२९ पुस २०८१ सोमबार
image/svg+xml

राजधानी माग्दै गरिएको जुम्लाकोे आन्दोलन स्थगित

६ नम्वर प्रदेशको राजधानी कर्णालीमै हुनु पर्ने माग गर्दै एक साता देखि शुरु भएको आन्दोलन केहि दिनका लागि रोकिएको छ। सरकारले तत्काल अस्थायी राजधानी नतोक्ने निर्णय गरिसकेकोले ६ नम्वर प्रदेश सभा सदस्यहरु संग अनौपचारीक रुपमा वकालत गर्ने निर्णय सहित आन्दोलन स्थगित भएको नागरिक समाज जुम्लाका सचिव सरोज शाहीले जानकारी दिए।

जुम्लामा राजधानी माग गर्दै काठमाडौंमा आन्दोलन गर्ने चेतावनी

६ नम्वर प्रदेशको राजधानी कर्णालीमै हुनु पर्ने माग राख्दै थालिएको आन्दोलन जुम्लामा पेचिलो बन्दै गएको छ। संघीयताको मर्मले दुर्गम र पिछडिएका क्षेत्रमा सेवा सुविधा उपलव्ध गराउने भएपनि नेपालका सुविधामुखी राजनैतिक दलका कारण माथि उस्कन नसकेको भन्दै राजधानी कर्णालीमै हुनको लागि निरन्तर आन्दोलन भईरहेको हो।

राजधानी माग्दै जुम्लामा सिट्ठी जुलुस

कर्णालीमा राजधानी हुनु पर्ने माग गर्दै थालिएको आन्दोनको तेस्रो दिन जुम्लामा सिट्ठी जुलुस निकालिएको छ । पहिलो दिन विरोध प्रदर्शन, दोस्रो दिन राके जुलुस गरिएकोमा तेस्रो दिन सिट्ठी जुलुस मार्फत राज्यको ध्यानाकर्षण गरिएको हो । नागरिक समाज जुम्लाको अगुवाईमा सिट्ठी जुलुस निकालिएको हो । आन्दोलनका विभिन्न रुप अपनाउँदै राज्यको ध्यान केन्द्रित गर्न खोजिएको नागरिक समाज जुम्लाका अध्यक्ष राजबहादुर महतले जानकारी दिए।

राजधानी माग्दै जुम्लामा राँके जुलुस

६ नम्वर प्रदेशको राजधानी कर्णालीमा हुनु पर्ने माग राख्दै जुम्लामा राँके जुलुस निकालिएको छ। पहिलो दिन सदरमुकाम खलंगामा जुलुश निकालेर विरोध प्रर्दशन गरेकोमा दोस्रो दिन राँके जुलुस निकालिएको हो। संघीयताको मर्म भनेकै दुर्गम पिछडिएका क्षेत्रलाई अधिकार प्रत्यायोज गर्ने हो, तर सुविधा सम्पन्न ठाउँमा राजधानी तोक्न लागिएको प्रति आपत्ती जनाउदै जूम्लावासीले आन्दोलन थालेका हुन।

राजधानी कर्णालीमा हुनुपर्ने माग गर्दै जुम्लामा आन्दोलन

६ नम्बर प्रदेशको राजधानी कर्णालीमै हुनु पर्ने माग राख्दै जुम्लामा आजदेखि आन्दोलन शुरु भएको छ । पहिलो दिन नागरिक समाजको अगुवाईमा सदरमुकाम खलंगामा जुलुस निकालिएको हो । नेपाल पत्रकार महासंघ शाखा जुम्लाको कार्यालयबाट शुरु भएको आन्दोलन विजयनगर हुँदै जिल्ला प्रशासन कार्यालय जुम्ला नजिकै पुगेर कोणसभामा परिणत भएको थियो।

जुम्लामा हिमाली आयोजना असफल

उच्च पहाडी क्षेत्रमा व्यवसायमार्फत रोजगारी सिर्जना गर्ने उद्देश्यले सञ्चालन भएको हिमाली आयोजना जुम्लामा असफल बनेको छ । हिमाली आयोजनाले सञ्चालन गरेका उपआयोजना अलपत्र अवस्थामा छन् । जुम्लामा ७० वटा उपआयोजना सञ्चालनमा आएकोमा अधिकांश अलपत्र छन् ।

जुम्ला प्रतिनिधीसभामा गजेन्द्रबहादुर महत विजयी

जुम्ला प्रतिनिधिसभा सदस्यमा वामगठबन्धन तर्फका नेकपा माओवादी केन्द्रका गजेन्द्रबहादुर महत भारी मतका साथ विजयी भएका छन ।

