जुम्लामा कडन सर्च अप्रेशन, हतियारसहित ६ पक्राउ
जिल्ला प्रहरी कार्यालय जुम्लाले जिल्लाका विभिन्न स्थानमा लुटेराको विगविगी भइरहेको गुनासो वढेपछि कडन सर्च अप्रेशन शुरु गरेको छ। अभियानअन्तर्गत प्रहरीले हतियारसहित ६ जना लुटेरालार्इ पक्राउ गरेकाे छ।
जिल्ला प्रहरी कार्यालय जुम्लाले जिल्लाका विभिन्न स्थानमा लुटेराको विगविगी भइरहेको गुनासो वढेपछि कडन सर्च अप्रेशन शुरु गरेको छ। अभियानअन्तर्गत प्रहरीले हतियारसहित ६ जना लुटेरालार्इ पक्राउ गरेकाे छ।
जुम्ला- जुम्लाको अर्गानिक स्याउ ग्रेडिङका लागि ल्याइएको ६ वर्ष पछि मेसिन सञ्चालनमा आएको छ। आर्थिक वर्ष २०६९।२०७० मा ८० लाख रुपैयाँमा जुम्ला पुर्याइएको सो मेसिनले मंगलवार देखि स्याउ ग्रडिंङ गर्न शुरु गरेको हो।
जुम्ला–जुम्लामा शनिबार रोपाँई जात्रा मनाइएको छ। १९९३ सालदेखि जुम्लामा रोपाँई जात्रा मनाउन सुरु गरिएको जानकारहरु बताउँछन्। तस्बिरमा हेरौं सदरमुकाम खलंगामा निकालिएको रोपाँई जात्राका दृश्यः
जिल्ला मालपोत कार्यालय जुम्लाका नौ जना कर्मचारीलाई जिल्ला प्रशासन कार्यालय जुम्लाले नियन्त्रणमा लिएर छानविन थालेको छ। सार्वजनिक सरकारी जग्गाको सक्कल मिसिल च्यातेको भन्दै जिल्ला प्रशासन कार्यालय जुम्लाले नौ जना कर्मचारीलाई नियन्त्रणमा लिइएको थियो। मालपोत अधिकृत देवनाथ शाहसहित ९ जनालाई नियन्त्रणमा लिइएको प्रशासन कार्यालय जुम्लाले जनाएको छ।
त्रिवि शिक्षण अस्पताला अनशनरत डा. गोविन्द केसीले उठाएका मागमा समर्थन जनाउँदै जुम्लामा आन्दोलन सुरु भएको छ। कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाका चिकित्सकले आन्दोलन थालेका हुन्। पहिलो दिन उनीहरुले हातमा कालो पट्टी बाँधेर विरामीलाई उपचार गरेका छन्।
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा पहिलो पटक दुरविनबाट पाठेघरको सफल शल्यक्रिया गरिएको छ। चन्दननाथ नगरपालिका ४ सिमखाडा गाउँकी विष्णुकन्या उपाध्यायाको पहिलो पटक दुरविनबाट पाठेघरको अप्रेशन गरिएको हो। उनलाई दुई वर्षदेखि पाठेघरबाट रगत बगिरहने समस्या थियो।