५ जेष्ठ २०८१ शनिबार
image/svg+xml
समाज

दुई दिन पछि हेलिकप्टरबाट गर्भवतीको उद्धार

मुगु- जिल्लाको उत्तरी क्षेत्रमा पर्ने सोरु गाउँपालिका वडा नम्बर  ६ नेहेरमा दुई दिन देखि सुत्केरी व्यथा लागेकी एक गर्भवती महिलाको सेनाको हेलिकप्टरबाट उद्धार गरिएको छ।

वडा नम्बर ६ नेहेर गाउँकी ४५ वर्षीया चन्द्ररुपा शाहीलाई सोमवार विहानै देखि सुत्केरी व्यथा लागेको थियो। आईतबारदेखि सुत्केरी व्यथा लागेपछि गाउँमा रहेको फेज नेपालको गाउँ घर क्लिनिकमा उपचार गरिएको थियो। फेज नेपालको क्लिनिकमा कार्यरत डाक्टर पिटर हाईटले गाउँमा उपचार हुन नसक्ने सल्लाह दिए पछि मंगलबार दिउँसो नेपाली सेनाको एम आई १७ हेलिकप्टरबाट क्षेत्रीय अस्पताल सुर्खेतमा लगिएको जिल्ला प्रशासन कार्यालय मुगुका सहायक प्रमुख जिल्ला अधिकारी प्रदिपकुमार ढकालले जानकारी दिए।

 गाउँमा हेलिकप्टर बस्ने ठाउँ नभए पछि हुम्लाको तुम्चसम्म विरामीलाई बोकेर लगेको र हेलिकप्टर पनि तुम्चमा अवतरण गरेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ। महिला तथा बालबालिका मन्त्रालय अन्र्तगत राष्ट्रपति उद्धार कोषको सहायतामा गर्भवती शाहीको नेपाली सेनाको हेलिकप्टरले उद्धार गरिएको हो।

प्रकाशित: ५ चैत्र २०७५ १०:०३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App