५ आश्विन २०८१ शनिबार
image/svg+xml

विपी राजमार्गको सडक भासियो, सवारी आवागमन अवरुद्ध

विपी राजमार्ग सडकखण्डअन्तर्गत सिन्धुलीको शीतलपाटीमा पर्ने राजमार्ग सुनकोसी नदीमा खसेको छ। शीतलपाटी–९ वेनीघाट खाल्टेमा पर्ने विपी राजमार्गको झन्डै एक सय मिटर सडक गएराति सुनकोसी नदीमा खसेको हो।

राजमार्ग सफा गर्दै सिडिओ

प्रमुख जिल्ला अधिकारी ताराबहादुर कार्की सोमबार बिहानै बिपी राजमार्गको छेउमा फोहोर टिप्दै गरेको अवस्थामा भेटिए। मुलुककै नमूना पर्यटकीय राजमार्गको आसपासमा अत्याधिक फोहोर भएपछि त्यसको सरसफाईमा प्रजिअ कार्की आफैँ खटिएपछि ठूलो सङ्ख्यामा स्थानीय सडकको फोहोर टिप्न उत्रिए।

भारतले हुलाकी राजमार्गको पहिलो किस्ता दियो

ठेक्का प्रक्रिया पूरा भइसक्दा पनि आवश्यक रकमको जोहो हुन नसकेको हुलाकी राजमार्ग निर्माणका लागि भारतले पहिलो किस्ताको रकम नेपाललाई उपलब्ध गराएको छ। पहिलो चरणमा २ सय ९९ किलोमिटर सडक निर्माण गर्न भारतले २४ करोड ९७ लाख १० हजार ६ सय ९८ रुपैयाँ हस्तान्तरण गरेपछि अब हुलाकी राजमार्गले गति लिने अपेक्षा गरिएको छ।

दुर्घटनामा महिलाको मृत्युपछि राजमार्ग अबरुद्ध

पूर्व–पश्चिम राजमार्गको लहान–३ मा बिहीबार स्कुल बसको ठक्करबाट तरकारी बेच्न गईरहेकी महिलाको मृत्यु भएको छ ।

निर्माण सम्पन्न नभई हुलाकी राजमार्ग उद्‌घाटन, भारतीय राजदूतलाई कालोझन्डा देखाउने ६ पक्राउ

१८ किलोमिटर सडक र ६ वटा पुल निर्माण बाँकी रहेको कैलालीको हुलाकी राजमार्ग भौतिक योजना तथा यातायात मन्त्री रमेश लेखक तथा भारतीय राजदूत रणजीत रायले संयुक्त रुपमा उद्‌घाटन गरेका छन्।

तुसारोले मेची राजमार्गमा जोखिम

झापाबाट ताप्लेजुङको सिनाम मोटरसाईकलमा हिडेका देवु वाँनिया मेची राजमार्गको लालीखर्क खण्डमा तुसारोमा चिप्लीएर दुई पल्ट लडे। मोटरसाईकलमा सवार दुई जना दाजुभाइलाई धन्न नराम्रो भएन। खुट्टा टेक्दा समेत चिप्लिनेबाटामा दुई पल्ट लडेपछि करीव एक किलोमीटर ठेलेर बाईक ल्याएको अनुभव फिदिममा आहिपुगेर सुनाए।

हुलाकी राजमार्गलाई पूर्व–पश्चिम विस्तार गरिने

तराईं–मधेसको विकासको मेरुदण्ड मानिएको हुलाकी राजमार्ग अब पूर्व–पश्चिमसम्म पनि विस्तार गरिने भएको छ । अहिलेसम्म हुलाकी राजमार्ग उत्तर–दक्षिण जोड्नका लागि मात्र बनाउने तयारी भइरहेको थियो ।

हुलाकी राजमार्ग बनाउन नेपाल आफैं सक्रिय

तराई-मधेसको मेरुदण्ड मानिएको हुलाकी राजमार्ग निर्माण गर्न नेपाल सक्रिय भएको छ। भारतको आर्थिक तथा प्राविधिक सहयोगमा बनाउन खोजिएको हुलाकी राजमार्ग विभिन्न कारणले बन्न नसकेपछि नेपालले भारतीय ठेकेदारसँग सम्झौता तोडेर आफ्नै पहलकदमीमा बनाउन थालेको हो। हुलाकी राजमार्ग निर्माणका लागि भारतको सहयोग भने लिइने भएको छ।

