२३ आश्विन २०८१ बुधबार
image/svg+xml

त्रिवि आंशिक प्राध्यापक संघ आन्दोलनमा

त्रिभुवन विश्वविद्यालयले यसै शैक्षिक सत्रदेखि कार्यान्वयनमा ल्याएको त्रिवि अतिरिक्त कक्षा व्यवस्थापनको निर्देशिका २०७७ खारेजीको माग गर्दै त्रिवि आंशिक प्राध्यापक संघ आन्दोलनमा उत्रेका छन्।

लुम्बिनी बौद्ध विश्वविद्यालयले परीक्षा सञ्चालन गर्ने

लुम्बिनी बौद्ध विश्वविद्यालयले यही भदौ २८ गतेबाट स्नातक र स्नातकोत्तर तहको परीक्षा सञ्चालन गर्ने भएको छ ।

राजनीतिक खिचातानीमा विश्वविद्यालय

त्रिभुवन विश्वविद्यालयमा लकडाउनयता पदाधिकारीले एकलौटी रूपमा विभिन्न कलेज, विभाग, डिन कार्यालय, अध्ययन संस्थानलगायत निकायका ३३ पदमा नेकपाका कार्यकर्ता धमाधम नियुक्ति गरिएपछि विश्वविद्यालयभित्र विद्यार्थी, प्रध्यापक र पदाधिकारीबीच मुठभेडको अवस्था उत्पन्न भएको छ ।

विश्वविद्यालयमा तालाबन्दी खोल्न अन्तरिम आदेश

त्रिभुवन विश्वविद्यालयका विभिन्न कार्यालयमा विभिन्न संघ÷संगठनले लगाएको ताला खोल्न उच्च अदालत पाटनले अन्तरिम आदेश दिएको छ। विश्वविद्यालयका कर्मचारीले ताला खोल्न माग गर्दै वन विज्ञान अध्ययन संस्थानका डिन कार्यालयका कर्मचारी महेश्वरमान श्रेष्ठ र पुल्चोक इन्जिनियरिङ अध्ययन संस्थानका कर्मचारी गणेशलाल श्रेष्ठले दिएको रिटकोे सुनुवाइ गर्दै आइतबार न्यायाधीश रामबहादुर थापाको एकल इजलासले ताला खोल्न आदेश दिएको हो।

तालाबन्दीको घेरामा विश्वविद्यालय

मुलुककै पुरानो त्रिभुवन विश्वविद्यालयमा पठनपाठन र शैक्षिक कृयाकलापको थलो बन्नु पर्नेमा हाल तालाबन्दी गर्ने थलो बनेको छ । यति मात्र होइन विश्वविद्यालय भित्र प्रवेश गर्दा उपकुलपति प्रा.डा. धर्मकान्त वास्कोट, शिक्षाध्यक्ष शिवलाल भूषाल, रजिष्ट्रार पेशल दहालको कार्यमा तीन वटा ताला सिक्रिले बाँधिएर झुन्डिएको र ढोकाभरि विभिन्न दलका विद्यार्थी र प्रध्यापकको मागसहितको विज्ञप्ती टाँसिएको छ ।

त्रिविका प्राध्यापक र विद्यार्थीले लगाए आफ्नै पदाधिकारीको कार्यकक्षमा ताला

अगामी परीक्षाहरुको तयारी, सम्पन्न परीक्षाको नतिजा प्रकाशन,थेसिस र भाइभा समकक्षता निर्धारण लेखापरीक्षणका कामहरु रोकिएका छन् । त्रिवि सेवा आयोगमा लामो समयदेखि रोकिएको नतिजा प्रकाशन तथा विज्ञपान सम्बन्धी कार्य भइरहेको अवस्थामा तालबन्दीका कारण अवरुद्ध बनेको छ ।

सेमेष्टर परीक्षा भदौ तेस्रो र वार्षिक परीक्षा असोज पहिलो हप्तादेखि गर्ने

त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले बन्दाबन्दी खुलेसँगै रोकिएका परीक्षा यही भदौको तेस्रो हप्ताबाट शुरु गर्ने तयारी थालेको छ । बन्दाबन्दी खुलेसँगै विद्यार्थीले दुई हप्ताभित्र काठमाडौं आउने समय मागेकाले भदौ तेस्रो हप्तादेखि परीक्षा गर्ने तयारी थालेको हो ।

