्यु, ६ जना घाइते

कर्णालीको हिमाली जिल्ला मुगुमा जिप दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन्। सोरु गाउँपालिका–८, पातिहाल्नास्थित सिपबाट जिल्ला सदरमुकाम गमगढीतर्फ जाँदै गरेको ग३च ११६८ नम्बरको जिप दुर्घटना हुँदा सोही गाउँपालिका–७ का ३० वर्षीया गिरकला बुढाको मृत्यु भएको हो।

मुगुमा लागुऔषध निर्मुल पार्दै प्रहरी

गत साउन ७ गते मुगुस्थित रारा विमानस्थलबाट २ ग्राम २५ मिली ग्राम परिमाणको ब्राउन सुगरसहित प्रहरीले १ जना युवकलाई नियन्त्रणमा लियो। २२ दिन हिरासतमा बसेपछि मुगु जिल्ला अदालतको आदेश अनुसार सोहि महिनाको २९ गते १ लाख २० हजार धरौटीमा उनी छुटे।

मुगुमा जिप दुर्घटना, ७ घाइते

मुगु जिल्लाको उत्तरी सोरु गाउँपालिका वडा नम्बर-६ कुलाहामा जिप दुर्घटना हुँदा सात जना गम्भीर घाइते भएका छन्। सोरु गाउँपालिकाको केन्द्र सोरुकोटबाट सोही गाउँपालिका सिपतर्फ आउँदै गरेको लु १ ज ३९५३ को जिप शुक्रबार दिउँसो १ बजे सडकबाट करिब ४५ मिटर तल खसेर दुर्घटना भएको हो।

फोन सम्पर्क नहुँदा एम्बुलेन्स बोलाउन सकेनन्, उपचार नपाएर सुत्केरीको मृत्यु

मृतक विकको गाउँबाट जिल्ला अस्पतालबाट तीन घण्टाको पैदल दूरीमा पर्छ। विकले यसपटक पाचाैँ सन्तान जन्माएकी थिइन्।

टेलिकमका सबै सञ्जालले काम गर्न छाडेपछि मुगु जिल्ला सञ्चारविहीन

नेटवर्क कहिले आउँछ यसै भन्न सकिने अवस्था नरहेको टेलिकम मुगु कार्यालयले जनाएको छ ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्