जुम्ला प्रदेश सभा (क) मा माओवादीका भण्डारी विजयी

जुम्ला प्रदेश क्षेत्र नम्वर (क)मा वामगठवन्धनको तर्फवाट नेकपा माओवादीका उम्मेदवार नरेश भण्डारी भारी मतले विजयी भएका छन्। नेपाली काग्रेसका राजुसिंह कठायतलाई ४ हजार ४० मतले पछि पार्दै गठवन्धनका भण्डारी विजयी भएका हुन। भण्डारीले १२ हजार ५ सय ७४ मत प्राप्त गरेका छन । उनको निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका कठायतले ८ हजार ५ सय ३४ मत प्राप्त गरे।

जुम्ला प्रदेश सभा (ख)मा एमालेका रोकाया भारी मतले विजयी

जुम्ला प्रदेश क्षेत्र नम्वर (ख) मा वामगठवन्धनवाट नेकपा एमालेका पदम वहादुर रोकाया भारी मतका साथ विजयी भएका छन।

जुम्ला बाम गठबन्धनको अग्रता

जुम्लाको मतपरिणाममा प्रतिनिधि सभा एवं प्रदेश सभा दुवैमा बाम गठबन्धनका उम्मेदवारले अग्रता लिएका छन्। पछिल्लो मतपरिणामअनुसार वाम गठबन्धनका प्रतिनिधि सभा उम्मेदवार गजेन्द्र महत ६०५१ मत ल्याएर अग्रता हाँसिल गरिरहेका छन्।

जुम्लामा वाम गठबन्धनलाई पछयाउँदै कांग्रेस

प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको पहिलो चरणअन्तरगतको मतपरिणाम आउने क्रम जारी छ । जुम्लामा वामगठबन्धनलाई नेपाली का‌ंग्रेसले पछयाउँदै लगेको छ । अहिलेसम्म ८ हजार पाँच सय मत गनिसकिएको मुख्य निर्वाचन अधिकृतको कार्यालय जुम्लाले जनाएको छ ।

जुम्लामा मतदाता शिक्षा सामग्री लुटियो

जुम्ला सिंजा गाउँपालिका–२ को रनुखानामा मतदाता शिक्षा सामग्री लुटिएको छ । रोपनी जनजागृति प्रावि मतदान केन्द्रका मतदाताको लागि लिँदै गरेको मतदाता शिक्षा सामग्री अज्ञात समूहले लुटेको हो ।

जुम्लामा बदलिँदो चुनाव प्रचार शैली

वामगठबन्धनका तर्फबाट प्रदेश सभा क्षेत्र नम्बर (ख)का उम्मेदवार पदमबहादुर रोकाया २०७० सालको संविधान सभा सदस्य निर्वाचनका उम्मेदवार थिए । उतिबेला उनले दलबलका साथ चुनावी प्रचार अभियान थाले ।

जुम्लामा उल्लासमय मनोनयन दर्ता

मंसिर १० गते हुने प्रतिनिधी सभा र प्रदेश सभाको निर्वाचनका लागि जुम्लामा मनोनयन दर्ता उल्लासय तरिकारले सम्पन्न भएको छ। नेकपा माओवादी केन्द्र र नेकपा एमालेको वामगठवन्धन, नेपाली काँग्रेस र नेकिपाले मनोनय दर्ता गराएका हुन । वाम गठवन्धनबाट नेकपा माओवादी केन्द्रका गजेन्द्र बहादुर महतले प्रतिनिधी सभाको निर्वाचनको लागि उम्मेदवार दर्ता गराएका हुन । यस्तै माओवादीका नरेश भण्डारीले क्षेत्र नम्बर (क ) र नेकपा एमालेका पदम रोकायाले (ख) क्षेत्रबाट उम्मेदवारी दर्ता गराएका हुन।

जुम्ला कांग्रेसमा नयाँ अनुहार

नेपाली कांग्रेस जुम्लाले आगामी मंसिर १० र २१ गते हुने प्रतिनिधी सभा र प्रदेश सभाको निर्वाचनको लागि उम्मेदवारको टुंगो लगाएको छ । यो निर्वाचनमा छनौट गरिएका अधिकांश उम्मेदवार नयाँ अनुहारका छन् । प्रतिनिधि सभाको लागि देवेन्द्र शाही छनौट भएका हुन । निर्माण व्यवसायी समेत रहेका शाही जुम्ला नगरविकास समितिमा अध्यक्ष थिए । त्यस्तै प्रदेश सभाको निर्वाचनका लागि क्षेत्र नम्वर १ बाट राजुसिंह कठायत छनौट भएका हुन ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्