७ आश्विन २०८१ सोमबार
image/svg+xml

प्रधानन्यायाधीश सिफारिसको लागि सोमबार संवैधानिक परिषदको बैठक

नयाँ प्रधानन्यायाधीश सिफारिसको लागि संवैधानिक परिषदको बैठक बोलाइएको छ। सोमबार ११ बजेका लागि परिषदको बैठक बोलाइएको हो।

अस्वीकृत जोशीको नाम योग्य सूचीमा

न्याय परिषद् सचिवालयले सर्वोच्च अदालतका न्यायाधीश दीपकराज जोशी प्रधानन्यायाधीशमा योग्य रहेको अभिलेख संवैधानिक परिषद्मा पठाएको छ। सचिवालयले संसदीय सुनुवाइ समितिबाट एकपटक अस्वीकृत भइसकेका जोशीको अभिलेख दोस्रोपटक संवैधानिक परिषद्मा पठाएको हो।

ट्रम्प र प्रधानन्यायाधीशबीच भनाभन

राष्ट्रपति र सर्वोच्च अदालतका प्रधानन्यायाधीशबीच अमेरिकामा विरलै वादप्रतिवादका घटना हुने गरेको छ।

पीडितलाई न्याय दिने सवालमा चनाखो बन्नुस् : प्रधानन्यायाधीश मिश्र

प्रधानन्यायाधीश ओम प्रकाश मिश्रले पीडितलाई न्याय दिने सवालमा चनाखो बन्न निर्देशन दिएका छन्।

फाेटाेपत्रकार आलमको रिहाइ माग

पूर्व प्रधानन्यायाधीश सुशीला कार्कीलगायत ३४ जना प्रभावशाली दक्षिण एसियालीले बंगलादेशी फोटोग्राफर तथा सांस्कृतिक अभियन्ता साहिदुल आलमको रिहाइको माग गरेका छन् । यी ३४ जना दक्षिण एसियालीले बंगलादेशी प्रधानमन्त्री शेख हसिना वाजेदलाई पत्र लेखी आलमलाई रिहाइ गर्न भनेका हुन्।

राष्ट्रपतिको राजसी टीका

राष्ट्रपति विद्यादेवी भण्डारीले पूर्वप्रधानन्यायाधीश गोपाल पराजुलीलाई दसैंको अवसरमा टीका लगाइदिँदै गरेको तस्बिर सामाजिक सञ्जालमा भाइरल बनिरहेको छ । सो तस्बिरमा सोफामा बसेकी राष्ट्रपति भण्डारीले आफ्नो अगाडि घुँडा टेकेर बसेका पूर्वप्रधानन्यायाधीश पराजुलीलाई टीका लगाइदिँदै गरेको देखिन्छ।

विचाराधीन मुद्दामा लेख्दा क्षति : प्रधानन्यायाधीश मिश्र

प्रधानन्यायाधीश ओमप्रकाश मिश्रले अदालतमा विचाराधीन मुद्दामा सञ्चार माध्यमले लेखेका कारण क्षति भैरहेको बताएका छन् । संवैधानिक तथा न्यायिक पत्रकार मञ्चले सर्वोच्च अदालतमा आयोजना गरेको शुभकामना अदानप्रदान कार्यक्रममा चलिरहेको विषयमा मिडियाले लेख्दा न्यायमा क्षति पुगेको बताएका हुन्।

विचाराधिन मुद्दाकाे समाचार सम्प्रेषणले न्याय सम्पादनमा असर गर्छ : प्रन्या मिश्र

प्रधानन्यायाधीश ओमप्रकाश मिश्रले अदालतमा विचाराधिन मुद्दामा समाचार लेख्दा न्याय सम्पादनमा नै असर पर्नेतर्फ सचेत रहन आग्रह गरेका छन्। संवैधानिक तथा न्यायिक पत्रकार मञ्चद्वारा आयोजित शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानन्यायाधीश मिश्रले विचाराधिन अवस्थाका मुद्दाको समाचार सम्प्रेषणले न्याय सम्पादनसँगै मानव अधिकारलाई समेत असर गर्ने बताए।

प्रशासकीय अदालतको क्षेत्राधिकार बढाउन माग

प्रधानन्यायाधीश ओमप्रकाश मिश्रले प्रशासकीय अदालतको क्षेत्राधिकार बढाउनुपर्ने बताएका छन्। प्रशासकीय अदालत दिवसको सन्दर्भमा मंगलबार काठमाडौंमा आयोजित अन्तरक्रिया कार्यक्रममा मिश्रले क्षेत्राधिकार बढाएमा सर्वोच्चलगायत अन्य अदालतलाई कार्यबोझ कम हुने बताए।

'स्वतन्त्र र निर्भीक न्यायाधीश आवश्यक'

पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीले न्यायाधीश स्वतन्त्र र निर्भीक बन्न आवश्यक भएको बताएकी छन्।

मुद्दाको थुप्रोमाथि निकासको सकस!

संसदीय समितिबाट इन्कार गरिएपछि कामु प्रधानन्यायाधीश दीपकराज जोशी बिदा लिएर बसे। अनि उनी पछिका ओमप्रकाश मिश्र कामु प्रधानन्यायाधीश बने । तर बिदा लिएर घर बसेका जोशी अकस्मात् सर्वोच्च अदालत परिसरमा देखिए।

कानुनको बाटो छाड्दिनँ : प्रधानन्यायाधीश

नवनियुक्त प्रधानन्यायाधीश ओमप्रकाश मिश्रले कानुनको बाटो आफूले कुनै पनि हालतमा नछाड्ने दृढता व्यक्त गर्दै त्यसो गर्दा बीचमै छाड्नुपर्ने अवस्था आए आफू तयार रहेको बताएका छन्।

सुनुवाइ समितिले काम सक्यो, जोशीको पछाडि हिँड्दैन

संसदीय सुनुवाइ समितिले प्रधानन्यायाधीशका लागि अस्वीकृत गरेका सर्वोच्च अदालतका हालका न्यायाधीश दीपकराज जोशीको शैक्षिक प्रमाणपत्रलगायतका विषयमा थप अध्ययन नगर्ने भएको छ।

नवनियुक्त प्रधानन्यायाधीश मिश्रले लिए सपथ

नवनियुक्त प्रधानन्यायाधीश ओमप्रकाश मिश्रले राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्।

मिश्रले आज नै सपथ लिने

संसदीय सुनुवाई विशेष समितिबाट प्रधानन्यायाधीशमा नाम अनुमोदन भएपछि ओमप्रकाश मिश्रलाई आजै पद तथा गोपनीयताको सपथ गराउने कार्यक्रम रहेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्