२० आश्विन २०८१ आइतबार
image/svg+xml
समाज

छ महिनादेखी सीमा प्रहरी खाली

बैशाख- मुगु जिल्लाको पूर्वीय भेगमा रहेको मुगम कामारोङ गाँउपालिका वडा नमबर २ मा रहेको सीमा प्रहरी चौकी  मंसिर  महिनादेखी सुरक्षाकर्मी विहिन रहेको छ।

चीनको तिब्वतसंग जोडिएको नाक्च्यालाग्ना नाकामा सरकारले सीमा सुरक्षाको लागी नेपाल प्रहरीको सुरक्षा पोष्ट राख्दै आएको छ। सीमा प्रहरी चौकीमा प्रहरी नायव निरीक्षकको कमाण्डमा १९ जना प्रहरीको दरबन्दी रहे पनि अहिले सुरक्षा पोष्ट खालि छ।

उच्च हिमाली भेगमा रहेको अत्याधिक हिमपात हुने मुगुको मुगु गाँउमा रहेको सीमा प्रहरी चौकीमा हावा पानिका कारण निकै चिसो हुने, धेरै हिमपात हुने भएको हुँदा बिगतका बर्षहरुबाट मंसिर महिनादेखी सीमा प्रहरी चौकीमा रहेका सुरक्षाकर्मीलाई जिल्लामा ल्याउने र चैत्र ,बैशाख महिनामा (तातो) गर्मी सिजन आए पछि पुन सीमा प्रहरी चौकी मुगुमा खटाउने गरिन्छ। गत मंसिरमा  जिल्लामा र्फिता भएका सुरक्षाकर्मीलाई यहि बैशाख महिना भित्र पुन सीमा प्रहरी चौकीमा खटाउनको लागी  ब्यबस्था मिलाई रहेको जिल्ला प्रहरी कार्यालयका निमित्त प्रहरी प्रमुख लाल बहादुर ऐरले बताए।।

मुगुको एक मात्र अन्तरदेशीय सीमासंग जोडीएको मुगुम कामारोङ गाँउपालिका बडा नम्बर २ मा रहेको सीमा प्रहरी चौकीमा मंसिर महिनाबाट सुरक्षा छैनन्। प्रहरी चौकीको ब्यबस्थापन गरि सुरक्षाकर्मी त्यसतर्फ खटाउन जिल्ला सुरक्षा समितिलाई अनुरोध गरिएको मुगुम कामारोङ गाँउपालिकाका प्रमुख प्रशासकीय अधिकृत विकास रिजालले बताए। 

गाँउमा सामान्य विवाद र झै झगडा हुँदा सुरक्षाकर्मी गुहार माग्नु परेमा एक दिनको बाटो हिडेर प्रहरी चौकि पुलु पुग्नु पर्ने बाध्यता रहेको स्थानीयको गुनासो रहेको छ। कुनै घटना भएमा अपराधी फरार भई सके पछि मात्र प्रहरी चौकी बाट प्रहरी घटना स्थलमा पुग्ने गरेको छ। जति सक्दो जिल्ला बाट सीमा सुरक्षामा रहेका सुरक्षा कर्र्मीलाई खटाइ दिएको भए राम्रो हुने मुगुम कामारोङ गाँउपालिका बडा नम्बर २ का वडा अध्क्षय कार्मा तामाङ (लामा ) ले बताए।

प्रकाशित: २४ वैशाख २०७६ ०५:४७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App