२० आश्विन २०८१ आइतबार
image/svg+xml
राजनीति

प्रधानमन्त्री ओलीले जारी गरे अन्तरपार्टी निर्देशन

प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अन्तरपार्टी निर्देशन-९ जारी गरेका छन्। गत फागुन २८ गते र चैत ७ गते प्रधानमन्त्री निवास बालुवाटारमा बसेको केन्द्रीय कमिटी बैठकको निर्णयलाई एकरुपताका साथ आत्मसात गर्न प्रधानमन्त्री ओलीले अन्तरपार्टी निर्देशन जारी गरेका हुन्। ओलीले जारी गरेको अन्तरपार्टी निर्देशन २० पृष्ठको रहेको छ।  

अन्तरपार्टी निर्देशनमा तिक्ततालाई बिर्सेर सबैलाई स्वागत गरिने र सबैलाई सम्मानपूर्वक काम दिइने भनिएको छ। यस्तै, पार्टी विचारमा आधारित संस्था भएकोले कसैप्रति पनि पूर्वाग्रह नराखिने सो अन्तरपार्टी निर्देशनमा लेखिएको छ।

प्रकाशित: १७ चैत्र २०७७ १०:११ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App