२१ आश्विन २०८१ सोमबार
image/svg+xml

‘ओलीको कारबाही दुराशयको निरन्तरता’

एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टी नेताहरू माधवकुमार नेपाल, भीम रावल, घनश्याम भुसाल र सुरेन्द्र पाण्डेलाई गरिएको कारबाहीको ओली इतर समूहले भत्र्सना गरेको छ।

सरकारको कमजोरीमा सेवाग्राहीलाई दण्ड दिनु उचित हुँदैनः प्रधानमन्त्री ओली

'यस्तो व्यवस्था सच्याइनुपर्छ, सेवा नदिइ जरिवाना लिन त झन् मिल्दै मिल्दैन, सरकारको कमजोरीमा सेवाग्राहीलाई दण्ड दिनु उचित हुँदैन', प्रधानमन्त्री ओलीले भने। सडक निर्माण गर्दा खानेपानी, विद्युत्, नेपाल टेलिकमलगायत सरोकार भएका निकायसँग समन्वय गरेर काम गर्न पनि उनले निर्देशन दिए।

याङ्ग्री र लार्केको पानी ३ वर्षभित्र काठमाडौंमाः प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले याङ्ग्री र लार्केको पानी ३ वर्षभित्र काठमाडौंमा ल्याउने बताएका छन्।

पुनर्स्थापित संसद्लाई तानातानको थलो बनाइयोः प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले संसद्लाई तानातानको थलो बनाएको बताएका छन्। मेलम्ची खानेपानी आयोजनाको शुक्रबार भृकुटीमण्डपमा आयोजित औपचारिक उद्घाटन कार्यक्रममा ओलीले पुनर्स्थापित संसद् देश र जनताको समस्यामा भन्दा पनि राजनीतिक दलहरुको तानातानको थालो बन्न गएको तर्फ संकेत गरे।

जसपालाई फकाउँदै ओली

स्रोतका अनुसार जसपा सरकारमा सहभागी भएमा उसलाई महत्वपूर्ण आठ मन्त्रालय दिन प्रधानमन्त्री ओली तयार भएका छन्। यसैगरी संवैधानिक आयोगहरूमा रिक्त पदमा भागबण्डा गर्न पनि प्रधानमन्त्री तयार भएका छन्।

चर्को आलोचनापछि सूर्य थापाले हटाए प्रचण्डमाथि व्यंग्य गरेको पोष्ट

नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले ट्वीटरमा आफैंले लेखेको पोस्ट हटाएका छन्।

प्रचण्डलाई सूर्य थापाको व्यंग्यः आफैले भाँड्न चाहेको एकता कति प्यारो ?

नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'माथि व्यंग्य गरेका छन्।

प्रधानमन्त्री ओलीले संसदबाट विश्वासको मत लिनुपर्छः सांसद गुरुङ

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का सांसद देवप्रसाद गुरुङले दल विभाजित भएको अवस्थामा सरकारको अवस्था के हुने भन्ने प्रश्न उब्जिएको बताएका छन्।

प्रधानमन्त्रीको कदमको औचित्य पुष्टि हुँदै जान्छ : महेश बस्नेत

पूर्वमन्त्री एवं नेकपा (एमाले)का युवा नेता महेश बस्नेतले प्रधानमन्त्री केपी शर्मा ओलीको प्रतिनिधिसभा विघटन गर्ने कदमको बिस्तारै औचित्य पुष्टि हुँदै जाने बताएका छन्। संसद्ले कामै गर्न नसक्ने अवस्थामा पुगेको बताउँदै नेता बस्नेतले घटनाक्रमहरूले प्रतिनिधिसभा विघटन गर्ने कदमको औचित्य पुष्टि हुने बताए।

मुलुकको राजनीतिक धमिल्याउने र संकट निम्त्याउने प्रयास भइरहेको छ: ओली

प्रधानमन्त्री ओलीले निहित व्यक्तिको स्वार्थका कारण मुलुकको राजनीतिक धमिल्याउने र संकट निम्त्याउने प्रयास भइरहेको आरोप लगाएका हुन्। यो देश प्रचण्ड(पुष्पकमल दाहाल) भन्ने मान्छेको स्वार्थका पछाडि सती जानुपर्ने हो भन्ने प्रश्न गर्दै प्रधानमन्त्री ओलीले सर्वोच्च अदालतले फागुन २३ गतेको फैसलाविरुद्ध पुनरावेदनका लागि गएको प्रति व्यंग्य गरे।

‘कम्युनिस्ट आन्दोलन ध्वस्त पार्दै ओली’

एमाले माधवकुमार नेपाल–झलनाथ खनाल पक्षले पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली नेपालको कम्युनिस्ट आन्दोलन छिन्नभिन्न र ध्वस्त बनाउन लागेको निष्कर्ष निकालेको छ। अध्यक्ष ओलीले सोमबार नेता नेपाल र भीम रावललाई पार्टी सदस्यबाट ६ महिनाका लागि निलम्बन गरेपछि मंगलबार बसेको नेपाल–खनाल पक्षको स्थायी कमिटी बैठकले यस्तो निष्कर्ष निकालेको हो।

निर्वाचनमा जाँदा लोकतन्त्र सङ्कटमा पर्दैन : प्रधानमन्त्री

उनले भने, 'प्रतिनिधिसभा विघटनको निर्णयलाई सर्वोच्चले बदर गरिदिएपछि अबको २० महिनामा नियमित प्रक्रियाबाटै पनि चुनाव हुन्छ। त्यसले कसरी लोकतन्त्रलाई खतरामा पार्छ?' उनले केही नेताको राजनीतिक सङ्कटमा परेको भए पनि मुलुकलाई सङ्कट नपरेको स्पष्ट गरे।

नेता पाण्डेको अध्यक्ष ओलीलाई प्रश्नः प्रचण्डको मतियार तपाई हो कि अरु कोही?

उनले स्पष्टीकरण पत्रमा लेखेका छन्, 'मलाई 'प्रचण्डको मतियार’ भन्ने लगाउनु भएको आरोप मलाई हास्यास्पद लाग्यो। किनकि ०७४ अशोज १५ गते तपाई एक्लैले तत्कालिन नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच चुनावी तालमेल गर्ने र दुई पार्टीबीच सिटको बाँडफाँड गर्ने गोप्य सहमति गर्नु भयो।'

प्रधानमन्त्री ओलीले जारी गरे अन्तरपार्टी निर्देशन

प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अन्तरपार्टी निर्देशन जारी गरेका छन्। गत फागुन २८ गते र चैत ७ गते प्रधानमन्त्री निवास बालुवाटारमा बसेको केन्द्रीय कमिटी बैठकको निर्णयलाई एकरुपताका साथ आत्मसात गर्न प्रधानमन्त्री ओलीले अन्तरपार्टी निर्देशन जारी गरेका हुन्।

ओलीलाई घनश्याम भुषालको पत्रः कमरेड ! पार्टीलाई अगाडि बढ्न दिनुस्, अझै पनि व्यक्तिवादको घोर नशाबाट ब्युँझनुस्

नेकपा एमाले नेता घनश्याम भुषालले प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीले सोधेको स्पष्टीकरणको जवाफ दिएका छन्। भुषालले मंगलबार पठाएको पत्रमा प्रधानमन्त्री ओलीलाई व्यक्तिवादको घोर नशाबाट ब्यूँझन आग्रह गर्दे उनले लगाएको आरोप बनावटी भएको बताएका छन् ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्