६ आश्विन २०८१ आइतबार
image/svg+xml
समाज

ब्राउन र ह्वाइट सुगरसहित एक जना पक्राउ

लहान - लहानबाट प्रहरीले ब्राउन र ह्वाइट सुगरसहित एक पुरुषलाई पक्राउ गरेको छ। पक्राउ पर्ने सप्तरी सुरुङ्गा नगरपालिका ८ का ३२ वर्षीय प्रेमकुमार चौधरी छन्।

स ४ प ४७३ नम्बरको मोटरसाइकलमा सवार चौधरीलाई लहान नगरपालिका १० ग्रामीण चोकमा शंका लागि चेकजाँच गर्दा ब्राउन सुगर १५ ग्राम ९२० मिलिग्राम र äाइट सुगर २०० मिलिग्राम, १ लाख ७ हजार ५ सय नेपाली रुपैयाँ र ५ हजार ४ सय ४० भारतीय रुपैयाँ, लागुऔषध नाप गर्ने मेसिन एक थान बरामद भएको जिल्ला प्रहरी प्रमुख एसपी उमाप्रसाद चतुर्वेदीले जानकारी दिए। पक्राउ परेका चौधरीलाई अवश्यक अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय लहानमा राखिएको छ।

प्रकाशित: ४ माघ २०७६ ०७:५८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App