१ माघ २०८१ मंगलबार
image/svg+xml

हिउँले सेताम्य जुम्ला

यतिबेला जुम्ला हिउँले सेताम्य बनेको छ। अघिपछि उराठ लाग्दा डाँडाकाँडाहरु अहिले सेताम्य छन्। यस्तो देखिन्छ– मानौं जुम्लाको धर्ती यतिबेला हिउँको गलैंचाले सजाइएको होस्।

हिउँले ढाकियो जुम्ला (फोटो फिचर )

इतबार विहान ७ बजेदेखि परेको हिमपातका कारण जुम्ला सेताम्य भएको छ । जुम्ला आसपासका सुख्खा डाडाँकाडा हिउँले सेताम्य हुनुका साथै खलंगाबजार हिउँले ढाकिएको छ। शनिबार दिनभर वादल लागेपछि आइतबार विहान ७ बजेबाट हिउँ पर्न थालेको हो।

जुम्लामा भारी हिमपात, जनजीवन कष्टकर

जुम्लामा यो वर्षमा पहिलो पटक हिमपात भएको छ। गतवर्षमा कातिक महिनामै हिमपात हुने गरेकोमा यो वर्ष पुस अन्तिममा हिमपात भएको हो। हिमपातले जुम्लाको जनजीवन कष्टकर बनेको छ। मध्य रातिदेखि परेको हिमपातले जुम्ला सेताम्य भएको छ । दुई दिनदेखि बादल लागेपछि राति हिउँ परेको हो।

जुम्लाबाट हराएका कुन कुन मूर्ति भेटिए ?

पालगाउँका तीन जना महिला काठको मुढा ल्याउन लेकतिर जाँदै गर्दा गाउँ नजिकैको डोग्री खोलामा यत्रतत्र मूर्ति फ्याकिएको भेटे।

हराएका मूर्ति फिर्ता माग्दै जुम्लामा प्रदर्शन

मंसिर ११ गते चन्दननाथ मन्दिरमा हराएका वहुमुल्य मूर्ति फिर्ता गराउन माग गर्दै पटमारावासी सडकमा उत्रिएका छन। मूर्ति चोरी भएको साता वित्दा पनि छानविनमा तदारुकता नदेखाएको भन्दै उनीहरुले खलंगामा जुलुस निकालेर दवाव दिएका हुन्।

डा. कसीको समर्थनमा जुम्लाका चिकित्सकद्वारा सेवा ठप्प

लामो समयदेखि स्वास्थ्य क्षेत्रको विकृतिविरुद्ध आन्दोलनरत प्राध्यपक डा. गोविन्द केसीको समर्थनमा जुम्लामा आन्दोलन शुरु भएको छ। कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाका चिकित्सक तथा कर्मचारीले आकस्मीक बाहेकका सवै सेवा वन्द गरेर आन्दोलनमा उत्रिएका हुन्।

संविधान संशोधन प्रस्ताव विरुद्ध जुम्लामा अान्दाेलन

सरकारले संसदमा पेश गरेको संविधान संशोधन प्रस्तावको विरोधमा जुम्लामा प्रदर्शन गरिएको छ। नेपाल मजदुर किसान पार्टी जुम्लाले संशोधन प्रस्ताव जनताको चाहनाविपरीत भएको भन्दै आन्दोलन थालेको हो।

मूर्ति चोरीबारे अनुसन्धान गर्न एआईजीसहितको टोली जुम्लामा

कर्णालीको चन्दननाथ मन्दिरबाट मूर्ति चोरी भएको घटनाको छानविन गर्न एआईजी विज्ञानराज शर्मासहितको टोली जूम्ला आइपुगेको छ। उनीसंगै मध्यपश्चिम क्षेत्रीय प्रहरी प्रुमख डिआईजी माधव नेपाल र सिआईवीका एक डिएसपी सहितको टोली मंगलबार जुम्ला आएका हुन्।

सवारी साधन नचल्दा जुम्लाका यात्रुलाई सास्ती

छोटो दूरीमा आवातजावत गर्ने यहाँका यात्रुलाई यात्रा गर्न निकै सास्ती भएको छ । विगत डेढ महिनादेखि जुम्ला सदरमुकामदेखि कालीकोट नाग्मगाड र सिंजा क्षेत्रमा आवजतजावत गर्ने यात्रुलाई नियमित सबारी साधान नचल्दा यस्तो हैरानी भएको हो ।

जुम्लामा पुनःसंरचनाप्रति बढ्दो असन्तुष्टी

स्थानीय तह पुनःसंरचना प्राविधिक सहयोग समितीले सिफारिस गरेको खाकाप्रति जुम्लामा असन्तुष्टी बढ्दै गएको छ। पहिलेको ईलाकालाई कायम गर्न माग गर्दै सिफारिस गरिएको नयाँ खाकाले स्थानीय आवश्यकता र मागको संबोधन नगरेको स्थानीयको अभिव्यक्ति छ।

एक महिनापछि जुम्लाबाट हत्यारा पक्राउ

असोज १७ गते नौवस्ता–७ सुतैयामा हत्या गरिएका १७ वर्षीय सुवास शाहीको हत्यामा संग्लन मुख्य आरोपित जुम्लाबाट पक्राउ परेका छन्। ईलाका प्रहरी कार्यालय कोहलपुरको टोलीले शुक्रबार जुम्लाको महत गाउँमै पुगेर शाही हत्यामा संग्लन दिनेश महतलाई पक्राउ गरेको हो।

डढुवा रोगले जुम्लामा कालीमार्सी धान सखाप

शनिगाउँ–१ धितालिहीकी वाचु रोकायाको २ हजार ३२ रोपनीमा लगाइएको कालीमार्सी धान डढुवा (व्लाष्ट) रोगका कारण नष्ट भएको छ। एक वर्ष दुःख गरेर उत्पादन हुने धानले ६ महिना परिवार पाल्ने रोकाया यतिबेला चिन्तामा छन्।

जुम्लामा संस्थानको चामल गोदाममै थन्कियो

कर्णालीका हुम्ला र डोल्पालगायतका जिल्लाका खाद्य संस्थानमा चामल नहुँदा उपभोक्ता मर्कामा परेको आवाज उठिरहेका बेला खाद्य संस्थान जुम्लामा भने चामल बिक्री नभई गोदाममै थन्किएको छ। संस्थानको कार्यालय जुम्लामा अघिल्लो आर्थिक वर्षको १९ सय क्विन्टल चामल मौज्दात रहेको हो।

जुम्ला जिप दुर्घटना, २ को मृत्यु ६ घाइते

कालिकोट जिल्लाको सीमाना नजिकै रहेको जुम्लाको नग्मा बजारदेखि मुगु जिल्लाको गम्गडी जाँदै गरेको को १ च ३०९९ नम्बरको पिकअप भ्यान दुर्घटना हुँदा २ जनाको घटना स्थलमै मृत्यु भएको छ। अन्य ६ जना घाइते छन्। घाइते मध्ये २ को अवस्था गम्भीर रहेको बताइएको छ।

जुम्लामा अत्याधुनिक हतियार एसएलआर बरामद

जिल्ला प्रहरी कार्यालय जुम्लाबाट गएको गस्ती टोलीले सिजा क्षेत्रको धापा गाविस–६ घोडयांगामा एसएलआरको म्यागेजिनसहित १५ राउण्ड गोली बरामद गरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्