२० आश्विन २०८१ आइतबार
image/svg+xml

मुगुमा भारी हिमपात, हवाई सेवा बन्द

हिमाली जिल्ला मुगुलगाएत कर्णालीका सबै जिल्लामा भारी हिमपात भएको छ। बिहीबार अपरान्हको समयपछि लगातार हिमपात भएपछि मुगुको जनजीवन प्रभावित भएको हो।

सडक नखुल्दा जिल्लामा नै थन्कियो स्याउ

सडक सञ्चालनमा आउन नसक्दा जिल्लाका बिभिन्न क्षेत्रका कृषकहरुको बारीमा फलेको स्याउ समेत निर्यात गर्न समस्या भएको छ।

अपर मुगुको सौन्दर्य (फोटो फिचर)

मुगुमा पर्याप्त पर्यटकीयस्थल छन्। तर, प्रचारप्रसार अभावमा ओझेलमा परेका छन्। पर्यटकीय गतिविधि बढाउन असोज पहिलो साता अपर मुगु छायानाथ महोत्सव हुँदैछ।

छायाँनाथ धामको तीर्थयात्रा शुरु

विश्वका चारधामभित्र पर्ने छायाँनाथ धामको तीर्थयात्रा शुरु भएको छ। बिहीबार छायाँनाथ रारा नगरपालिका २ चैन गाउँमा रहको छायाँनाथ मन्दिरमा रहेका शिवजीको मूर्ती पुजारीका साथ बाजागाजा र सुरक्षाकर्मीसहित मुगुमकार्मारोङ गाउँपालिका तथा साविकको डोल्फु गाविसमा रहेको छायाँनाथ मन्दिरमा लगेपछि छायाँनाथ धाम तीर्थयात्रा शुरु भएको हो।

शिक्षक अनुपस्थित भएपछि स्थानीयद्वारा विद्यालयमा ताला

मुगुको पूर्वी करान भेगमा पर्ने मुगुम कार्मारोङ्ग गाउँपालिकाको एक विद्यालयमा लामो समयदेखि शिक्षक अनुपस्थित भएको भन्दै स्थानीय अभिभावकले विद्यालयमा ताला लगाएका छन्।

मुगुमा ७५ प्रतिशत रोपाइँ

हिमाली जिल्ला मुगुमा ७५ प्रतिशत रोपाइँ सम्पन्न भएको छ। कृषि ज्ञान केन्द्र जुम्ला सम्पर्क केन्द्र मुगुका अनुसार रोपाइँ हुने कुल क्षेत्रफलमध्ये ७५ प्रतिशत क्षेत्रफलमा सम्पन्न भएको हो। जिल्लाका अधिकांश स्थानमा सिँचाइ सुविधा नहुँदा आकाशे पानीको भरमा रोपाइँ गर्नुपर्ने बाध्यता छ।

मुगुमा सर्पदंशको औषधि अभाव

जिल्ला अस्पताल मुगुमा सर्पदंशको औषधि अभाव भएको छ। सर्पले ड्सेर उपचार गर्न जिल्ला अस्पताल मुगुमा उपचार गर्न आउने बिरामी सर्पदंशको औषधी पाउन सकेका छैनन्।

'बसौं भने कर्णालीले बगाउने डर, भागौं भने ढुंगाले किच्ने डर'

जिल्लाको पूर्वी करान भेगमा पर्ने मुगुम कार्मारोङ गाउँपालिकास्थित पुलुमा रहेको प्रहरी चौकिमा कार्यरत प्रहरीहरु वर्षौदेखि त्रासै त्रासमा रात विताउँदै आएका छन्। साविकको पुलु गाविस रहेको हालको गाउँपालिकाको केन्द्र रहेको स्थानमा रहेको प्रहरी चौकि हरेक हिसाबले जोखिममा रहेको छ।

छ महिनादेखी सीमा प्रहरी खाली

मुगु जिल्लाको पूर्वीय भेगमा रहेको मुगम कामारोङ गाँउपालिका वडा नमबर २ मा रहेको सीमा प्रहरी चौकी मंसिर महिनादेखी सुरक्षाकर्मी विहिन रहेको छ।

दुई दिन पछि हेलिकप्टरबाट गर्भवतीको उद्धार

जिल्लाको उत्तरी क्षेत्रमा पर्ने सोरु गाउँपालिका वडा नम्बर  ६ नेहेरमा दुई दिन देखि सुत्केरी व्यथा लागेकी एक गर्भवती महिलाको सेनाको हेलिकप्टरबाट उद्धार गरिएको छ।

चौंध वर्षपछि मुगुमा भारी हिमपात (फाेटाे फिचर)

मुगुमा यो वर्ष फागुनको मध्य लागि सक्दा भारी हिमपात भएको छ। बुढापाकाका अनुसार डेढ महिना लामो हिमपात र वर्षा भएको यो पहिलो पटक हो। २०६१ सालमा फागुनमा भारी हिमपात भएको थियो। त्यसयता भारी हिमपात भएको थिएन।

हिमपातका कारण मुगुमा विद्यालय बन्द

रातिदेखि लगातार परिरहेको हिमपातका कारण मुगुमा अत्याधिक चिसो बढेको छ। चिसोका कारण जिल्लाका अधिकांश विद्यालय बन्द गरिएको छ।

रोकिएन मुगुमा बालविवाह : ३२ वर्षको उमेरमा ७ सन्तान

छायानाथ रारा नगरपालिका ३ साँयाखोलाकी २५ वर्षीया ईश्वरमाया कामी २५ वर्षकी भइन्। उनको १६ वर्षको उमेरमा बिहे भएको हो। विपन्न परिवारकी उनी ६ बच्चाकी आमा भइसकिन्। उमेर २५ वर्षको भए पनि उनको शरीर ४० वर्षकी महिलाको जस्तै देखिन थालिसक्यो। उनका पति ज्याला मजदुरी गर्छन् भने उनी बच्चा बोकेरै भए पनि गिट्टी कुट्ने काम गर्छिन्। कामी मात्र होइन, किशोरावस्थामै आमा बन्ने किशोरी मुगुमा थुप्रै छन्। दशकअघि बालविवाहको चरम रुप देखिने मुगुमा यो संख्या अझै उस्तै छ।

मोटरसाइकल दुर्घटनामा एकको मृत्यु

मुगु जिल्ला सोरु गाउँपालिका तारापानी बजारबाट सदरमुकाम गमगढीतर्फ आउँदै गरेको मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्