लुम्बिनी बाणिज्य क्याम्पसलाई मानित विश्वविद्यालयमा रुपान्तरण गर्ने प्रस्ताव

समुदायस्तरबाट नेपालमै एक मात्र व्यवस्थापन शंकाय सञ्चालन गर्दै आएको बुटवलको लुम्बिनी वाणिज्य क्याम्पसलाई विश्वविद्यालयका रुपमा रुपान्तरण गर्ने प्रस्ताव अघि सारिएको छ ।

पोखरा विश्वविद्यालयका विद्यार्थी आन्दोलित

विगत १० महिनादेखि निमित्त उपकुलपतिको भरमा चलेको पोखरा विश्वविद्यालय पछिल्लो ३ महिनादेखि उपकुलपति विहिन भएपछि विद्यार्थीहरू आन्दोलित भएका छन् । उपकुलपति नियुक्तीको माग गर्दै विद्यार्थीहरुले शुक्रबार जिल्ला प्रशासन कार्यालय अगाडी शान्तीपूर्ण प्रर्दशन गरेका थिए ।

गण्डकी विश्वविद्यालयको नयाँ पाठ्यक्रम ‘स्पोर्टस साईन्स एण्ड मेनेजमेन्ट’

गण्डकी प्रदेशमा खेलकुदका पूर्वाधार धेरै बन्ने क्रममा छन्। कतिपय बनिसकेका छन्। खेलकुदका पूर्वाधार मात्रै नभई खेलकुदको विकास गर्ने नेतृत्वदायी भूमिका समेत उत्पादन हुनुपर्छ। व्यवस्थापकीय क्षमता नभएकोले नेतृत्व राम्रो हुदैन्। दक्षतासहितको नेतृत्वले मात्रै खेलुकदको विकास गर्छ।

वरिष्ठताका आधारमा पदाधिकारी नियुक्तिको माग गर्दै तालाबन्दी

त्रिभुवन विश्वविद्यालयका पदाधिकारी नियुक्ति जेष्ठता र प्राज्ञिक वरिष्ठताका आधारमा गर्न माग गर्दै प्राध्यापकहरूले उपकुलपति, रजिष्ट्रार र रेक्टरको कार्यालयमा तालाबन्दी गरेका छन्।

नेकपा गुटगत किचलोको असर विश्वविद्यालयमा

नौ महिनादेखि उपकुलपति नहुँदा बजेट, नीतिगत कार्यक्रम, अनलाइन कक्षा, परीक्षा तथा दीक्षान्त समारोह एक वर्ष ढिला भएको छ।

होम सेन्टरबाटै परीक्षा लिने व्यवस्था गर्दै विश्वविद्यालय

‘विश्वविद्यालय स्वायत्त निकाय हो, आफ्नो परिस्थितिअनुसार कार्यविधि बनाएर अघि बढ्छौं’

केयूद्वारा पौने चार अर्बको बजेट पारित

काठमाडौं विश्वविद्यालय (केयू)को ८७ औं सभाले आर्थिक वर्ष ०७७/७८ का लागि कूल तीन अर्ब ७० करोड रुपैयाँको अनुमानित आय–व्यय विवरण (बजेट) पारित गरेको छ।

विश्वविद्यालय परीक्षा होम सेन्टरबाटै दिन सकिने

कोरोना भाइरस (कोभिड–१९) का कारण लामो समयदेखि अवरुद्ध विश्वविद्यालयहरूको परीक्षा सञ्चालनको गाँठो फुकाउन सरकारले होम सेन्टर कायम गरेर भए पनि परीक्षा सञ्चालन गर्ने निर्देशिका जारी गरेको छ। कोरोना संक्रमणका कारण समस्या भएपछि विकल्पका रूपमा विद्यार्थीले आफूले पढेकै ठाउँबाट पनि परीक्षा दिनसक्ने व्यवस्था गरेको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्