प्रदेश र संघको निर्वाचनका लागि उम्मेदवार छान्दै जुम्लाका दल
आसन्न मंसिर १० गते हुन लागेको प्रदेश सभाको निर्वाचनका लागि जुम्लामा उम्मेदवारको टुंगो लगाउन दलहरू आन्तरिक गृहकार्यमा जुटेका छन्।
आसन्न मंसिर १० गते हुन लागेको प्रदेश सभाको निर्वाचनका लागि जुम्लामा उम्मेदवारको टुंगो लगाउन दलहरू आन्तरिक गृहकार्यमा जुटेका छन्।
कर्णालीको सदरमुकाम खलंगा आसपासका विभिन्न जुवाखालवाट १२ जना भन्दा बढी जुवाडे प्रहरीले नियन्त्रणमा लिइएको छ।
नेपाल पत्रकार महासंघ जुम्ला जिल्ला शाखाले स्थापनाको डेढ दशकपछि आफ्नै भवन निर्माण भएको छ। स्थानीय स्तरका सरकारी निकाय र स्थानीय निकायको सहयोगमा रु ६६ लाखको लागतमा दुईतले सात कोठे सो भवन निर्माण भएको हो।
स्याउ पाकेपछि चन्दननाथ नगरपालिका–१ का काशीराम भण्डारीको दिनचर्या बदलिएको छ। उनी स्याउ टिप्न र भण्डारण गर्न व्यस्त छन्। 'स्याउ पाकेपछि बेच्न भ्याइनभ्याइ छ,' उनले भने। तलिउमका अमर रावल पनि स्याउ टिप्न र भण्डारण गर्नमै व्यस्त छन्। 'स्याउ टिपेर प्याकेजिङ, ग्रेडिङ र भण्डारण गर्नमै दिनचर्या बित्ने गरेको छ,' उनी भन्छन्।
तातोपानी गाउँपालिकाका दलबहादुर खड्काजौ किन्न जुम्लाका गाउँगाउँ पुग्छन्। जुम्लाबासीले आजसम्म जौ बालीलाई हेलाँ गरे पनि खड्काले घरबाटै उठाउन थालेपछि स्थानीयले यसको महŒव बुझेका छन्।
जिल्ला समन्वय समितिको जुम्लाको निर्वाचनमा कांग्रेस, माओवादी केन्द्रको गठबन्धन भएको छ। माओवादी केन्द जुम्लाले अध्यक्षसहित ६ जना सदस्य र कांग्रेसले उपाध्यक्षसहित ३ जना सदस्य पाउने गरी गठबन्धन गरिएको हो।
सडक सञ्जालले हिमाल, पहाड र तराईको सम्बन्धलाई प्रगाढ बनाएको कर्णालीवासी बताउँछन्। अहिले चामल, दाल लगायत उपभोग्य वस्तु लिएर आउने मालवाहक सवारी स्याउ, सिमी, आलु लिएर फर्कन्छन्। जसले उत्पादनको आदान–प्रदान सहजै हुने गरेको छ।
नेपाल रिपब्लिक मिडिया नेटवर्कले मंगलबार जुम्लामा नागरिकसँग नागरिक अन्तर्क्रिया कार्यक्रम आयोजना गरेको छ। कार्यक्रममा नवनिर्वाचित जनप्रतिनिधि, राजनीतिक दल, नागरिक समाज, उद्योग वाणिज्य संघलगायतका सरोकारवाला सहभागी थिए।
एक नगरपालिका र सात गाउँपालिका ६० वडा स्थानीय तह भएको जुम्लाका ५० प्रतिशत वडापालिका कार्यालयविहीन छन् ।
नेकपा एमाले जुम्लाले स्थानीय तह निर्वाचनका लागि उम्मेदवार छनौट गरेको छ। जुम्लामा रहेका एक नगरपालिका र सात वटा गाउँपालिकाका को लागि एमालेले उम्मेदवार छनौट गरेको हो।
तिला गाउँपालिका–३ दानीवाडा गाउँबासी ६५ वर्षीया एक महिला ज्वाला तिरुवा नौ वर्षदेखि गोठमा बस्दै आएकी छिन्।
नयाँ शक्ति नेपालका संयोजक डा. बाबुराम भट्टराईले टेलिफोनबाटै जुम्लामा भइरहेको आमसभालाई सम्बोधन गरेका छन्। मौसममा आएको खराबीका कारण जुम्ला नपुग्दै जहाज नेपालगञ्ज फर्केपछि जुम्लाको अमसभालाई टेलिफोनवाट सम्बोधन गरेका हुन्।
जुम्लामा शुक्रबार बिहानैदेखि हिमपात भएको छ। दुई दिनसम्म लगातार वर्षा भएपछि शुक्रबार बिहानैदेखि हिमपात शुरु भएको हो। यसअघि पुस महिनामा सामान्य रुपमा दुई पटक हिउँ परेको थियो।
जिल्लाको बड्की गाविसमा भएको मिनी ट्रक दुर्घटनामा तीन जनाको मृत्यु भएको छ। एक जना गम्भीर घाइते भएका छन्। नेपालगञ्जदेखि मुगुतर्फ जाँदै गरेको ना६ख ९३७२ नम्वरको उक्त ट्रक दुर्घटनामा परी चालकसहित तीन जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी नायव उपरीक्षक गुरु विष्णु काफ्लले जानकारी दिए।
स्ववियु निर्वाचनको कार्यतालिका नजिकिदै गर्दा फर्जि विद्यार्थीको भर्ना दर वृद्धि भईरहेको भन्दै नेपाल क्रान्तिकारी विद्यार्थी संघ जुम्लाले जुम्ला वहुमुखी क्याम्पसमा तीन वटा ताला लगाएको छ।