४ पुस २०८१ बिहीबार
image/svg+xml

मुक्तिनाथ फाउन्डेसनको शुभारम्भ

मुक्तिनाथ फाउन्डेसन सञ्चालनमा आएको छ। सामाजिक तथा आर्थिक रूपले पछाडि परेका र पारिएका व्यक्ति तथा समुदायलाई प्रत्यक्ष सहयोग गरी सकारात्मक रूपान्तरण गर्ने उद्देश्यले यो संस्था स्थापना गरिएको जनाइएको छ।

मुक्तिनाथ बैंकको वित्तीय साक्षरता

मुक्तिनाथ विकास बैंक लिमिटेडले सामाजिक उत्तरदायित्व अन्तर्गत वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ।

लोअर इर्खुवा हाइड्रो पावरको बिक्री प्रबन्धकमा मुक्तिनाथ

लोअर इर्खुवा हाइड्रोपावरको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल नियुक्त भएको छ।

मुक्तिनाथका ग्राहकलाई आगन्तुकमा छुट

मुक्तिनाथ विकास बैंकले आफ्ना भिजा डेबिट कार्डवाहक तथा मोबाइल बैंकिङ सेवाग्राहीलाई थप सेवा दिन आगन्तुक रिसोर्ट प्रालिसँग सम्झौता गरेको छ।

आजदेखि खुल्यो मुक्तिनाथ मन्दिर

“स्वदेशीका लागि पिसीआर, एन्टिजेन परीक्षणको रिपोर्ट वा कोरोनाविरुद्धको खोप लगाएकोमध्य कुनै एक प्रमाणको आधारमा मुक्तिनाथमा प्रवेश दिने निर्णय भएको छ”, उनले भने, “विदेशीका लागि सात दिनभित्रको पिसीआर रिपोर्ट अनिवार्य गरिएको छ।”

मुक्तिनाथ मन्दिर आइतबारदेखि खुल्ने

कोरोना भाइरस संक्रमणको त्रासले झन्डै ६ महिनादेखि बन्द रहेको हिमाली जिल्ला मुस्ताङको मुक्तिनाथ मन्दिर आगामि आइतबारदेखि खुल्ने भएको छ । मन्दिर खुलेपछि पर्यटकीय गतिविधि बढ्ने विश्वास पोखराका पर्यटन व्यवसायीको छ ।

मुक्तिनाथ क्यापिटलको साधारणसभा

मुक्तिनाथ क्यापिटलको १२औं वार्षिक साधारणसभा सम्पन्न भएको छ। क्यापिटलका सञ्चालक समितिका अध्यक्ष सीताराम काफ्लेको अध्यक्षतामा सभा सम्पन्न भएको हो।

मुक्तिनाथ विकास बैंकको नाफाअर्ब नाघ्यो

मुक्तिनाथ विकास बैंकले आर्थिक वर्ष २०७७/७८ तेस्रो त्रैमाससम्ममा एक अर्बभन्दा बढी नाफा कमाएको छ। ख वर्गको बैंकले एक अर्बभन्दा बढी नाफा कमाएको यो पहिलो घटना भएको बैंकको दाबी छ।

मल नल्याउने दुई कम्पनी कारबाहीमा

मल नल्याएपछि दुवै कम्पनीको धरौटी जफत गरेर कालो सूचीमा राख्ने निर्णय भएको कृषि सामग्री कम्पनीका सूचना अधिकारी विष्णु पोखरलले बताए। पोखरेलका अनुसार ती दुई कम्पनीले डिसेम्बर पहिलो हप्ता मल ल्याउने प्रतिबद्धता जनाएका थिए।

मुक्तिनाथ बैंकलाई ‘युरोपियन माइक्रोफाइनान्स २०२०’ अवार्ड

मुक्तिनाथ विकास बैंक लक्जमवर्गमा आयोजित ‘युरोपियन माइक्रोफाइनान्स अवार्ड २०२०’ को विजेता भएको छ ।

विकास बैंकमा मुक्तिनाथको नाफा अधिक

चालु आर्थिक वर्षको पहिलो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेका ‘ख’ वर्गका विकास बंैकमध्ये सबैभन्दा बढी नाफा मुक्तिनाथ विकास बंैकले कमाएको छ। यसले अन्य क्षेत्रीय तथा राष्ट्रिय स्तरका विकास बैंकलाई पछि पारेको छ।

‘मुक्तिनाथमा पितृ तपर्ण गर्न नदिने समूहलाई तत्काल पक्राउ गर्न सरकारसँग माग’

विश्व हिन्दु युवा संघ, अन्तराष्ट्रिय समिति र विश्व हिन्दु महासंघ, काठमाडौं उपत्यका समितिले मुस्ताङको मुक्तिनाथ मन्दिरस्थित कागबेनीमा सोह्र श्राद्ध तथा पितृ तपर्ण कार्य गर्न नदिने समूहलाई तत्काल नियन्त्रण गर्न सरकारसँग माग गरेका छन्।

मुक्तिनाथतर्फ जाँदै गरेको भारतीय बस कमलबारीमा दुर्घटना

दुर्घटनामा घाइतेमध्ये १२ जनालाई उपचारका लागि पोखरास्थित मणिपाल शिक्षण अस्पताल पठाइएको र बाँकी सबै डिस्चार्ज भइसकेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्