१३ आश्विन २०८१ आइतबार
image/svg+xml

वृद्ध उद्धारमा गृह मन्त्रालय नै तगारो

उद्धारमा गृह मन्त्रालयले उदासीनता देखाउँदा वृद्धभत्ता लिन जाँदा भिरबाट लडेर बेहोस भएका गोरखाका एक वृद्धको ज्यान जोखिममा परेको छ ।

वृद्धभत्ता बुझेर घर फर्किदा खोलाले बगाएर वृद्धाको मृत्यु

वृद्धभत्ता बुझेर घर फर्किने क्रममा खोलाले बगाएर स्वामिकात्र्तिक खापर गाउँपालिकामा एक जना वृद्धाको मृत्यु भएको छ।

गाउँ-गाउँमै वृद्धभत्ता

खोटाङको साकेला गाउँपालिकाले गाउँघरमै पुगी वृद्धवृद्धा, ज्येष्ठ नागरिक, अशक्त तथा अपांगता भएका व्यक्तिलाई सामाजिक सुरक्षा (सासु) भत्ता वितरण गरेको छ।

वृद्धभत्ता ६५ वर्षमै दिने तयारी

विशेष गरी एमाले नेतृत्वको सरकारले सामाजिक सुरक्षाभत्तालाई भोट राजनीतिमा प्रयोग गर्दै आएकोमा प्रधानमन्त्री शेरबहादुर देउवाले पनि त्यसलाई निरन्तरता दिन लागेका छन्।

वृद्धभत्ता ठगी गरेको आरोपमा एक जना पक्राउ

कपिलवस्तुको शिवराज नगरपालिकाको चन्द्रौटामा एक वृद्धासँग वृद्धभत्ता रकम ठगेर लगेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा शिवराज नगरपालिका–४ चनइ बस्ने ४५ वर्षीय अमिन मिया रहेका छन् । मियाले ३ दिनअघि शिवराज–६ सुगानगर की ७८ वर्षीया तिर्था यादवको १२ हजार वृद्धाभत्ताको रकम ठगेर लगेका थिए ।

वृद्धभत्ताको विषयमा झगडा हुँदा छोराले गरे बुबाको हत्या

वृद्धभत्ताको विषयमा झगडा हुँदा कपिलवस्तुमा छोराले बुबाको हत्या गरेका छन्। शिवराज नगरपालिकामा–९ तुरुन्तपुरमा इँटाले हानेर छोराले आफ्नै बुबाको हत्या गरेका हुन्।

‘वृद्धभत्ता’ले हुर्काएका परेवा

‘यी परेवालाई मसँगै लैजान्छु, नत्र म पनि जान्नँ,’ ७१ वर्षीय सन्त चित्रकारको निर्णय सुनेपछि उनलाई लिन गएका व्यक्तिहरू अचम्ममा परे।

मृतककाे नाममा पनि वृद्धभत्ता निकासा

खोटाङको बराहपोखरी गाउँपालिकामा मृत्यु भइसकेका र बसाई सरिसकेका व्यक्तिको नाममा पनि सामाजिक सुरक्षाभत्ता निकासा भइरहेको खुलेको छ।

घरमै पुगेर वृद्धभत्ता दिँदै जनप्रतिनिधि

जिल्लाको पूर्वी क्षेत्रमा पर्ने बोगटान फुड्सिल गाउँपालिकाका वडाध्यक्ष वीरेन्द्रबहादुर चन्दसहितको वडा कार्यालयको टोलीले आफनो वडामा भएका सम्पूर्ण वृद्ध तथा एकल महिलालाई घरमै पुगेर वृद्ध तथा एकल महिला भत्ता वितरण गर्न थालेका छन्।

वृद्धभत्ता पाँच सय र २० प्रतिशतसम्म तलब बढ्ने

अर्थमन्त्री युवराज खतिवडा भत्ता र तलब दुवै बढाउन सहमत भए पनि स्रोतको उच्च दबाबका कारण कति र कुन विधिबाट बढाउने भन्ने अन्तिम निर्णय जेठ १४ भन्दा अघि हुने छैन ।

कर्मचारीको तलब र वृद्धभत्ता बढ्ने

आगामी आर्थिक वर्षको बजेटमा तीन वर्षदेखि नबढेको कर्मचारीको तलब र वृद्धभत्ता दुबै बढ्ने भएको छ। स्रोतले भ्याएसम्म पपुलिष्ट बजेट बनाउने तयारीमा जुटेको सरकारले आगामी आवमा कर्मचारीको तलब अधिकतम २५ प्रतिशतसम्म र वृद्धभत्ता एक हजार थप्ने तयारी गरेको हो।

वृद्धभत्ता हटाउने सरकारको तयारी

सरकारले वृद्धभत्ता हटाउने तयारी सुरु गरेको छ। हरेक निर्वाचनमा दलहरुको चुनावी अजेन्डा बन्दै आएको वृद्धभत्तालाई सरकारले अनुत्पादक क्षेत्रको लगानी र खराब संस्कृति भन्दै व्यवस्थित गर्न लागेको हो। वृद्धभत्ताको सट्टामा सरकारले छोराछोरीको कमाइबाट वृद्ध बुवाआमाको खातामा पैसा पठाउनुपर्ने व्यवस्था गर्न लागेको सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले जानकारी दिएका छन्।

यो बूढाबूढीको भलो चिताउने सरकार हो, आगामी बजेटमा वृद्धभत्ता बढ्छ : प्रधानमन्त्री ओली

प्रधानमन्त्री ओलीले  सामाजिक सुरक्षाका हरेक क्षेत्रमा सरकारको ध्यान पुगेको बताएका छन्।  प्रधानमन्त्री ओलीले कसैले भोकै नांगै बस्नु नपर्ने, मागेर खानुनपर्ने बताएका छन्। त्यस्तो अवस्थाका असहायको सहारा सरकार हुने प्रधानमन्त्री ओलीको भनाइ छ।

‘वृद्धभत्ता पाँच हजार पुग्छ’

नेकपाका नेता एवं उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलले पार्टीको एकता प्रक्रिया चाँडै टुङ्गोमा पुग्ने बताएका छन् । पार्टीको तल्लो तहमा देखिएको नैरास्यता र त्यसबाट सृजित क्षतिलाई पूर्ति गर्नेगरी अभियान पनि थालिने उनले बताए।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्