जुम्लामा स्याउ खेती : क्षेत्रफल बढ्दै, उत्पादन घट्दै
जुम्लामा स्याउ खेतीको लागि क्षेत्रफल बढ्दै गएपनि वर्षेनी उत्पादनमा गिरावट आउने गरेको छ।
जुम्लामा स्याउ खेतीको लागि क्षेत्रफल बढ्दै गएपनि वर्षेनी उत्पादनमा गिरावट आउने गरेको छ।
जहाज अवतरण गर्न र उडाउनको लागि समस्या हुने गरेको भन्दै जुम्ला विमानस्थलको रनवे विस्तारको लागि पहल सुरु भएकोे छ। कर्णालीकै सबैभन्दा सुविधासम्पन्न मानिएको जुम्ला विमानस्थल रनवे कम भएका कारण समस्या हुने गरेको भन्दै सहजै रुपमा अवतरण गर्न र उडाउन मिल्ने गरी बनाउनको लागि पहल भएको हो।
कामचोर ठेकेदारको उच्च निगरानी राख्दै आएको जिल्ला प्रशासन कार्यालय जुम्लाले उपभोक्ता समितीलाई समेत कस्दै आएको छ।
सरकारले देशैभर लोडसेडिङ मुक्त भइरहेको भनिरहेको बेला जुम्लामा भने दैनिक २२ घण्टा लोडसेडिङ हुने गरेको छ। प्रत्येक पाँच दिनको एक दिन मात्रै राति बत्ति आउने गरेको स्थानीय बताउँछन्। दैनिक दुई घण्टा मात्रै वत्ति आउँछ।
चन्दननाथ नगरपालिका–४, मालाभीडका नारायण चौलागाईलाई अहिले एकछिन पनि फुर्सद छैन। दुई महिनाअघिसम्म निकै फुर्सदिला रहेका उनी व्यावसायिक टर्कीपालनमा लागेपछि व्यस्त बनेका हुन् । बिहान बेलुकीको समय टर्की र लौकाट जातको अस्ट्रेलियन जातको चराको रेखदेखमै बित्ने गरेको छ।
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा निशुल्क विशेषज्ञ सेवा सञ्चालन गरिएको छ।
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा पहिलो पटक मुटुरोग विशेषज्ञ सेवा शुरु भएको छ।
जुम्लाका एक नगरपालिका सहित ७ गाउँपालिकामा इन्टरनेट सेवा सञ्चालनमा आएको छ। जिल्लाको तिला, हिमा र सिजा गाउँपालिकामा इन्टरनेट सेवा सञ्चालनमा आईसकेको छ भने तातोपानी, गुठिचौर,पातारासी, कनकासुन्दरी गाउँपालिका र चन्दननाथ नगरपालिकामा आगामी आइतबार देखि एकैसाथ इन्टरनेट सेवा सञ्चालनमा आउन आउँनेछ।
जुम्लाका भेडाबाख्रालाई पिपिआर खोप दिन शुरु गरिएको छ । भेडाबाख्रामा महामारी फैलिन नदिनका लागि पिपिआर खोप दिन थालिएको जिल्ला पशुसेवा कार्यालय जुम्लाले जनाएको छ।
जुम्लामा हिमपात सुरु भएको छ। हिमपातले जनजीवन कष्टकर भएपनि कृषि क्षेत्रमा फाइदा हुने भन्दै कृर्षकहरु खुसी भएका छन्। वर्षा भएसंगै जुम्ला सदरमुकाम लगायतका आसपासका क्षेत्रमा हिमपात भएको हो। गत वर्ष पुसमा नै हिमपात भएको जुम्लामा यस वर्ष भने माघ अन्तिममा मात्रै हिउँ परेको छ।
विद्यालय बाहिर रहेका बालबालिकाहलाई विद्यालयको पहुचमा ल्याउनको जुम्लामा भर्ना अभियान शुरु भएको छ। हिउँदे विदा सकिएलगत्तै भर्ना अभियान शुरु भएको हो। मंसिरमा वार्षिक परीक्षा सकेर फागुन पहिलो सातासम्म जुम्लाका विद्यालयमा हिउँदे विदा गरिँदै आएको छ।
सडक सवारी सञ्चालनमा सुर्खेत दैलेख हुदै जुम्ला सडकमा छिटो छरितो र सहज हुने भएकोले पछिल्लो समयमा स्थानीय तह र जनप्रतिनिधीले दैलेख,जुम्ला सडकलाई प्रथामिकता दिदै आएका छन । अहिले कर्णालीवासीले कर्णाली राजमार्गको सुर्खेत देखि जुम्ला सम्म २ सय ३६ किलोमिटर यात्रा गरिरहेका छन । साना सवारीले १ दिनमै गन्तव्यमा पुर्याउदै आएकोमा ठुला सवारीमा २ दिन लाग्ने गरेको छ।
जुम्लाका प्रतिनिधी सभा सदस्य गजेन्दवहादुर महत यहाँका नदिनालामा ईन्जिनियर ल्याएर विद्युत सर्भे गर्नमा व्यस्त छन। तिला र हिमा नदिमा विद्युत निर्माण गर्न महत ईन्जिनियर सहित जिल्लामै आएर सर्भेमा जुटेका हुन । उनले भने, “सांसद नबन्दैको एउटा धोको जिल्लालाई अन्धकार मुक्त वनाउने थियो, अहिले सांसद भएपछि अवसर प्राप्त भएको छ, यो अवसरमा जुम्लालाई उज्यालो बनाउने गरी विद्युत सर्भेको कार्यमा जुटेको छु।”
हिमा गाउँपालिका ६ स्थित स्वास्थ्यचौकी महावैपातारखोलाको भवन हेर्न धेरै आउछन। भवनको फेददेखि टुप्पो सम्मको अवलोकन गरेर दैनिक जसो स्थानीय फर्कन्छन। उनीहरु स्वास्थ्यचौकी भवनको देखासिकी गरेर आफ्नो घर बनाउनेतिर जुटेका छन।
दुई सातादेखि जाजरकोटको पश्चिमी जुनुचाँदे गाउँपालिकाका विभिन्न गाउँमा फैलिएको भाइरल ज्वरो नियन्त्रणमा आउन नसकेपछि जुम्लाबाट विशेषज्ञसहितको चिकित्सक टोली खटिएको छ । भाइरल ज्वरोका बिरामीको उपचार गर्न जुम्लास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालबाट बालरोग विशेषज्ञ डा. नम्रता सिन्दान, मेडिकल अधिकृत सूर्य चौधरीसहितको टोली जाजरकोट गएको हो ।