२९ पुस २०८१ सोमबार
image/svg+xml

माइतीघर मण्डला र जुम्ला घटनामा सरकारबाट ज्यादती भयो : सभापति देउवा

नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले संसद् बैठक स्थगन गरिएकामा असन्तोष प्रकट गरेका छन्। प्रतिनिधिसभाको विहीबारको बैठकमा संघीय संसद् भवन बाहिर सूचना टाँस गरी आज बस्ने भनिएको प्रतिनिधिसभाको बैठक साउन ११ गते शुक्रबारसम्मका लागि सारिएको छ।

केसीलाई जुम्लाबाट माला लगाएर विदाई गरियो

जुम्लावासीले अनशनरत डा. गोविन्द केसीलाई माला लगाएर विदाई गरेका छन्। अनशनको बीसौं दिन सरकारले जुम्लामा बल प्रयोग गरेर डा. केसीलाई उठाउन खोजेपछि प्रतिरोधका बाबजुद उनी काठमाडौ आउन सहमत भएका हुन्।

केसीलार्इ लिन नेपाली सेनाकाे हेलिकाेप्टर जुम्ला पुग्याे

अनशनरत डाक्टर गोविन्द केसीलाई जबरजस्ती उठाउनका लागि नेपाली सेनाको हेलिकोप्टर जुम्ला आइपुगेको छ।

राँको बाल्दै जुम्लावासीले भने- डा. केसीको माग पुरा गर्न सरकारको चेत खुलोस

१८ दिनदेखि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाको सघन उपचार कक्षमा अनशनरत प्राध्यापक डा. गोविन्द केसीको पक्षमा गठित संयुक्त संघर्ष समितिका संयोजक राजबहादुर महत साउने संक्रान्तिका बेला जुम्लीका घरघरमा आगोको राँको बाल्ने तयारी भइरहँदा सदरमुकाम खलंगाको बालमन्दिर नजिकै विधिवत रुपमा राँको बाल्दै थिए। यहाँका अगुवा नागरिकलाई भेला गरेर व्राह्मण बोलाएर डा. केसीको जीवन रक्षा गर्न र माग संवोधनका लागि सरकारको चेतना खुलोस भन्ने कामना गरे।

डा. केसीले फेरि मानेनन् जुम्ला छोड्न

जुम्लामा अनशनरत डा. गोविन्द केसीलाई काठमाडौँ लैजाने सरकारको प्रयास फेरी बिफल बनेको छ। सरकारले बुधवार हेलिकोप्टरको ब्यवस्था गरेर डा. केसीलाई जुम्लाबाट काठमाडौँ लैजाने अन्तिम तयारी गरेको थियो। डा. केसीले आफ्ना माग कार्यान्वयनलाई पहिलो तथा अन्तिम सर्तका रुपमा प्रस्तुत गर्दै अन्यथा जुम्लामै मर्न तयार रहेको बताउँदै आएका छन्।

जुम्ला - रारा अल्ट्रा म्याराथन शूरु

कर्णाली प्रदेशको खेल पर्यटनका लागि भन्दै जुम्लामा जुम्ला - रारा अल्ट्रा म्याराथन शूरु भएको छ । बिहान ७ बजे जुम्लाको चन्दननाथ मन्दिर देखि म्याराथुन शूरु भएको हो।

कर्णाली चिनाउन पनि जुम्लामा अनशन

शिथिल मुद्रा। मुस्किलले बोल्न सक्ने अवस्था। ८ दिनदेखिको अनशनले स्वासप्रश्वासमा बाधा। छाती र मांशपेसीको दुखाइ।

डा. केसीलाई भेट्न कालिकोटका जनप्रतिनिधी जुम्लामा

जुम्लामा आठ दिनदेखि अनशनरत प्राध्यापक डा. गोविन्द केसी भेट्न कालिकोटको जनप्रतिनिधीको टोली जुम्ला पुगेको छ। डा. केसीको स्वास्थ्य अवस्था बुझ्न कालिकोट तिला गुफा नगरपालिकाका जनप्रतिनिधि जुम्ला पुगेका हुन।

जुम्लाकै चिकित्सक मलाई बचाउछन : डा. केसी

जुम्लामा अनशनरत प्राध्यापक डा. गोविन्द केसीले स्वास्थ्यमन्त्रालयले पठाएको चिकित्सकको टोलीबाट उपचार सेवा नलिने घोषणा गरेका छन्।

डा.केसीको स्वास्थ्य अवस्था बुझ्न कांग्रेस सांसदहरु जुम्लामा

नेपाली कांग्रेसका सांसदहरुले जुम्लामा आमरण अनशनरत डा. गोविन्द केसीको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन्।

स्वास्थ्य मन्त्रीले पठाएको चिकित्सक टोली जुम्लामा, डा. केसीको स्वास्थ्य सामान्य

उपप्रधान तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादवको निर्देशनमा काठमाडौंबाट विहीबार दिउँसो जुम्ला पुगेको चिकित्सकको टोलीले अनशनरत डा. गोबिन्द केसीको स्वास्थ्य परीक्षण गरेको छ।

डा. गोविन्द केसी भेट्न कांग्रेसको केन्द्रीय टोली जुम्ला जाने

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले जुम्लामा अनशनरत डा गोविन्द केसीको स्वास्थ्य अवस्थाबारे बुझ्न एक प्रतिनिधिमण्डल पठाउने निर्णय गरेको छ।

केसीकाे समर्थनमा जुम्ला सदरमुकाम खलंगामा अर्धनग्न जुलुस

प्राध्यापक डा. गोविन्द केसीको अनशन चौंथो दिन पनि जारी छ । चिकित्सा शिक्षा र गुणस्तरीय स्वास्थ्य सेवाका अभियान्ता प्राध्यापक डा.गोविन्द केसीको जीवन रक्षाको माग गर्दै नागरिक समाज जुम्लाले अर्धनग्न जुलुस निकालेको छ।

तलव भत्ता माग्दै जुम्लाका स्वास्थ्यकर्मी आन्दोलित

सरकारले स्थानीय तहमा खटिएर काम गर्ने स्वास्थ्यकर्मीलाई तलव भत्ता नदिएको भन्दै जुम्लाका स्वास्थ्यकर्मी आन्दोलित भएका छन।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्