३० वैशाख २०८१ आइतबार
image/svg+xml
समाज

नागरिककर्मी मल्लको निधन

दुई वर्षदेखि मधुमेह र बाथरोगले थलिएका नागरिक दैनिकका मुगु संवाददाता सुमन मल्लको ४१ वर्षको उमेरमा बुधबार राति मृत्यु भएको छ। मल्ल नागरिकको स्थापनादेखिनै आवद्ध थिए। पत्रकारितासँगै नाटक लेखन र अभिनयमा पनि मल्ल सक्रिय थिए। मल्लले ‘कर्णाली दख्खिन बग्दो छ’, सुइना कर्णालीकालगायत नाटक लेखन र अभिनय गरेका छन्।

आर्थिक अभावमा उनले समयमै उपचार पाएनन्। आर्थिक अवस्था कमजोर भएका कारण मुगुदेखि जुम्लाको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका लागि ल्याउँदा पनि सहयोग संकलन गर्नुपर्‍यो। नेपाल पत्रकार महासंघका कोषाध्यक्ष कलेन्द्र सेजुवालले मल्लको निधनबाट कर्णालीले एक असल पत्रकार र कलासाधनक गुमाएको बताए। मल्लका आमा, श्रीमती, एक छोरा र दुई छोरी छन्।

प्रकाशित: ३० वैशाख २०७८ ०३:३४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App