१६ जेष्ठ २०८१ बुधबार
image/svg+xml
अर्थ

मुक्तिनाथ विकास बैंकको नाफाअर्ब नाघ्यो

मुक्तिनाथ विकास बैंकले आर्थिक वर्ष २०७७/७८ तेस्रो त्रैमाससम्ममा एक अर्बभन्दा बढी नाफा कमाएको छ। ख वर्गको बैंकले एक अर्बभन्दा बढी नाफा कमाएको यो पहिलो घटना भएको बैंकको दाबी छ।  

उक्त बैंकले चालु आर्थिक वर्षका चैत मसान्तसम्ममा एक अर्ब ५६ लाख ३० हजार रूपैयाँ खुद नाफा आर्जन गरेको विज्ञप्तिमार्फत जनाएको छ। यो गत सालको सोही अवधिको तुलनामा ४७.७५ प्रतिशतले बढी हो।

खुद नाफा उकालो लागे सँगै बैंकको प्रतिसेयर आम्दानी बढेर २७ रूपैयाँ ८७ पैसा पुगेको छ। बैंकको वितरणयोग्य मुनाफा ८२ करोड ८७ लाख १९ हजार रूपैयाँ पुगेको छ।

प्रकाशित: ९ वैशाख २०७८ ०४:४२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App