१८ जेष्ठ २०८१ शुक्रबार
image/svg+xml
समाज

जुम्लाका भेडाबाख्रालाई पिपिआर खोप

जुम्ला – जुम्लाका भेडाबाख्रालाई पिपिआर खोप दिन शुरु गरिएको छ । भेडाबाख्रामा महामारी फैलिन नदिनका लागि पिपिआर खोप दिन थालिएको जिल्ला पशुसेवा कार्यालय जुम्लाले जनाएको छ।

पिपिआर रोगका कारण यहाँ बर्षेनी सयौ भेडाबाख्रा मर्ने गरेका छन, पशु विकास अधिकृत ज्ञानेन्द्रसिंह बुढ्थापाले भने, किसानलाई समयमै खोप लगाउनको लागि निर्देशन गरिसकिएको छ।

चन्दननाथ नगरपालिकाबाटै पिपिआर बिरुद्धको खोप लगाउन शुरु गरिएको उनले बताए । अहिले सम्म १ हजार भेडाबाख्रालाई खोप लगाईसकेका छौ,पशुविकास अधिकृत बुढ्थापाले भने, निरोगी भेडाबाख्रा पालनको लागि गम्भीर रुपमा लागिएको छ । नगरपालिका क्षेत्रका १० वटै वडामा पशु प्राविधिक खटिएका छन।

अहिले नगरपालिकाबाट शुरु गरिएको पिपिआर बिरुद्धको खोप जिल्लाका सबै स्थानीय तहमा लगाईने भएको छ ।   हरेक वर्ष पिपिआर विरुद्धको खोप लगाउदै आएका छौ, पशुविकास अधिकृत वुढ्थापाले भने,पछिल्लो समयमा यो रोग फैलिएको छैन । जिल्ला पशु सेवा कार्यालय जुम्लाका चिकित्सक माधव प्रसाद अर्यालले  जिल्लामा रहेका ७० हजार भेडा बाख्रालाई पिपिआर विरुद्धको खोप लगाईने भएको छ ।  गत वर्ष खोप लगाएका भेडाबाख्रालाई २ वर्ष सम्म खोप लगाउनु पर्दैन। 

अघिल्लो वर्ष खोप नलगाएका भेडाबाख्रालाई कुनै रोगले संक्रमण नगर्ने भएकोले खासै समस्या नहुने उनले वताए ।  गत वर्ष जिल्लामा रहेका ७५ हजार भेडा बाख्रालाई पिपिआर विरुद्धको खोप लगाईएको थियो।

भेडाबाख्रामा रोगको संक्रमण हुने वित्तिकै पशु स्वास्थ्य चिकित्सक संग परामर्श लिन आग्रह गरिएको छ । पछिल्लो समयमा भेडाबाख्रा पालन लोप हुदै गईरहेकोबेला संरक्षण र प्रवद्र्धन अभियानमा केन्द्रित हुनको लागि सझुाव दिइएको छ।

दुर्गम गाउँमा भेडापालन गरेका किसानको पहुच जिल्ला सम्म नहुनाले समयमै उपचार विधीको उपयोग हुन सकेको छैन, स्थानीय भेडापालक किसान कालीवहादुर थापाले उपचार प्रक्रियालाई सहज बनाउन माग गरे।

 

प्रकाशित: ३ फाल्गुन २०७४ ०६:२१ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App