६ आश्विन २०८१ आइतबार
image/svg+xml

लागुऔषधसहित चार पक्राउ

ईश्वरपुरबाट प्रहरीले ठूलो परिमाणमा लागुऔषध बरामद गरेको छ। ईश्वरपुर नगरपालिका–१३ श्रीनगरबाट अवैध लागुऔषध नाइट्रोभ्याट १० लेखिएको ३०० ट्याब्लेट, स्पास्मो १४४ ट्याब्लेट र एक्सप्लोन सिरफ पाँच हजार १०० मिलीलिटर बरामद गरेको इलाका प्रहरी कार्यलय केशरगञ्ज बयलवासले जनाएको छ।

लागुऔषधसहित पाँंच जना पक्राउ

प्रहरीले भक्तपुरको दुई छुट्टाछुट्टै स्थानबाट लागुऔषधसहित पाँंच जनालाई पक्राउ गरेको छ। भक्तपुरको मध्यपुर ठिमी नगरपालिका ४ चारदोबाटोबाट तीन जनालाई र सूर्यविनायक नगरपालिका १ सिरुटारबाट दुई जनालाई पक्राउ गरेको प्रहरीले जनाएको छ।

मुगुमा लागुऔषध निर्मुल पार्दै प्रहरी

गत साउन ७ गते मुगुस्थित रारा विमानस्थलबाट २ ग्राम २५ मिली ग्राम परिमाणको ब्राउन सुगरसहित प्रहरीले १ जना युवकलाई नियन्त्रणमा लियो। २२ दिन हिरासतमा बसेपछि मुगु जिल्ला अदालतको आदेश अनुसार सोहि महिनाको २९ गते १ लाख २० हजार धरौटीमा उनी छुटे।

लागुऔषधसहित ३ जना पक्राउ

उदयपुर प्रहरीले विभिन्न किसिमका लागुऔषधसहित ३ जनालाई नियन्त्रणमा लिएको छ। शुक्रबार साँझ ६ बजेर ४० मिनेटमा उदयपुर र सप्तरीको सीमास्थल लालपत्तास्थित प्रहरी चौकीबाट खटेको चेकिङ टोलीले प्रतिबन्धित नाईट्रोजेपाम ट्याब्लेटसहित त्रियुगा नगरपालिका-१३ बस्ने ३० वर्षीय रमेश थापालाई नियन्त्रणमा लिएको जनाएको छ।

लागुऔषध नेपाल भित्र्याउँदै गर्दा भारतीय महिला पक्राउ

लागुऔषधको रुपमा प्रयोग हुने प्रतिबन्धित औषधिहरु नेपालतर्फ भित्र्याउँदै गरेको अवस्थामा सर्लाहीबाट एक भारतीय महिला पक्राउ परेकी छन्।

सीमामा लागुऔषध नियन्त्रण अभियान

रुपन्देहीको सिमानाका बेलहियामा चलाइएको अभियानले लागुऔषध अपराध र तस्करी नियन्त्रण गरेको छ। विगत ३ वर्षदेखि स्थानीय संसार विजय गुरुङको नेतृत्वमा स्थानीय बेलहिया गाउँ समाज, इलाका प्रहरी कार्यालय बेलहिया र विभिन्न १८ वटा संघसंस्थाहरुको पहलमा सुरु भएको लागुऔषध नियन्त्रण अभियान सिधा कारबाहीले लागुऔषध प्रयोगकर्ताहरु र कारोबारीहरुमा कमि आएको हो।

ब्राउन र ह्वाइट सुगरसहित एक जना पक्राउ

लहानबाट प्रहरीले ब्राउन र ह्वाइट सुगरसहित एक पुरुषलाई पक्राउ गरेको छ। पक्राउ पर्ने सप्तरी सुरुङ्गा नगरपालिका ८ का ३२ वर्षीय प्रेमकुमार चौधरी छन्।

लागुऔषधसहित गजुरीबाट दुई जना पक्राउ

धादिङको गजुरी गाउँपालिका वडा नं १ गजुरी बजारबाट लागुऔषधसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ। विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय गजुरी धादिङका प्रहरी निरीक्षक भोजराज पाण्डेयको कमाण्डमा खटिएको प्रहरीले टोलीले पक्राउ गरेको हो।

‘लागुऔषध रोक्न साझेदारी आवश्यक’

प्रहरीका महानिरीक्षक सर्वेन्द्र खनालले लागुऔषधको प्रयोग र ओसारपसार रोक्न प्रहरी र समुदायको साझेदारी आवश्यक रहेको बताएका छन्।

लागुऔषधसहित दुई युवक पक्राउ

सिरहाको सीमावर्ती भगवानपुर गाउँपालिका–३ ठाढीबाट प्रहरीले लागुऔषधसहित बिहीबार दुई जना युवकलाई पक्राउ गरेको छ। पक्राउ पर्ने सखुवानन्कारकट्टी गाउँपालिका ५ का २३ वर्षीय मोहम्मद अजिम र २४ वर्षीय मोहम्मद सहमत राईन छन्।

३६ थान प्रतिबन्धित लागुऔषधसहित एक पक्राउ

उदयपुरका एक युवक लागुऔषधसहित पक्राउ परेका छन्। जिल्लाको त्रियुगा नगरपालिका ६ स्थित सप्तरीको सीमा नाकास्थल लालपत्ताबाट सार्वजनिक यातायात विङ्गर (भ्यान) चढेर गाईघाटतर्फ आउँदै गरेका प्रहरी चेकजाँच गर्ने क्रममा त्रियुगा ११ का २४ वर्षीय विनोद चौधरी पक्राउ परेका हुन्।

लागुऔषधसहित तीन पक्राउ

उदयपुर प्रहरीले लागुऔषधसहित ३ जनालाई पक्राउ गरेको छ। बुधबार राति पौने ९ बजेको समयमा त्रियुगा नगरपालिका ११ इमाटोलस्थित सोमबहादुर राईको घरबाट प्रतिबन्धित लागुऔषध नाईट्रोजन र गाँजासहित उनीहरुलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ।

लागुऔषधको दलदलमा मधेस, खुला सीमादेखि काठमाडौंसम्म सञ्जाल

गाउँगाउँमा सवारी पहुँच, बजारीकरणसँगै लागुऔषधको जालो फैलँदो छ। सीमादेखि काठमाडौंमात्रै होइन, पहाडी जिल्लाका सहरोन्मुख गाउँमा पनि लागुऔषधको प्रयोग बढिरहेको छ।

कहाँ राखिन्छ बरामद लागुऔषध ?

प्रहरीले लागुऔषधको सेवन तथा कारोबार गर्ने विभिन्न व्यक्तिहरूबाट प्रयाः हरेक दिन लागुऔषध बरामद गर्दै आइको छ।

लागुऔषधले चिन्ता र अपराध बढ्दै

सुदूरपश्चिमको धनगढी र वरपरका क्षेत्रमा लागुऔषधको प्रयोग चिन्ताजनक ढंगले बढिरहेको छ। लागुऔषधको कारोबार गर्ने गिरोहले सीमावर्ती भारतीय बजारबाट ब्राउन–सुगरलगायत लागुपदार्थ ल्याएर स्थानीय किशोरकिशोरी र युवायुवतीलाई बिक्री गर्ने गरेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्