राजमार्गका अधिकाशं पक्की पुल जीर्ण बन्दै

पूर्वपश्चिम राजमार्ग अन्तर्गत नवलपरासीमा रहेका अधिकांश पक्की पुल जीर्ण बन्दै गएका छन् । पुल थोत्रो भएको तर समयमै मर्मत हुन नसक्दा थप जोखिमपूर्ण यात्रा गर्न यात्रु बाध्य भएका छन् । नवलपरासीको बहुलाहा, जयश्री, अरुणखोला, डन्डाखोला र लोकाहा खोलाका पुल थोत्रिरहेका छन् ।

ठक्करको सिकार राजमार्गका पुल

नारायणगढबाट बुटबल जाँदै गरेको ना.६ख ३०१७नम्बरको आइतबार ट्रकले ठक्कर दिएकोनवलपरासी दलदलेस्थित बौलाहाखोलाको पुलमा ठोक्किएर पल्टियो । ट्रक हटाइए पनि पुलबाट गाडी ओहोरदोहोर हुन सकेन ।पुल भाँच्चिएपछि आइतबार दिनभर पूर्व–पश्चिम महेन्द्रराजमार्गको नारायणगढ–कावासोती खण्डमा यातायातआवागमनप्रभावितभयो ।पुललगभगतीन फिट तलभास्सिएको छ ।

नवलपरासी बाैलाहा खोलाको पुल भाच्चियो: राजमार्गमा यातायात ठप्प

ट्रकको ठक्करले पूर्व पश्चिम महेन्द्र राजमार्गमा रहेको पुल भाच्चिएपछि नवलपरासीको दलदलेमा यातायात आवागमन आज आइतबार बिहानदेखि ठप्प भएको छ। नारायणगढबाट बुटबल जाँदै गरेको ना ६ ख ३०१७ नम्बरको ट्रक पुलमा ठोक्किएर पल्टिएको थियो। ट्रक हटाएपनि पुलमा क्षति भएका कारण गाडी चल्न नसकेको इलाका प्रहरी कार्यालय नवलपुर कावासोतीले जनाएको छ।

मध्यपहाडी राजमार्ग विस्तार रोकियो

ऊर्जा र भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयबीच पर्याप्त समन्वय नहुँदा मध्यपहाडी राजमार्ग निर्माण एवं विस्तारको काम लामो समयदेखि रोकिएको छ ।

पुर्नसंरचनामा असन्तुष्टि जनाउँदै मेची राजमार्ग अवरुद्ध

स्थानीय तहको पुनः संचरनामा असन्तुष्टि जनाउँदै जिल्लास्थित विभिन्न गाविसका बासिन्दाले मेची राजमार्ग अवरुद्ध गरेका छन्। मेची राजमार्गको पाँचथर छिर्ने राँके बजारमा शनिबार दिउँसोदेखि यातायात अवरुद्ध गराएका हुन्। शुक्रबार फिदिममा बृहद प्रर्दशन गर्दै यातायात अवरुद्ध गर्ने चेतनावनी दिइएको थियो।

बिपी राजमार्गमा यातायात व्यवसायी–प्रहरी दैनिक टकराब

चार्डपर्वलाई मध्यनजर गर्दै सरकारले बिपी राजमार्गमा अनिवार्य पटके काटेर गाडी सञ्चालन गराउँदै आएकोमा पुनः इजाजत बिनाका सवारी प्रहरीले रोकेको छ। दशैं अवधिभरलाई सरकारले पटकेमा सञ्चालन गरे पनि दशैं सकिएसँगै पूर्वी तराई क्षेत्रका गाडी बिपी राजमार्गबाट निरन्तर सञ्चालन हुन थालेपछि प्रहरीले रोकेको हो।

हुलाकी राजमार्ग निर्माण, आधा काम स्वदेशी लगानीमा

समझदारी भएको १३ वर्षसम्म काम नगरेर भारतले जिम्मा लाएको हुलाकी राजमार्गको झन्डै आधा काम नेपालले आफ्नै लगानीमा निर्माण गर्ने भएको छ। भारतको भर पर्दा सडक पूरा हुन वर्षौं लाग्ने देखिएकाले आधा कामको जिम्मा सरकारले लिएको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्