६ आश्विन २०८१ आइतबार
image/svg+xml

कर्णालीमा जहाजबाटै लागुऔषध ओसारपसार !

कर्णाली राजमार्गबाट लुकिछिपि ओसारपसार भइरहेको लागुऔषध पछिल्लो समयमा हवाइ मार्गबाट पनि ओसार पसार भइरहेको पाइएको छ। यहि पुस २ गते जुम्ला बिमानस्थलको टर्मिनल भवन भित्र प्रहरीले ६ ग्राम लागु औषध (ब्राउन सुगर) बरामद गरेपछि जहाजबाट पनि लागुऔषध ओसारपसार भइरहेको प्रमाणित भएको हो।

लागुऔषधसहित किशोर पक्राउ

उदयपुर प्रहरीले लागुऔषधसहित एक किशोरलाई पक्राउ गरेको छ। शनिबार राति लाहानदेखि गाईघाटतर्फ आउँदै गरेको स१ज ५०३ नम्बरको विङ्गर जिपमा सवार उदयपुरगढी गाउँपालिका २ का १८ वर्षीय बिप्लब तामाङ १ सय ३० थान लागुऔषधसहित पक्राउ परेको प्रहरीले जनाएको छ।

लागुऔषधसहित भारतीय नागरिक पक्राउ

लागुऔषधसहित एक भारतीय नागरिकलाई सशस्त्र प्रहरीले आइतबार पक्राउ गरेको छ।सशस्त्र प्रहरी बल नेपाल नं. ९ गण हे.क्वा जलसागर महोत्तरीले चेक जाँचको क्रममा भारत विहारको मधवापुर १ पिरोखर बस्ने १९ वर्षिय राकेश कुमार महतोलाई लागुऔषधसहित पक्राउ गरेको हो।

लागुऔषध कारोबारीको नयाँ सञ्जाल, भरिया बालबालिका

प्रतिबन्धित लागुऔषध चरेस ओसारपसारमा संलग्न भएको भन्दै सुर्खेतमा एक बालक पक्राउ परे। सेवनकर्ताभन्दा पनि उनि भरियाका रूपमा प्रयोग भएका थिए। उनिजस्तै मुगुमा पनि चरेस पास (एक ठाउँबाट अर्काे ठाउँ लिने) गर्दै गर्दा अर्का बालक पक्राउ परे। उनिजस्तै कर्णालीमा लागुऔषध कारोबार गर्ने गिरोहले बालबालिकालाई प्रयोग गर्दै आएको छ। लागुऔषधि बालबालिकाबाट सहजै ओसारपसार गर्न सकिने हुँदा उनीहरू बालबालिकालाई प्रयोग गर्ने गरेका हुन्।

काठमाडौंका युवा लागुऔषधसहित उदयपुरमा पक्राउ

उदयपुर प्रहरीले लागु औषधसहित काठमाडौं र गाईघाटका यृुवालाई पक्राउ गरेको छ। गाईघाटतर्फ आउँदै गरेको स १ ज ६०२ नं. को विङ्गर गाडीमा उदयपुर र सप्तरीको सीमास्थल त्रियुगा नगरपालिका ६ लालपत्तास्थित सडकमा चेकजाँच गर्ने क्रममा ९० थान नाईट्रोजन ट्याब्लेटसहित युवाहरु पक्राउ परेका हुन्।

लागुऔषधसहित दुई जना पक्राउ

लागुऔषधसहित सिरहा प्रहरीले आज पुनः दुई युवकलाई पक्राउ गरेको छ। प्रहरीचौकी ठडीबाट खटिएको गस्ती टोलीले चेकजाँच गर्ने क्रममा लागुऔषधसहित भगवानपुर गाउँपालिका–५ निवासी २१ वर्षीय मुकेश कुमार र २५ वर्षीय सञ्जयकुमार यादवलाई पक्राउ गरेको हो।

लागुऔषध चरेससहित पक्राउ

लागुऔषध चरेससहित यहाँ दुई युवक पक्राउ परेका छन् । उनीहरुलाई दुई किलो ५०० ग्राम अवैध लागुऔषधसहित भूमे गाउँपालिका–४ धौलापहिराबाट सोमबार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

लागुऔषध चरेससहित दुई जना पक्राउ

लागुऔषध चरेससहित यहाँ दुई युवक पक्राउ परेका छन्। उनीहरुलाई दुई किलो ५०० ग्राम अवैध लागुऔषधसहित भूमे गाउँपालिका–४ धौलापहिराबाट सोमबार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको छ।

सीमावर्ती बजारमा लागुऔषध र अपराध साझा समस्या

मधुवन नगरपालिका सानोश्री बजारकी मनु भण्डारीले सीमावर्ती बजारमा देखिएका समस्याका बारे एक अन्तर्क्रियामा लामो सूची प्रस्तुत गरिन्। समस्याका लामो सूची प्रस्तुत गर्ने क्रममा लागु औषध र अपराध स्थानीय साझा समस्या भएको उनले बताईन्।

लागुऔषधसहित एक पक्राउ

मकवानपुरको हेटौँडा उपमहानगरपालिका–१० स्थित बसपार्कबाट प्रहरीले दुई लाख मूल्य बराबरको प्रतिबन्धित लागुऔषध ट्रमासहित एकजनालाई पक्राउ गरेको छ।

लागुऔषधसहित तीन युवक पक्राउ

लागुऔषधसहित सिरहाको बरियारपट्टी गाउँपालिका– १ कचनारीबाट मोरङको मिक्लाजुङ गाउँपालिका– ७ निवासी १८ वर्षीय रोशन खड्का, सोही ठाउँका ३० वर्षीय गोविन्द नेपाल र भारतको जिल्ला मधुवनी थना लौकाहा खुटौना फूलपरास निवासी १८ वर्षीय मोहम्मद रियाजलाई पक्राउ गरेको हो।

लागुऔषधसहित पक्राउ

जिल्लाको भेलुखेलबाट लागुऔषधसहित एकजना पक्राउ परेका छन्। महानगरीय प्रहरी परिसर, भक्तपुरका अनुसार पक्राउ पर्नेमा भक्तपुर नगरपालिका–४, भेलुखेलका ४८ वर्षीय राजन भेले छन्।

लागुऔषधसहित युवक पक्राउ

सिरहाको सीमावर्ती बरियारपट्टी नाकाबाट प्रहरीले लागुऔषधसहित एक जना युवकलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा गोलबाजार नगरपालिका– ४ का १९ वर्षीय विजय कुमार यादव छन्।

लागुऔषधसहित दुई पक्राउ

जिल्ला प्रहरी कार्यालय सुर्खेतले लागुऔषधसहित आज दुई युवकलाई पक्राउ गरेको छ। प्रहरीले वीरेन्द्रनगर नगरपालिका–६ सुर्खेत चिसापानीका २६ वर्षीय नवीन खड्का र सोही नगरपालिका–११ सुर्खेत पिपिरा चोक बस्ने २४ वर्षीय रमेश थापालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक रवि रावलले जानकारी दिए।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्